Top Ad 728x90

Thursday, November 30, 2017

धुर्मुस सुन्तली

धुर्मुस सुन्तली
२०६५ मंसीर १४ गते बैवाहिक जीवनमा प्रवेश गरेका कलाकार धुर्मुस सुन्तलीले सहयात्राको ९ औँ वर्ष पुरा गरेका छन् । वैवाहिक जीवन सुरुवात गरेको १० औँ वर्ष प्रवेशको अवसर पारेर उनीहरुले अभिनय गरेको एक रोमकान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

 ‘म जुन दिन देखी’ बोलको गीतको भिडियोमा यो जोडीले सँगै अभिनय गरेका हुन् । संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सचिव समेत रहेका दिनेश थपलियाको शब्द रहेको उक्त गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ । पप्पा र नवराज उप्रेतिले खिचेको उक्त भिडियोमा हरिष निरौंला (कक्रोज) को कोरियोग्राफी रहेको छ । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने धुर्मुस सुन्तली आफैंले निर्देशन गरेका हुन् ।

गीतको म्यूजिक भिडियो :
 

0 comments:

Post a Comment

Top Ad 728x90