Top Ad 728x90

Wednesday, November 29, 2017

दुई रात तीन दिनको प्याकेजका लागि १५ हजार रुपैयाँ तिनुपर्छ । हनिमुन @ पोखरा

कुनै समय विवाहका बारेमा खुलेर कुरासम्म गर्न सकिँदैनथ्यो । विवाहअघि केटाले केटीलाई हेर्न, भेट्ने भन्ने कुरा पनि नगन्य नै हुन्थ्यो । घरको मुलीले भनेको कुरा नकार्ने आँट अपवाद बाहेक कसैले गर्दैनथे । विवाहपछि श्रीमान्–श्रीमती खुलेर कुरा गर्नसमेत डराउँथे । आँखामा आँखा जुधाएर हेर्न मात्र होइन, विवाहपश्चात् सँगै हिँड्नसमेत लजाउँथे । विवाह गरेर घुम्न जाने भन्ने कुराको कल्पनासम्म गरिँदैनथ्यो, तर अहिले समय फेरिएको छ । अहिले विवाहका सम्बन्धमा युवा युवती खुलेर कुराकानी गर्न सक्छन् । 
विवाहअघि नै भेटघाट, कुराकानी गरेर विवाहको निर्णय गरिन्छ । विवाहपश्चात घुम्ने, रमाइलो गर्ने परिपाटीको विकास भएको छ । विवाहपश्चात हनिमुन मनाउन जाने चलनसमेत बढ्दैछ । अहिले विवाहअघि नै विवाहपश्चात् गर्ने कामको योजना बनाइन्छ । नवविवाहित जोडीले विवाहपश्चात् रमणीय ठाउँमा पुगेर विवाहको मज्जा मात्र लिँदैनन्, भविष्यका योजना समेत बनाउँछन् । हनिमुनलाई सुखद बनाउन नवजोडीले विभिन्न ठाउँ रोज्छन् । तीमध्ये प्राथमिकतामा पर्ने स्थान हो— पोखरा । 

अहिले पोखरा हनिमुन मनाउने नवदम्पतीको डेस्टिनेसन पनि बन्दैछ । माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमाल, फेवा ताल, वेगनास ताल, रूपा ताल, यहाँ रहेका पर्यटनसँग सम्बन्धित साहसिक गतिविधि तथा प्राकृतिक सुन्दरताका कारण पोखरा धेरैको रोजाइमा पर्छ । नवजोडीको हनिमुनलाई अविस्मरणिय बनाउन यहाँ रहेका होटल तथा रिसोर्टहरूले विभिन्न प्याकेजमार्फत उनीहरूको मन जितिरहेका छन् । केही समयअघिसम्म भारतीय, चिनियाँ तथा अन्य देशका पर्यटकलाई लक्षित गरी ल्याइने यस्ता प्याकेजतर्फ अहिले नेपालीहरू पनि आकर्षित हुन थालेका छन् । अन्य समयको तुलनामा लगनको महिनामा नवविवाहित जोडीको भीड पोखराका पर्यटकीय स्थलमा बढी हुन्छ । 

सुरुमा भारतीय जोडीका लागि दुई रात तीन दिनको प्याकेजमार्फत नवविवाहिता जोडीलाई आफ्नो होटल तथा रिसोर्टतर्फ आकर्षित गर्ने होटल व्यवसायीहरू अहिले नेपालीहरूलाई समेत सक्रिय छन् । यहाँ सामान्यदेखि तारे होटलसम्मले आफ्नो सेवा–सुविधाका आधारमा सस्तोदेखि महँगोसम्मका प्याकेज उपलब्ध गराउँछन् । पोखराका होटल तथा रिसोर्टले न्यूनतम ४ हजार ५ सय रुपैयाँदेखि अधिकतम २५ हजार रुपैयाँसम्मका हनिमुन प्याकेज उपलब्ध गराउने पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए । 

होटल बाराही पोखरा : लेकसाइडस्थित होटल बाराहीले दुई रात तीन दिनको हनिमुन प्याकेज उपलब्ध गराउँछ । २० हजार रुपैयाँको यो प्याकेजमा पोखरा एयरपोर्ट अथवा बसपार्कबाट पिकअप, वेलकम ड्रिङस, डिलक्स एसी रुम, ब्रेकफास्ट, स्विमिङपुल, फ्री वाइफाई आदि उपलब्ध हुन्छ । यसमा कारमा आधा दिनको पोखरा साइडसिन, एक घण्टा फेवातालमा बोटिङ, एक साँझको क्यान्डिल लाइट डिनर, लाइभ कल्चरल कार्यक्रम हेर्ने अवसर, रुममा फ्रुट्स बास्केटसमेत उपलब्ध गराइन्छ । त्यसका अतिरिक्त हनिमुन प्याकेज लिनेहरूले फुड वेभरेज, लाउन्ड्री, मसाज, टेलिफोन तथा विजनेस सेन्टरमा १५ प्रतिशत छुटको सुविधासमेत प्राप्त गर्छन् । [next]


[lock]रूपाकोट रिसोर्ट : पोखराबाट २२ किलोमिटर पूर्वमा प्राकृतिक सुन्दरताले भरिपुर्ण ठाउँमा छ रूपाकोर्ट रिसोर्ट । यो रिसोर्टले नवविवाहित जोडीको हनिमुनलाई अविस्मरणीय बनाउन छुट्टै प्याकेज तयार पारेको छ । त्यहाँ जोडीका लागि डिलक्स रुमको व्यवस्था हुन्छ । एक रातको १५ हजार रुपैयाँ तिर्नुपर्ने रुममा फ्रुट्स बास्केट पनि उपलब्ध हुन्छ भने अन्य खानेकुराको थप शुल्क लाग्छ । पोखराबाट लाने ल्याउने व्यवस्था रिसोर्ट आफैंले गर्छ, तर त्यसबापत थप शुल्क लिइन्छ । यो रिसोर्ट सहरको कोलाहलबाट अलिकति टाढा शान्त वातावरणमा बस्न रुचाउनेहरूको रोजाइमा पर्ने गरेको छ । 

बगैंचा वेलनेस रिसोर्ट : हालसालै मात्र औपचारिक रूपमा सञ्चालनमा आएको बगैंचा वेलनेस रिसोर्टले हनिमुन प्याकेजमार्फत नवजोडीलाई आर्कषित गर्न खोज्दैछ, जसका लागि एक रातको १० हजार रुपैयाँको प्याकेज उपलब्ध हुन्छ । यो प्याकेजमा डिलक्स रुम, ब्रेकफास्ट, क्यान्डिल लाइट डिनर, बोतल अफ वाइन, स्टिमा, साउना आदि उपलब्ध हुन्छ । टुरिस्ट बसपार्क अथवा एयरपोर्टबाट पिकअपको व्यवस्था रिसोर्टले नै गर्छ ।

होटल जल महल : होटल जल महल, लेकसाइडले निरन्तर रूपमा हनिमुन प्याकेज उपलब्ध गराइरहेको छ । यो होटलमा बाह्रै महिना यो प्याकेज उपलब्ध छ । दुई रात तीन दिनको प्याकेजमा दुईवटा डिनर, दुईवटा ब्रेकफास्ट, आधा दिन सिटी साइडसिन, हनिमुन केक, स्वीमिङ पुल तथा बोतल अफ वाइन उपलब्ध हुन्छ । यो प्याकेजका लागि नेपालीको हकमा १५ हजार रुपैयाँ तथा भारतीयको हकमा १८ हजार रुपैयाँ लाग्छ ।[/lock]

अतिथि रिसोर्ट : लेकसाइड, शान्तिपाटनस्थित अतिथि रिसोर्ट एन्ड स्पा:ले पनि हनिमुन प्याकेज उपलब्ध गराउँछ । यहाँ यो प्याकेज लिन अग्रिम बुकिङ गर्नुपर्ने हुन्छ । यसरी बुकिङ भएपछि रुमलाई आकर्षक ढंगले सजाइन्छ । लञ्च, डिनर, ब्रेकफास्ट, स्टिमा तथा साउनाको सुविधासमेत उपलब्ध हुने दुई रात तीन दिनको प्याकेजका लागि १५ हजार रुपैयाँ तिनुपर्छ । रिसोर्टले हनिमुन केक पनि उपलब्ध गराउँछ । अन्य पाहुनाको तुलनामा हनिमुन प्याकेज लिनेहरूले बढी केयर पाउने रिसोर्टका म्यानेजर गणेश ढकालले बताए । [next]

अन्य होटल तथा रिसोर्ट : पोखरामा रहेका केही होटल तथा रिसोर्टले बाह्रै महिना, केहीले लगनको महिनामा त केहीले ग्राहकको अनुरोधमा हनिमुन प्याकेज एवं एनिभर्सरी प्याकेज उपलब्ध गराउँदै आएका छन् । होटल पोखरा ग्रान्ड, फिस्टेल लज, माउन्ट कैलाश रिसोर्ट, होटल ल्यान्डमार्क, टेम्पल ट्रि रिसोर्ट, ग्लासियर होटल, रोयल पाम रिसोर्ट, टाइगर माउन्टेन, होटल स्वप्नाबाघ, होटल लेक स्टार, वाटरफन्ट रिसोर्ट, होटल मिडल पाथ, कुटि रिसोर्ट एन्ड स्पा, होटल ह्वाइट पर्ल, होटल रानीवन आर्केड, होटल क्विन्स पार्क, होटल सिटी पार्क, इन्फिनिटी रिसोर्ट, माइ होटल, होटल स्प्रिङ, माउन्ट भ्यु, टुकि रिसोर्ट आदि पश्चिमाञ्चल होटल संघमा आबद्ध अधिकांश होटल तथा रिसोर्टले विभिन्न प्याकेज मार्फत नवविवाहित जोडीलाई आकर्षित गरिरहेका छन् । पोखरा बसाइका क्रममा साइडसिन, प्याराग्लाइडिङ, अल्ट्रालाइटबुकिङ, जिप फ्लावरलगायतका सेवा समेत लिँदै आफ्नो हनिमुन यात्रालाई यादगर बनाउन सकिन्छ । केही जोडीहरू पर्यटकीय गाउँ घान्दुक, धम्पुस, सिक्लेस आदिसम्म पुग्छन् । नेपालीहरूका अतिरिक्त भारतीय, चिनियाँ तथा अन्य देशका पर्यटक पनि हनिमुनका लागि पोखरा पुग्ने गरेका छन् ।

0 comments:

Post a Comment

Top Ad 728x90