Top Ad 728x90

Thursday, November 30, 2017

पट्याउन मिल्ने जेडटिईको स्मार्टफोन

जेडटीई कम्पनीले संसारमै पहिलो पटक पट्याउन मिल्ने स्क्रिन युक्त स्मार्टफोन सार्वजनिक गरेको छ । जेडटिईले ‘एक्सोन एम’ नामक ड्युअल स्क्रिनयुक्त फोल्डेबल स्मार्टफोन अहिले अमेरिकामा उपलब्ध हुन थालिसकेको छ ।

जेडटीई कम्पनीले संसारमै पहिलो पटक पट्याउन मिल्ने स्क्रिन युक्त स्मार्टफोन सार्वजनिक गरेको छ । जेडटिईले ‘एक्सोन एम’ नामक ड्युअल स्क्रिनयुक्त फोल्डेबल स्मार्टफोन अहिले अमेरिकामा उपलब्ध हुन थालिसकेको छ । उक्त स्मार्टफोनमा ५ दशमलव २ इन्चका दुईवटा स्क्रिन छन् । ती स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ । यो फोनमा तीनवटा मोड छन् ।

 ड्यृुअल मोडमा प्रयोगकर्ताले दुवै स्क्रिनमा अलग अलग एप्स खोलेर राख्न सक्छन् अर्थात् एउटा स्क्रिनमा गेम खेल्दै अर्को स्क्रिनमा इन्टरनेट वा भिडियो हेर्न सकिन्छ । यो स्मार्टफोनमा स्न्यापड्रागन ८२१ प्रोसेसर छ भने ४ जिबी र्‍याम तथा ६४ जिबी इनबिल्ट प्रोसेसर छ । यसमा २० मेगापिक्सेलको एउटा क्यामेरा जडान गरिएको छ, जसलाई मुख्य क्यामेरा र सेल्फी क्यामेरा दुवै रूपमा प्रयोग गर्न सकिन्छ । ३१८० एमएएच क्षमताको ब्याट्रीयुक्त यो फोनमा क्विक चार्ज तथा फास्ट चार्जिङ सपोर्ट फिचर छ

भिडियो हेर्नुहोस​ :
 ।

0 comments:

Post a Comment

Top Ad 728x90