Top Ad 728x90

Monday, February 13, 2017

प्रहरी प्रधान कार्यालयमा छटपटी, अर्यालको बिदाईमा ढिलाई कार्यवाहक प्रहरी प्रमुख छान्न प्रधानमन्त्री निवासमा छलफल जारी .

विवाद नटुंगिउन्जेलसम्मको लागि कार्यवाहक प्रमुख कसलाई बनाउने बिषयमा प्रधानमन्त्री निवास बालुवाटारमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री बिमलेन्द्र निधी र महान्यायाधिवक्ता रमन श्रेष्ठबीच छलफल चलिरहेको छ । 
weather ,w, cnn, c ,

- जनकराज सापकोटा, काठमाडौं
फाल्गुन २, २०७३- कार्यबाहक प्रहरी महानिरीक्षक कसलाई बनाउने भन्ने द्विविधाका कारण प्रहरी प्रधान कार्यालयले आज दिउँसो गर्ने भनेको महानिरीक्षक उपेन्द्रकान्त अर्यालको बिदाई कार्यक्रम रात परिसक्दासमेत सुरु भएको छैन । 


प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालसहित १२ जना एआईजीको आज पदावधी सकिएको छ । समयमै प्रहरी प्रमुख छान्न नसकेपछि अवकाशको एक महिना अघि नै बिदा बस्ने चलन विपरीत अर्याल अन्तिम दिनसम्म समेत कार्यालयमै रहिरहे ।

प्रहरी प्रधान कार्यालयले अवकाश प्राप्त प्रमुख अर्यालको बिदाईमा आज साढे तीन बजे बिदाई कार्यक्रम राखेको थियो । तर, सरकारले दुई दिनअघि नियुक्ति गरेको प्रहरी प्रमुख जयबहादुर चन्दलाई सर्वोच्च अदालतले तत्कालको लागि कार्याभार सम्हाल्न रोकेपछि कार्यवाहक प्रमुख कसलाई बनाउने द्विविधा चर्किएको छ ।

स्रोतका अनुसार अर्यालको बिदाईपछि महानिरीक्षक नियुक्तिको विवाद नटुंगिउन्जेलसम्मको लागि कार्यवाहक प्रमुख कसलाई बनाउने बिषयमा प्रधानमन्त्री निवास बालुवाटारमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री बिमलेन्द्र निधी र महान्यायाधिवक्ता रमन श्रेष्ठबीच छलफल चलिरहेको छ ।

साढे ३ बजेको लागि तोकिएको अर्यालसहित अवकाश पाएका १२ एआईजीको विदाई कार्यक्रम प्रधान कार्यालयले ५ बजेको लागि सारेको थियो । तर, अहिलेसम्म विदाई कार्यक्रम सुरु भएको छैन ।

कार्यक्रमस्थलमा भर्खरै मात्र अर्याल आइपुगेका छन् । सरकारले अर्यालपछि प्रहरी प्रमुख चयन गरेका जयबहादुर चन्द ५ बजे नै कार्यक्रमस्थल आइपुगेका थिए ।

बिदाई कार्यक्रममा अर्यालले एकजना कार्यवाहक प्रमुखलाई जिम्मेवारी हस्तान्तरण गर्ने तयारी छ ।

आइतबहार बिहान मन्त्रिपरिषदको बैठकले तेस्रो बरियताक्रमका डिआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख नियुक्ति गर्ने निर्णय गरेलगत्तै सर्वोच्च अदालतले तत्काल चन्दलाई पदस्थापन नगराउन आदेश दिएको थियो । सरकारले तेस्रो वरियताक्रमका चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेपछि अर्का दाबेदार नवराज सिलवालले मुद्दा दायर गरेका छन् । सिलवाल बरियताक्रमको पहिलो नम्बरमा छन् ।

अनिवार्य अवकाशका कारण प्रहरी प्रमुख अर्यालसँगै सबै एआईजी घर जाने भएपछि सरकारले डिआईजीमध्येबाट प्रहरी प्रमुख चयन गरेको हो ।



Source : Ekantipur 

प्रकाशित: फाल्गुन २, २०७३                                                                             www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90