Top Ad 728x90

Monday, February 13, 2017

म्यानचेष्टर सिटी दोस्रो स्थानमा उक्लियो



फाल्गुन ३, २०७३ म्यानचेष्टर सिटी इंङलीस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । वर्नमाउथलाई २–० गोल अन्तरले हराउँदै म्यान सिटी तालिकाको दोश्रो स्थानमा पुग्न सफल भएको हो । २५ खेलको समाप्तिमा सिटीको ५२ अंक भएको छ । योसँगै सिटीले शीर्ष स्थानको चेल्सीसँगको दुरी समेत ८ अंकमा झारेको छ । समान ५० अंक भएपनि गोल अन्तरका आधारमा टटनहाम तेस्रो र आर्सनल चौथो तथा ४९ अंकमा लिभरपुल पाँचौ स्थानमा छ । रहिम स्टर्लीङ्गले पहिलो हाफको २९ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा भने बर्नमाउथले आत्मघाती गोलको उपहार दिएको थियो । ६९ औं मिनेटमा टाईरोन मिङ्गसले ६९ औँ मिनेटमा आफ्नै पोष्टमा गोल गरेपछि सिटी २–० को जित निकाल्न सफल भयो । ६२ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको सिटीबिरुद्ध बर्नमाउथले दोस्रो हाफमा गोल गर्ने केही अवसर सृजना गरेपनि पोष्टको दिशा दिन भने सकेन । पराजयपछि पनि बर्नमाउथ २६ अंकमा तालिकाको चौधौं स्थानमा कायम छ ।




Source : Ekantipur                                                                                                  www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90