Top Ad 728x90

Sunday, February 12, 2017

,

माओवादी नेता श्रेष्ठले भारतीय नेतालाई भने, 'नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नुस् '

भारतका राजनीतिक दलका नेताहरुसँगको भेटमा चाहिँ उनले के–के कुरा राखिरहेका छन् त ? उनले सार्वजनिक भाषण तथा मिडियामा बोले जस्तै भारतीय पक्षसँग विषय राख्न सकेका छन त ? उनी भन्छन्, ‘मैले सार्वजनिक रुपमा जे जे कुरा भन्दै आएको छु, त्यसलाई मैले स्पष्ट रुपमा भारतीय नेताहरुसँग राखेको छु ।
फाइल तस्बिर : कान्तिपुर























भारतीय नेतासमक्ष राखे स्पष्ट चार कुरा , 

कमलदेव भट्टराई, नयाँदिल्ली
फाल्गुन २, २०७३- एकिकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तीन दिनयता नयाँ दिल्लीमा छन् । पार्टीको आन्तरिक कामबाहेक उनी भारतका विभिन्न राजनीतिक दल तथा वुद्धिजिवीहरुसँगको भेटघाटमा व्यस्त छन् ।

नेपालको राजनीतिक मामिलामा भारतले गर्ने हस्तक्षेपको कडा विरोध गर्दै आएका श्रेष्ठको भारतीय पक्षसँगको अन्तर्क्रियालाई निकै चासोका साथ हेरिएको छ । उनले लामो समयदेखि एउटा विषय उठाउँदै आएका छन् जसलाई भारतीय पक्षले रुचाएको छैन । त्यो हो– विराटनगरमा कोशी बाढीको समयमा भारतले स्थापना गरेको फिल्ड अफिस नहटाएकोमा आपत्ती ।

उनी परराष्ट तथा उपप्रधानमन्त्री भएकै समयमा उनले यो विषय जोडदारका साथ उठाएका थिए । पछिल्लो समयमा गत सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समयमा पनि यो विषयलाई उठाउन उनले सुझाव दिएका थिए ।

भारतका राजनीतिक दलका नेताहरुसँगको भेटमा चाहिँ उनले के–के कुरा राखिरहेका छन् त ? उनले सार्वजनिक भाषण तथा मिडियामा बोले जस्तै भारतीय पक्षसँग विषय राख्न सकेका छन त ? उनी भन्छन्, ‘मैले सार्वजनिक रुपमा जे जे कुरा भन्दै आएको छु, त्यसलाई मैले स्पष्ट रुपमा भारतीय नेताहरुसँग राखेको छु ।’ शनिबार नयाँ दिल्लीमा आयोजना गरिएको एक अन्तर्क्रिया कार्यक्रममा नै श्रेष्ठले भारतको हस्तक्षेप तथा नाकाबन्दीको बारेमा स्पष्ट रुपमा बोलेका थिए ।

तत्काल चुनावको घोषणा गर्ने विषयमा प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष केपी ओलीबीचमा एक प्रकारको समझदारी बनाएर श्रेष्ठ भारत भ्रमणमा आएका हुन् । उनले शुक्रबार नै निर्वाचन आयोगका अधिकारीलाई निर्वाचनको लागि कति समय चाहिने हो स्पष्ठ बताउन आग्रह गरेका थिए । श्रेष्ठले भारत भ्रमण धेरै पहिला नै तय भएपनि भ्रमणको टाइमिङका कारण सबैले चासोको रुपमा हेरेका छन् ।

सोमबार मध्यान्हसम्म उनले विपक्षी कङग्रेस आईका नेता करण सिंह, र नेता मणिशंकर अयर र आनन्द शर्मासँग भेटघाट गरेका छन् । त्यसैगरी उनले नेसनलिष्ट कङग्रेसका महामन्त्री डिपी त्रिपाठीसँग भेटभाट गरिरहेका छन् । त्यसैगरी उनले केही वुद्धिजिवीहरुसँग लन्च तथा डिनर बैठक समेत सम्पन्न गरेका छन् । मंगलबार नेपाल फर्कनुअघि उनी सत्तारुढ भारतीय जनता पार्टीका उच्च नेताहरुसँग भेटघाट गर्ने छन् ।

भारतीय नेताहरुसँगको भेटमा उनले मुख्यत चारवटा विषयहरु उठाइरहेका छन् । पहिलो, उनले सबै भारतीय नेतालाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गरिरहेका छन्। ‘मैले स्पष्ट रुपमा भनेको छु नेपालको आन्तरिक मामिलामा नेपालका राजनीतिक दल र नेपालीले नै निर्णय गर्न पाउनुपर्छ, बाह्य हस्तक्षेप हुनुहुन्न,’ श्रेष्ठले कान्तिपुरसँग भने ।

नेसनललिष्ट कङग्रेसका महामन्त्री त्रिपाठीले श्रेष्ठको भनाईमा सहमत जनाउँदै नेपालको मामिलामा भारतले सहजीकरण मात्र गर्ने हो, हस्तक्षेप गर्ने होइन भनेका थिए । ‘मैले भारतको संसदीय समितिमा समेत नेपालको मामिलामा भारतले सहजीकरण गर्ने मात्र हो हस्तक्षेप गर्ने होइन भनेको छु,’ त्रिपाठीको भनाई उद्धत गदै भेटमा सहभागी एक माओवादी नेताले भने ।

दोस्रो, श्रेष्ठले संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दीबारे कुरा उठाएका छन् । उनले संविधान जारी गरेपछि भारतले नाकाबन्दी लगाएको र संविधान स्वागत नगरेकोमा असन्तोष व्यक्त गरेका छन् । भारतीय पक्षले नाकाबन्दी होइन भनी दाबी गरिरहेको समयमा श्रेष्ठले नाकाबन्दी एउटा तथ्य नै भएकाले त्यस विषयमा बहस नै आवश्यक नभएको भारतीय पक्षसँग जिकिर गरेका छन् ।

तेस्रो, श्रेष्ठले भारतीय पक्षलाई नेपाल सधैं भारतसँग सौहार्द्र, सुमधुरसम्बन्ध बनाउन चाहेको सन्देश दिएका छन् । उनले दुई देशबीचमा रहेका समस्याहरु समाधान गरि आफू राम्रो सम्बन्ध नै बनाउने पक्षमा रहेको जानकारी भारतीय पक्षलाई गराएका छन् ।

चौथो, नेपालको राजनीति कता गइरहेको छ भन्ने भारतीय नेताहरुको जिज्ञासलाई आफूले स्पष्ट पार्न चाहेको बताएका छन् । प्राय सबै नेताले उनलाई सोधेका छन, 'नेपालमा के हुँदै छ, निकास निस्कन्छ कि निस्कँदैन ? मैले स्पष्ट रुपमा भनेको छु, अब सरकारले निर्वाचनको मिति घोषणा गर्छ र त्यसपछि संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पारित गराउने पहल सुरु गर्छ,’ श्रेष्ठले कान्तिपुरसँग भने ।

उनले २०७४ माघसम्म तीनै तहको निर्वाचन नभएका मुलुकमा संवैधानिक तथा राजनीतिक संकट आइपर्ने बताए । ‘मधेसवादी दल र एमाले दुवै लचक भइअघि बढेमा निकास निस्कन्छ,’ उनले भने । श्रेष्ठले अहिलेको ५ नम्बर प्रदेशको विषय पहिला एमालेले नै संवैधानिक समितिमा प्रस्तुत गरेको विषय भएको जिकिर गरे ।



Source : Ekantipur 

प्रकाशित: फाल्गुन २, २०७३                                                                          www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90