फागुन ५ गते बिहान ज्ञानेद्र र कोमल हवाइमार्ग हुँदै सिमरा जाने कार्यक्रम छ । उहाँले चितवन जाँदा सडक मार्ग प्रयोग गर्ने भएका हुन्। फागुन ६ गते हिमानी, छोरा हृदयेन्द्र छोरीहरु पूर्णिमा र किर्तिका, धिरेन्द्रका तीन छोरी, अन्य आफन्तसहित दुई दर्जन पूर्वराजाका सदस्य चितवन जाने तय भएको निर्मल निवास स्रोतले बताएको छ।
आमाको जन्मोत्सव मनाउन पारस शाह भने चितवन जाने वा नजाने भन्ने विषयमा कुनै निर्णय भएको छैन। सुनाकोठीमा एक्लै बस्दै आएका पारस अधिकांस पारिवारिक जमघटमा सहभागी हुने गरेका छैनन्।
प्रजातन्त्र दिवसको दिन, फागुन ७ गते कोमलको जन्मोत्सव मनाएपछि ज्ञानेन्द्र र कोमल पुन सिमरा फर्कने कार्यक्रम छ भने, अन्य सदस्य काठमाडौं आउनेछन्। आजको नेपाल समाचारपत्रले खबर छापेको छ।
Source : Dc Nepal                                                                                    www.kkantipur.com
 

 
 
 
 
 
 
 
 
 
0 comments:
Post a Comment