Top Ad 728x90

Thursday, February 9, 2017

जीप भित्रै मान्छे राखेर आगो लगाउने आरोपी पुर्पक्षका लागि थुनामा

मंसिर ७ गते खड्काको जीप भाडामा लिएर रसुवा हुँदै हेटौडाको बाटो घुमेर लिम्बु र तामाङ सहितले रामेछापको मझुवा गाविसको निगलवपानीमा ९ गते बिहान खड्काको ज्यान लिएका थिए । 

माघ २८, २०७३- गत मंसिर ९ गते रामेछापको मझुवामा जीप चालकलाई गोली हानी हत्या गरी जिपमै राखेर आगो लगाएको अभियोग लागेका माओवादीका पूर्व जनसेना मनकुमार लिम्बुलाई रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले बिहीबार साँझ उक्त आदेश दिएको हो । तेह्रथुम जिल्ला पैठाक गाविस-६ का २६ वर्षीय लिम्बुलाई बा १ ज २१८७ नम्बरको जीप चालक झापाका विशाल खड्काको हत्यामा संलग्न भएको अभियोग लगाइ प्रहरीले अदालत पेश गरेको थियो । लिम्बुसँगै पक्राउ गरी अदालत पेश गरीएकी रसुवा जिल्ला सरनथली गाविसकी १७ वर्षीया बिन्दू तामाङलाई भने अदालतले ५ हजार रुपैयाँ धरौटी लिइ तारेखमा छोडेको छ ।

मंसिर ७ गते खड्काको जीप भाडामा लिएर रसुवा हुँदै हेटौडाको बाटो घुमेर लिम्बु र तामाङ सहितले रामेछापको मझुवा गाविसको निगलवपानीमा ९ गते बिहान खड्काको ज्यान लिएका थिए ।
घटनामा स्लग्न दुवैलाई प्रहरीले लामो अनुसन्धानपछि झापाको दमकबाट पक्राउ गरेको थियो । घटनाका मुख्य योजनाकार भने अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अभियुक्तहरुले खड्काको हत्या गर्नुमा व्यक्तिगत र राजनीतिक अरु कुनै कारण नभइ राज्यलाई सुरक्षा चुनौती दिने उद्देश्य मात्र देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कुमोध ढुंगेलको दाबी रहेको छ । उक्त घटनामा अरु जुनसुकै जीप भाडामा लिएको भएपनि चालकको हत्या गरी राज्यलाई चुनौती दिने उद्देश्य अभियुक्तहरुको रहेको देखीएको उनले बताए ।


प्रकाशित: माघ २८, २०७३

Source : Kantipur                                                                           www.kkantipur.blogspot.com

0 comments:

Post a Comment

Top Ad 728x90