Top Ad 728x90

Sunday, February 12, 2017

,

एक साताअघि बा९च ५३१३ नम्बरको कार दुर्घटनामा पर्‍यो । खाल्डोले दुर्घटना बढयो

खाल्डो परेको ठाउँमा ढल छ । ठेकेदारले ढलको मंगाल बनाउँदा कमसल सामग्री प्रयोग गरेकाले खाल्डो परेको बताउँदै प्रजापतिले भने, ‘सुरुमा सानो प्वाल थियो । माटो खस्दाखस्दै ठूलो भयो । खाल्डोवरिपरिको वातावरण दुर्गन्धित छ ।

बालकुमारी–कोटेश्वर सडकबीचको खाल्डोमा साताअघि दुर्घटनामा परेको कार । तस्बिर : कञ्चन अधिकारी/कान्तिपुर

- प्रशान्त माली, ललितपुर
फाल्गुन २, २०७३- बालकुमारी–कोटेश्वर (चक्रपथ खण्ड) सडकको बीचमै विस्तारका क्रममा परेको खाल्डोमा एक साताअघि बा९च ५३१३ नम्बरको कार दुर्घटनामा पर्‍यो । त्यही खाडलमा त्यसअघि दुई कार फसिसकेका थिए ।

खाल्डो भएको ६ महिनाको अवधिमा मोटरसाइकल, साइकल र रिक्सा दुर्घटनामा परिसकेको स्थानीय सूर्यप्रसाद प्रजापतिले भने, ‘धन्न चालक र यात्रुलाई केही भएन । मानवीय क्षति भए जिम्मेवारी कसले लिने ?’

चक्रपथ सडकअन्तर्गत फुटपाथसहित सडकको केन्द्रविन्दुबाट दायाँबायाँ २५/२५ मिटर ८ लेनको सडक चाइनिज कम्पनीले निर्माण गर्दै छ । सर्भिस ट्रयाकका रूपमा चक्रपथ सडक दायाँबायाँ ६/६ मिटर नेपाल सरकारले निर्माण गर्दै छ । बालकुमारी–कोटेश्वर (चक्रपथभित्र) सर्भिस ट्रयाक निर्माणको ठेक्का एसएल कन्स्ट्रक्सन प्रालिले ड्रेनेजसहित १ करोड ५३ लाख ४ हजार ५ सय ४६ रुपैयाँमा पाएको छ ।

खाल्डो परेको ठाउँमा ढल छ । ठेकेदारले ढलको मंगाल बनाउँदा कमसल सामग्री प्रयोग गरेकाले खाल्डो परेको बताउँदै प्रजापतिले भने, ‘सुरुमा सानो प्वाल थियो । माटो खस्दाखस्दै ठूलो भयो । खाल्डोवरिपरिको वातावरण दुर्गन्धित छ ।’ स्थानीय शान्ति मार्ग समाज सुधार समिति अध्यक्ष लीलाबहादुर श्रेष्ठले समस्या समाधान गर्न पटकपटक चक्रपथ सुधार योजनामा पहल गर्दा पनि चासो नदिएको बताए ।

काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर रमेश दिष्टिले ठेकेदार कम्पनीलाई खाल्डो पुर्न निर्देशन दिइसकेको बताए । बालकुमारी–कोटेश्वर सडक मात्र नभई चक्रपथ सडकअन्तर्गत पर्ने अन्य सर्भिस ट्रयाक निर्माण समयमै नहुँदा सर्वसाधारण सास्ती भोग्न बाध्य छन् । सर्भिस ट्रयाक निर्माणका लागि १६ ठेकेदार कम्पनीले ठेक्का पाएका छन् । तर, अधिकांश ठेकेदार कम्पनीले काम पूरा गरेका छैनन् । सडक कालोपत्रे नहुँदा धुवाँधूलोले सर्भिस ट्रयाकवरपर बस्ने बढी मर्कामा परेका छन् ।

योजनाका इन्जिनियर दिष्टिले ठेकेदार कम्पनीहरूलाई समयमा काम सम्पन्न गर्न निर्देशन दिइसकेको बताए । ‘कतिपय ठाउँमा स्थानीयको विरोधले काम सुरु हुन सकेको छैन,’ उनले भने, ‘नख्खु–एकान्तकुना पुरै र ठाडोबाटो–मेघा अस्पतालको केही भाग कालोपत्रे भइसकेको छ ।’

उनले असारभित्रमा कोटेश्वर–भाटभटेनी, थसिखेल–महालक्ष्मी–सातदोबाटो कालोपत्रे गरिसक्ने बताए । ‘स्टार अस्पताल–बल्खु कालोपत्रे गर्ने लक्ष्य छ,’ उनले भने, ‘एकान्तकुनामा धमाधम मेसिनरी वाल निर्माण भइरहेको छ ।’ योजनाका अनुसार सर्भिस ट्रयाक निर्माण भए सडक दायाँबायाँका घरधनीहरूलाई नै सजिलो हुनेछ ।



Source : Kantipur

प्रकाशित: फाल्गुन २, २०७३                                                                                   www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90