Top Ad 728x90

Sunday, February 12, 2017

थानेश्वरको अर्को गिनिज रेकर्ड दाबी


यसअघि १४ गिनिज रेकर्ड बनाइसकेका थानेश्वले नयाँ गिनिज रेकर्डका लागि आफूले दाबी पेश गरेको बताउँदै यसको प्रमाणपत्र आउन भने डेढ महिनाजति लाग्ने बताए । ‘मैले नयाँ गिनिज रेकर्डका लागि दाबी गरिसकेको छु,’ उनले भने, ‘प्रमाणित भएर प्रमाणपत्र आउन एक डेढ महिना लाग्ला ।’



Kantipur, onlinekhabar, f , g , weather , dcnepal, canadanepal,


फाल्गुन १, २०७३- 
१४ वटा गिनिज वल्र्ड रेकर्ड राखिसकेका नेपाली युवा थानेश्वर गुरागाईले आफ्नो १५ औं विश्व रेकर्डको दाबी  गरेका छन् । शुक्रबार उनले विश्व आदर्श कलेज इटहरीमा लियो क्बलको आयोजनामा काठ काट्ने मेसिन (चेन श)लाई चिउडोमा ५.७ मिनेटसम्म अड्याएर नयाँ गिनिज रेकर्डको दाबी गरेका हुन् ।
यो रेकर्ड १.४१ मिनेट चिउडोमा अड्याउँदैं अमेरिकी नागरिक अश्रिता फरम्यानको नाममा रहेको छ ।

यसअघि १४ गिनिज रेकर्ड बनाइसकेका थानेश्वले नयाँ गिनिज रेकर्डका लागि आफूले दाबी पेश गरेको बताउँदै यसको प्रमाणपत्र आउन भने डेढ महिनाजति लाग्ने बताए । ‘मैले नयाँ गिनिज रेकर्डका लागि दाबी गरिसकेको छु,’ उनले भने, ‘प्रमाणित भएर प्रमाणपत्र आउन एक डेढ महिना लाग्ला ।’
उक्त कार्यक्रमको आयोजक संस्था लियो क्बल इटहरीका अध्यक्ष सुजन पुरीले थानेश्वरले विभिन्न गिनिज रेकर्डहरु बनाउँदै देशको नाम उच्च राखेको प्रतिक्रिया दिए ।

यसअघि उनले एक मिनेटमा सबैभन्दा धेरै ४ सय ४४ पटक बास्केट बल बाउन्स गराउने, टेनिक र्‍याकेट जाली झिकेको प्वालबाट एक मिनेटमा ३८ पटक जिउ छिराउने, टेनिस र्‍याकेटको प्वालबाट तीन मिनेटमा ९६ पटब जिउ छिराउने, टेनिस र्‍याकेटको प्यालबाट ३० सेकेण्डमा २२ पटक जिउ छिराउने, एउटा हातले अर्को हातलाई बास्केटल पास गरी ३० सेकेण्डमा ५६ पटक वृत्त बनाउने, बास्केटबललाई खुट्टाको बुढी औलामा २० सेकेण्डसम्म घुमाउने, बास्केट बललाई टाउकोमा राखेर २३ सेकेण्डसम्म घुमाउनेलगायतका विभिन्न १४ वटा गिनिज रेकर्ड राखिसकेका छन् । 


Source : साप्ताहिक संवाददाता                                                            www.kkantipur.com


0 comments:

Post a Comment

Top Ad 728x90