Top Ad 728x90

Monday, February 13, 2017

'भ्यालेन्टाईन्स डे' मनाईदै


फाल्गुन ३, २०७३ विश्वभर आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाईन्स डे मनाइदैछ । रोमन साम्राज्यमा युवा प्रेम र विवाह तिर लागे सैनिक सेवा प्रभावित हुने भन्दै प्रतिबन्ध लगाईएको अवस्थामा त्यसको विरोधमा उत्रिएका पादरी सेन्ट भ्यालेन्टाईनको सम्झनामा यो दिन मनाउने गरिन्छ । उनले युवायुवतीको जोडी तयार गरी सार्वजनिक स्थलमा सामुहिक विवाह कार्यक्रम गरेपछि कानुन उल्लघंन गरेको आरोपमा ईसा पुर्व २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिईएको थियो । प्रेमका लागी प्राण आहुती गरेका सेन्ट भ्यालेन्टाईनको सम्झनामा फेब्रुअरी १४ मा भ्यालेन्टाईन्स डे मनाउन थालिएको बिश्वास छ । प्रणय दिवसको अवसरमा प्रेमजोडीहरु उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । विषेश गरी युवा युवतीले चाडकै रुपमा मनाउने प्रणय दिवस केही वर्षयता नेपालमा पनि विशेष रुपमा मनाउने गरिएको छ । काठमाडौ लगायतका देशका बिभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । भ्यालेन्टाईन्स डेलाई लक्षित गरी यो बर्ष बिगतको भन्दा बढी करिब ५० लाख रुपैयाँ बारबरको रातो गुलाब नेपाल भित्रिएको छ । रातो गुलाबलाई प्रेमको प्रतिकका रुपमा लिने गरिन्छ । प्रकाशित:फाल्गुन ३, २०७३




Source : Ekantipur                                                                                                    www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90