Top Ad 728x90

Friday, February 10, 2017

,

मान्छे नडुब्ने दुनियाको एक मात्र समुन्द्र !

समुद्रमा पस्न कि पौडी खेल्न जानेको हुनुपर्छ, कि लाइफ ज्याकेट लगाउनुपर्छ । अन्यथा डुबिन्छ । पौडी खेल्न नजान्नेहरु समुद्रको किनारमा पनि डरले गर्दा लाइफ ज्याकेट लगाउँछन् ।


तर, यहाँ हामी तपाईंलाई यस्तो समुद्रको विषयमा जानकारी गराउँछौं, जहाँ केही गरे पनि डुबिदैन । पौडी खेल्न नजान्नेहरुले पनि लाइफ ज्याकेटको सहाराबिना मजाले समुद्रभित्र पसेर मजा लिन सक्छन् । मानिसहरु यो समुद्रमा डुब्नुको सट्टा पात तैरिएजसरी तैरिन्छन् ।
डेड सी नाम गरेको यो प्रख्यात समुद्र जोर्डन र इजरायलको बीचमा रहेको छ । यसलाई साल्ट सी पनि भन्ने गरिन्छ । यो समुद्रमा नूनको मात्रा अत्यधिक भएकाले पानी असाध्य नुनिलो हुन्छ । जसले गर्दा कुनै विरुवा वा जीव यो समुद्रमा पाइदैन ।
यो समुद्रको पानीमा पर्याप्त मात्रामा मिनरल पाइने भएकाले गर्दा स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुने बताइन्छ । यो समुद्रमा नुहाउँदा छालाका रोगहरु तुरुन्तै निवारण हुने विश्वास गरिन्छ । यहाँ नुहाउनलाई टाढा टाढाबाट पर्यटकहरु आउने गर्छन् ।
नूनको मात्रा अत्यधिक हुने कारणले गर्दा नै यो समुद्रमा मान्छे डुब्दैनन् । मानिसहरु आरामले पानीमा तैरिइरहेको देख्न सकिन्छ । आफ्नो यही विशेषताले गर्दा यो समुद्र टाढा टाढासम्म प्रख्यात छ । मान्छे नडुब्ने समुद्र दुनियामा यो मात्र एउटा हो ।

Source : Onlinekhabar                                                        www.kkantipur.blogspot.com

0 comments:

Post a Comment

Top Ad 728x90