Top Ad 728x90

Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts

Tuesday, October 17, 2017

केराको फूल (बुङ्गो) खानुका अपत्यारिला फाईदाहरु

by



केराको फूल (बुङ्गो) खानुका अपत्यारिला फाईदाहरु
। 
केरा खान सबैलाई मन पर्ने फलफुल हो । स्वादिष्ट केराको सेवनले मानव स्वास्थ्यमा एकदमै फाईदा पनि गर्छ । केरामा विभिन्न पौष्टिक तत्व पाउनुका साथै भिटामिन मिनरल्स समेत पाईन्छ । केराको फाईदाको बारेमा सबै जानकार भएपनि त्यसको फूलको फाईदा भने सबैलाई थाहा नहुन सक्छ । झरेर, कुहिएर जाने केराको फूल समेत मानव स्वास्थ्यको लागि अति नै फाईदाजनक छ । आउनुहोस केराको फूलको उपयोगिता बारे चर्चा गरौँ ।

१. रक्तअल्पताको उपचार स् केराको फूलमा अत्यधिक आईरनको मात्रा पाईन्छ । यसमा पाईने आईरनले रक्त सेल स्वस्थ राख्न एकदमै मद्धत गर्छ । तसर्थ केराको फूलको नियमित सेवनले रक्तअल्पताबाट बच्न त सकिन्छ नै रक्तअल्पताको उपचार समेत हुन सक्छ ।
२. महिनावारी नियमित गराउँछ स् शरिरमा हर्मोनको कारण महिलाहरुमा महिनावारी अनियमित हुने गर्छ । यदि महिनावारी अनियमित छ भने केराको फूल सेवन गर्नुहोस, यसले नियमित महिनावारी त गराउँछ नै, तल्लो पेटको दुखाईमा आराम मिल्नुका साथै अत्यधिक रक्तश्राव समेत रोक्दछ ।
३. डायविटिजको उपचार स् अनुसन्धानबाट पत्ता लागेको छ की केराको फूलको नियमित सेवनले ब्लड सुगरको लेभल कम राख्छ र डायविटिज हुनबाट बचाउँछ ।
४. आमाको लागि लाभदायक स् केराको फूल सेवनले आमाको दुधमा पाईने पोषक तत्व वृद्धि गराउँछ । दुधको मात्रा समेत बढाउँछ ।
५. मुत्र स्वास्थ्यमा सहयोग स् केराको फूलमा आईरन, क्याल्सियम तथा कपर हुन्छ जसले मुत्र संक्रमण हटाउँछ । यहाँसम्म की मुत्र संक्रमणबाट समेत जोगाउँछ । यसको नियमित सेवनले पेल्भिक एरियाको मजबुत बनाउनुको साथै प्रजनन क्षमतामा समेत बृद्धि गर्छ ।
६. कब्जियतबाट राहत स् फाइबर युक्त केराको फूल सेवन गर्नाले कब्जियतको समस्या हटाउँछ ।
७. सुन्निने र जलनको उपचार स् एन्टिव्याक्टेरियायुक्त केराको फूल सेवन गर्नाले शरिर सुन्निने र जलनको समस्या पनि हटाउँछ 

Saturday, October 14, 2017

एड्स रोग लागेर पनि आफुलाई शारिरिक सुसंगठित बनेर एड्स रोगबाट मुक्त हुन सफल बडी बिल्डर

by
उनको यात्रा त्यतिमै सीमित भएन । मिस्टर साउथ एसिया भए र शारीरिक सुगठनको विश्वव्यापी प्रतियोगितामा कास्य पदक समेत जिते।
युवा उमेरमा उनी लागूऔषधको नशामा झुम्म हुन्थे । एक समय उनी नराम्ररी बिरामी परे । अस्पताल गएर रगत परीक्षण गराउँदा डाक्टरले उनको हातमा एचआइभी पोजिटिभको रिपोर्ट थमाइदिए।
भारत मणिपुरका प्रदीपकुमार सिंह त्यस बेला छाँगाबाट खसे झैँ भए । यो थियो सन् २००० को घटना।
लागूऔषध प्रयोग गरेको बेलादेखि समाजले तिरस्कार गरेको उनलाई एचआइभी लागेपछि बहिष्कार गर्नु नौलो थिएन । जिन्दगीको कुनै मोडमा समाजले बहिष्कार गरेको प्रदीप अहिले त्यही समाजका लागि प्रेरणाको स्रोत बनेका छन्।
भारतको कुल जनसंख्यामध्ये शून्य दशमलव २ प्रतिशतमा एचआइभी पोजिटिभ छ । त्यसमध्ये ८ प्रतिशत मणिपुरका बासिन्दा रहेको तथ्यांक मणिपुर एड्स नियन्त्रण समाजको छ । प्रदीप त्यहीँ जन्मिएका हुन् । एड्स रोगी परिवारको हेपाइ, सामाजिक तिरस्कारमा पर्छन् । प्रदीपले केही समय परिवारको हेपाइ सहे, सामाजिक तिरस्कारलाई सहज रुपमा लिए । सकारात्मक सोच विकास गरेर आफ्नो जीवनलाई नयाँ मोड दिए।
कुनै समय लागूपदार्थ ‘मेथाडोन’ र ‘मेथेफिटामिन’को नशामा रहने उनलाई त्यसपछि शारीरिक सुगठनको प्रतियोगिता जितेर मेडल लिने नशा लाग्यो । कडा परिश्रमपछि उनी मणिपुरमा आयोजित प्रतियोगितामा सहभागी भए । मिस्टर मणिपुरको उपाधि जिते । क्षेत्रीय प्रतियोगिताबाट उपाधि उचालेपछि प्रदीप राष्ट्रिय प्रतियोगितामा पुग्दै मिस्टर इन्डिया भए।
उनको यात्रा त्यतिमै सीमित भएन । मिस्टर साउथ एसिया भए र शारीरिक सुगठनको विश्वव्यापी प्रतियोगितामा कास्य पदक समेत जिते।

शारीरिक सुगठनका लागि आवश्यक पर्ने निरन्तर व्यायाम गर्न उनलाई सहज थिएन । लागूपदार्थ प्रयोगका कारण उनी शारीरिक रुपमा कमजोर त थिए नै, मानसिक रुपमा पनि उत्तिकै विक्षिप्त थिए।
‘मेरा नजिकका साथीहरु टाढिएकोमा सबैभन्दा बढी पीडा थियो । मानिसहरु मलाई जिस्काउँथे, उडाउँथे र एचआइभी संक्रमित भनेर हेला गर्थे । यसले मलाई निकै कमजोर बनाएको थियो’, प्रदीप विगत स्मरण गर्छन्। उनले समाजबाट मात्रै अवहेलना खेप्नुपरेन, स्वास्थ्य परीक्षण गर्न जाँदा अस्पतालका स्वास्थ्यकर्मीबाट समेत दुर्व्यवहार सहनुपर्‍यो । डाक्टरहरुले उनलाई छि:छि दूरदूरको व्यवहार गरे।
मणिपुरको अस्पतालको एक कुनामा प्रदीपको बिछ्यौना थियो, उनी त्यहीँ डाक्टरलाई कुर्थे । तर, उनको परीक्षणका लागि कुनै डाक्टर आउँदैनथे । डाक्टरहरुको व्यवहारले उनलाई त्यहीँ प्राण त्यागूँ जस्तो भएको थियो । तर, परिवारप्रतिको मोहले उनले आफूलाई सम्हाले।
‘स्वास्थ्यकर्मीको व्यवहारले आत्महत्या गरूँ झैं भयो । तर, परिवारप्रतिको मायाले जीवन त्याग्न सकिनँ’, प्रदीप भन्छन्।
प्रदीप आफ्नो सफलताको श्रेय आफ्नी भाइबुहारी देवीलाई दिन्छन् । प्रदीपलाई एचआइभी लागेको भान नगराउन परिवारमा विशेष भूमिका खेलेकी उनले उनको रेखदेख समेत गर्दै आइन् । अन्तत: परिवारका सबै सदस्यले उनलाई माया र साथ दिए । परिवार सक्रिय भएकैले जेठाजु आज यो स्थानमा पुगेको देवी बताउँछिन् ।
‘हामीले उहाँलाई एचआइभी लागेको महसुस हुनै दिएनौं’, उनी भन्छिन्, ‘उहाँको लक्ष्य प्राप्तिका लागि प्रोत्साहन गर्‍यौं।’
परिवारको पूर्ण साथ पाएका प्रदीप कुमारले आफ्नो आत्मबल कमजोर हुन दिएनन्।
प्रदीप आफ्नो प्रशिक्षक आफैं हुन् । उनले किताब हेर्दै व्यायाम सुरु गरे । एचआइभी भाइरसलाई निस्क्रिय बनाउने औषधिले उनलाई केही कमजोर बनाएको थियो । शरीरलाई चाहिने पौष्टिक तत्व खाएर उनले आफूलाई तन्दुरुस्त र बलियो बनाए।
‘मेरो लक्ष्य एचआइभी संक्रमितले पनि जीवनमा महत्वपूर्ण उपलब्धि हात पार्न सक्छ, उनीहरुलाई प्रोत्साहन चाहिन्छ भनेर अरुलाई सिकाउनु थियो । परिवारले मेरो ख्याल गर्थे भने म मेरो लक्ष्यलाई ध्यान दिन्थेँ । अन्तत: म सफल भएरै छाडेँ’, प्रदीप उत्साहित हुँदै भन्छन्।
मणिपुरमा मात्र होइन, उनले अन्यत्र समेत आफ्नो सुगठित शरीरको प्रशंसक पाएका छन् । धेरै व्यक्ति उनीबाट प्रभावित छन् । अरु संक्रमित आफ्नो स्वास्थ्य अवस्थाबारे खुल्न डराउँछन् । प्रदीप भने आफ्नो स्वास्थ्य अवस्थाबारे खुलेर अरुलाई सुनाउँछन् । आफूलाई एचआइभी संक्रमितका रुपमा चिनाउँदा उनी हीनताबोध गर्दैनन्।
उनी हिम्मतका साथ भन्छन्, ‘जीवनको दुई दशक म एचआइभीको भाइरससँग लडेँ, अब म एचआइभीलाई नकरात्मक दृष्टिले हेर्नेहरुको मानसिकता परिवर्तन गर्न लड्नेछु।’
आफ्नो लक्ष्य हासिल गरेका प्रदीपलाई समाजसँग कुनै दुखेसो छैन, गुनासो छ त केवल राष्ट्रिय एड्स नियन्त्रण संस्था- नाकोसँग।
‘मेरो सफलता एचआइभी संक्रमितका लागि प्रेरणा र गौरव हो, तर नाकोले मलाई अहिलेसम्म कुनै परिचय दिएको छैन । उपचारमा पनि कुनै सहयोग भएको छैन’, उनले भने।
विश्वमा एचआइभी संक्रमित धेरै रहेका मुलुकमध्ये भारत तेस्रो स्थानमा पर्छ । प्रदीप एचआइभी संक्रमित २१ लाख भारतीय नागरिकका लागि प्रेरणाका स्रोत हुन् । जीवनको दुई दशक एचआइभीसँग जुधेका प्रदीप ४६ वर्षको उमेरमा एचआइभी एड्सबारे जनचेतना जगाउन सक्रिय छन्।
शारीरिक सुगठन प्रतियोगिताबाट विश्राम लिइसकेका उनी हाल मणिपुरको युवा तथा खेलकुद विभागमा प्रशिक्षक छन्।
‘शारीरिक सुगठनका लागि इच्छुक व्यक्ति दक्षिणपूर्वी भारतमा देखिएका छैनन् । सरकारले पनि यसलाई त्यति महत्व दिएको छैन । शारीरिक सुगठनको च्याम्पियन मणिपुरबाटै उत्पादन गर्ने मेरो चाहना छ,’ उनले आफ्नो लक्ष्य सुनाए।स्रोत स्वास्थ खबर

Monday, February 13, 2017

सेक्स सम्बन्धी भेटियाे अनाैठाे तथ्य : जुन सुनेर जाे काेही छक्क पर्छन !

by

सृष्टि चक्र संचालनका लागि यो अनिवार्य सर्त हो । यौन तथा सम्भोगको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो ।




दुनियामा जन्म, मृत्यु जस्तै सम्भोग पनि शाश्वत सत्य हो । सृष्टि चक्र संचालनका लागि यो अनिवार्य सर्त हो । यौन तथा सम्भोगको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो । तर दुनियाको अनिवार्य तथा शाश्वत सत्यको रुपमा रहेको सेक्सका विषयमा धेरै तथ्य तथा सत्यहरुका बारेमा हामी बेखबर हुन्छौँ । कतिपय तथ्यहरु त पत्यारै नलाग्ने पनि हुन्छन् । सेक्स सम्बन्धी केही तथ्य यस्ता छन् :
सम्भोगले मानिसले पीडा सहनसक्ने क्षमता बढाउँछ । सम्भोगको चरम सुखका बेला सरीरमा उत्सर्जन हुने हर्मोनले पीडा कम गर्दछ र पीडा सहने सीमा पनि बढाइदिन्छ ।
एक स्वस्थ पुरुषले एक हप्तामा यति धेरै शुक्रकिट स्खलन गर्न सक्छ की त्यसले विश्वका सबै महिलालाई गर्भाधारण गर्न पुग्छ ।
पुरुषको यौनांगबाट विर्य बाहिर निस्किएसँगै विर्यमा रहेका शुक्रकिट बाहिरी वातावरणमा केही सम्म मात्र बाँच्न सक्छन् तर यदि विर्य महिलाको योनीभित्र प्रवेश गर्यो भने तीन देखि पाँच दिनसम्म बाँच्न सक्छन् ।
सम्भोग गरेलगत्तै पिसाब फेर्न गाह्रो हुन्छ र पिसाब निकाल्नै कठीन हुन्छ । यसको कारण छ । किनकी सम्भोगका बेला सरीरमा एन्टी ड्युरेटिक अर्थात् पिसाब प्रतिरोधी हर्मोन निस्किएको हुन्छ जसले पिसाबको प्रवाह रोकिदिएको हुन्छ । त्यसको असर सम्भोगको सत्र सकिएको केही समयसम्म पनि रहिरहनछ ।
सम्भोगका बेला पूरै चरम आनन्द प्राप्त भएको क्षणमा महिलाको स्तनको आकार सामान्य भन्दा २५ प्रतिशत सम्मले बढ्ने गर्दछ ।
सम्भोग तनाव निवारक औषधि पनि हो । सेक्सको बेला उत्सर्जन हुने रिल्याक्सिंग हर्मोनका कारण ब्लड प्रेसर कम हुन्छ र मूड पनि राम्रो हुन्छ । त्यसैले
सम्भोगले टाउको दुखेको तथा तनाव जस्ता कुरा शान्त गरिदिन्छ ।
अध्ययन अनुसार हप्तामा कम्तिमा पनि तीन पटक सम्भोग गर्ने मानिसहरुमा बुढोपनाले छिटै सताउने समस्या कम हुन्छ ।बिभिन्न अनलाइनहरूकाे सहयाेगमा




Source : Taja Online                                                                                  www.kkantipur.com

यौन सम्पर्कलाई लिएर चिन्तामा हुनुहुन्छ ? थाहा पाउनुहोस् यी चार कुरा…

by

एजेन्सी । एक नयाँ अध्ययनले पत्ता लागाएको छ कि हरेक १० महिलामा एक महिला यौन सम्पर्कका बेला दुखाई अनुभव गर्छिन् । रोयल कलेज अफ अब्सटेट्रीशियन्स र गायनोकोलोजिस्ट्सका डाक्टर एडी मोरिस भन्छन्, ‘यो आफ्नो जीवनमा अहम सुधार गर्ने समय हो ।’


उनले बीबीसी न्यूजबीटसंग कुरा गर्दै भनेका छन्, ‘यो चिन्ता वा डराउनुको एक कारण हुन सक्छ ।’ १६ वर्षकी युवती जो पहलोपटक यौन सम्पर्कको अनुभव लिन गइरहेकी छन् र चिन्तामा छन् भने उनलाई यस्तो सल्लाह दिन जरुरी छः१. कुराकानी गर्नुस्
यौनसम्पर्क पीडादायी बन्न सक्छ यदि दुई साथीलाई यौन सम्पर्कलाई लिएर अलग–अलग आशा गरिएको छ भने । इच्छा, अनिच्छा अलग–अलग भएपनि ।विशेषज्ञ डाक्टर एडी मोरिस भन्छन्, ‘आफ्नो सहभागीसंग भावनात्मक रूपमा एक हुन जरुरी छ किनेभने सबै कुरा गर्न र भन्न सकियोस् । खुलापन, योन सम्पर्कका बारेमा कुराकानी, पूरा समय लिनु वा नजिकिनु मद्दतयोग्य हुन सक्छ ।
२. निरोधका बारेमा चर्चा
यौन संक्रामक रोग वा गर्भवतीबारे पहलोपटकको यौन सम्पर्कलाई लिएर तपाईलाई चिन्तित गर्न सक्छ । महिला मात्र नभई पुरुष पनि यस कुरालाई लिएर चिन्तामा पर्न सक्छ ।यसबारेमा पनि एक आपसमा कुरा गर्नुपनि राम्रो मानिने डाक्टर एडीको सल्लाह छ ।
३. चिन्ताबाट बच्नु
यदि पीडादायक यौन सम्पर्क एक वा दुई पटक मात्रै हुन्छ भने यो चिन्ता लिनुपर्ने कुरा होइन ।
४. चिकित्सकको सल्लाह
यदि यौन सम्पर्कका क्रममा पीडा बढ्दै छ भने मेडिकल अर्थात चिकित्सकको परामर्श लिनु जरुरी छ । किनभने तपाईलाई ढुक्क हुन मद्दत गर्छ । कतै दुखाईका कारण अरु केही नहोस् ।

Source : दैनिकखबर बाट                                                         www.kkantipur.com

डार्क सर्कल देखियो ? उपनाउनोस् यो घरेलु उपाय !

by


हरेक मानिसलाई आकर्षक बन्ने चाहना हुन्छ । विशेषगरी महिलाहरु आफ्नो स्वास्थ्यप्रति बढी नै संवेदनशील र सजग हुने गरेका छन् । पछिल्लो समय व्यस्त दैनिकी र खानपानका कारण कतिपय मानिसमा विभिन्न स्वास्थ्य समस्या आउने गरेका छन् । छालासम्बन्धी विभिन्न समस्यामध्ये अनुहारमा देखिने समस्या पनि उत्तिकै छन् । हिजोआज अधिकांश महिलाको अनुहारमा देखापर्ने समस्या हो डार्क सर्कल।


शरीरमा पोषक तत्वको कमी हुनु, पर्याप्त नसुत्नु, शारीरिक कमजोरी, तनाव तथा हर्मोन गडबडीका कारण आँखाको तलपट्टी कालो घेरा अर्थात डार्क सर्कल देखापर्ने हुन्छ । डार्क सर्कलले अनुहारको सुन्दरतामा ठुलो असर पुर्याउँछ । डार्क सर्कल हटाउन घरेलु उपायहरु पनि छन् । काँचो आलुस् काँचो आलुको जुस बनाउने।


तयार पारीएको जुसलाई कपासको सहायताले आँखा मुनिको कालो घेरा अर्थात डार्क सर्कलको क्षेत्रमा लगाउने । १० देखि १५ मिनेटको समय पछि मनतातो पानीले मुख धुने । यहि प्रक्रिया दिनमा दुई पटक गर्ने हो भने डार्क सर्कल बिस्तारै हट्दै जान्छ । कागती र गोलभेडाको रसः एक चम्चा कागतीको रस र एक चम्चा गोलभेडाको रस मिलाएर कालो घेरामा लगाउने र १० मिनेटपछि धुने।


यसरी लगातार केही दिनसम्म दिनहुँ यही प्रक्रिया दोहोराइ रहँदा डार्क सर्कल हट्दै जान्छ । टि ब्यागस् दुइवटा टि ब्यागलाई आधा घण्टा फ्रिजमा राख्ने र चिसिएको टि ब्याग निकालेर डार्क सर्कलमा १० मिनेटसम्म राख्ने। त्यसपछि सफा पानीले अनुहार धुनुहोस डार्क सर्कल हट्दै गएको अनुभव गर्नुहुने छ । एजेन्सीको सहयोगमा





Source : Dc Nepal                                                                                        www.kkantipur.com

यौनसम्पर्क गर्दा चिलाउने समस्याबाट कसरी छुटकारा पाउने ?

by

- डा.राजेन्द्र भद्रा
गुदद्वार किन चिलाउँछ ?

गुदद्वार चिलाउने समस्या प्रायश: देखिने समस्या हो । गुदद्वार अनि त्यस वरिपरिको छाला चिलाउँछ र कतिपय समयमा त यो यति तीव्र हुन्छ कि नकन्याई बस्नै सकिँदैन । यस्तो स्थितिले असजिलो स्थितिसमेत निम्त्याउन सक्छ । गुदद्वार चिलाउने यस्तो स्थितिलाई Pruritus ani भनिन्छ । चिलाउनुका साथै कतिपय स्थितिमा पोल्ने अनि दुख्ने वा जलन हुने पनि हुन सक्छ । कारणअनुसार यी लक्षणमा भिन्नता हुन सक्छन् । यसरी गुदद्वार चिलाउने कतिपय समस्याको चिकित्सकीय उपचार आवश्यक नपर्न सक्छ, तर विशेष गरी कडा किसिमको वा एक महिनाभन्दा बढी समयसम्म निरन्तर यसरी चिलाए वा गुदानलीबाट रगत आए चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । गुदद्वार चिलाउने प्रमुख कारणहरूका सम्बन्धमा छोटकरीमा चर्चा गरौं ।


१. छालामा विभिन्न कारणले हुने जलनले यस्तो समस्या निम्त्याउन सक्छ । घर्षण अनि बढी कसिलो हुँदा पनि यस्तो हुन सक्छ । सुगन्ध युक्त पदार्थ, रङ्ग वा छालालाई कोमल बनाउने तत्व भएका साबुन, ट्वाइलेट पेपरजस्ता कुराले पनि गुदद्वारमा जलन हुने वा चिलाउने हुनसक्छ । यस्ता सामानको अधिक प्रयोगले समस्यालाई बढाउन सक्छ ।


२. पखाला धेरै लाग्दा पनि यस्तो हुन सक्छ । थाहै नपाई दिसाको केही मात्रा गुदद्वार क्षेत्रमा रहँदा पनि यस्तो समस्या हुन्छ ।


३. गुदद्वार क्षेत्रमा भएका रक्तनशा फुलेर दिसा गर्दा नदुखे पनि रगत देखा पर्ने स्थितिमा पनि गुदद्वार चिलाउन सक्छ ।


४. संक्रमण र कतिपय यौन रोग पनि गुदद्वार चिलाउने कारण हुनसक्छ । बाल्यावस्थामा चुर्ना (pinworm) पर्दा गुदद्वार चिलाउने धेरैले अनुभव गरेका हुन्छन् र एकै घरका वयस्कमा पनि चुर्नाको समस्या हुन सक्छ । ढुसीको संक्रमण, जुन योनि चिलाउने एउटा प्रमुख कारण हो, पनि गुदद्वार चिलाउने कारक हुनसक्छ ।


५. छालाको समस्या जस्तै psoriasis वा contact dermatitis जस्तो स्थितिमा पनि गुदद्वार चिलाउन सक्छ ।


६. अति नै विरलै हुने गुदद्वारको ट्युमर पनि यसको कारण हुन सक्छ ।


समस्या के त ?


अब तपाईंलाई के भएको होला भन्ने मूल प्रश्नमा आऔं । तपाईंले दिनु भएको सीमित जानकारीका आधारमा यसै भन्न सकिने स्थिति छैन । माथि उल्लेख गरिएका गुदद्वार चिलाउने केही स्थिति तपाईंलाई नै थाहा भएकाले त्यसैअनुरूप आफूलाई के भएको हो, अनुमान गर्न अनुरोध गर्छु । गुदामैथुन गर्दा यौनसंक्रमण हुन सक्छ, जसले गर्दा गुदा चिलाउँछ । अब गुदामैथुन र यौन सक्रमणका बारेमा केही कुरा गरौं ।


गुदामैथुन र यौन संक्रमण


धेरैजसोले यौन सम्पर्क भन्नाले योनि–लिङ्ग मैथुनलाई मात्र सम्झन्छन् । यौनसम्पर्क योनि–लिङ्ग मात्र नभई मुख–मैथुन वा गुदा–मैथुन पनि हुनसक्छ । सामान्य रूपमा भन्नुपर्दा आफ्नो यौनसाथीको गुदानलीमा लिङ्ग पसाई गरिने यौनसम्पर्कलाई गुदामैथुन भनिन्छ । धेरै मानिसले गुदामैथुन भनेकै समलिङ्गी यौनव्यवहार हो भन्ने मान्छन् तर वास्तविकता के हो भने यो समान लिङ्गीहरू तथा विपरित लिङ्गी अर्थात् पुरुष तथा महिलाको विच पनि हुन सक्छ । वैवाहिक जोडी बीच पनि यस्तो किसिमको यौनव्यवहार हुने गरेको तथ्य अहिले जग जाहेर छ ।


मानिसले किन गुदामैथन गर्छन् भन्ने कुराको जवाफ पाउन सजिलो भने छैन, तर भिन्न भए पनि यसले प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहारकै रुपमा मान्यता पाएको छ । फ्रायडले भनेझैं मुख, यौनाङ्ग र गुदा क्षेत्र शरीरका अन्य अङ्गहरूभन्दा बढी यौन संवेदनशील हुन्छन् । योनिको बाह्य भागजस्तै गुदद्वारमा पनि प्रशस्त स्नायु हुन्छन्, जुन यौन संवेदनशील हुन्छन् । यी सबै कुराले गुदामैथुनलाई सुखमय बनाउन सहयोग गर्छ । गुदाक्षेत्रबाट यौन उत्तेजना तथा सुख प्राप्त गर्ने कुरालाई anal eroticism भनिन्छ । लिङ्ग ग्रहण गर्ने व्यक्तिले यौन चरमसुख प्राप्त गर्नुलाई anal orgasm भनिन्छ । अर्कातिर कतिपय व्यक्तिले धेरै व्यक्तिले गर्ने कार्य भन्दा फरक किसिमको कार्य गर्दा एउटा विशेष प्रकारको आनन्द एवं रोमाञ्चताको अनुभव गर्छन् । गुदामैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनी मानसिक रूपमा रोमाञ्चको अनुभव गर्छन्, त्यसैले पनि यस किसिमको यौन सम्पर्कका लागि लालायित हुन्छन् ।


विचार गर्नुपर्ने कुरा के भने योनिको भन्दा गुदद्वारको संरचना निकै फरक हुन्छ । गुदद्वार यौनसम्पर्कका लागि प्राकृतिक रूपमा बनेको अंग होईन । योनिमा यौन उत्तेजना भएपछि यौनसम्पर्कलाई सजिलो बनाउन योनिरस आएजस्तो रस त्यसबाट आउँदैन । गुदद्वारमा यसलाई राम्रोसँग बन्द गर्ने मांसपेशी हुन्छ । बाहिरी मांसपेशीलाई चाहेअनुरूप संकुचित वा खोल्ने (खुकुलो पार्ने) गर्न सकिन्छ भने भित्री मांसपेशीलाई सजिलै त्यसो गर्न सकिँदैन । लामो अभ्यास पछि एक हदसम्म भित्री मांसपेशीलाई खुकुलो तुल्याउन सकिन्छ । गुदद्वार वा गुदानलीमा कुनै कुरा प्रवेश गर्न खोजे यो मांसपेशी बेस्सरी संकुचित हुन्छ र जबरजस्ती गर्न खोजे पीडा हुन्छ र चोट पनि लाग्न सक्छ । गुदामैथुन गर्दा पानीमा घुल्ने चिप्लो पदार्थ जस्तै कि K-Y Jelly वा पर्याप्त थुक प्रयोग गर्न सकिन्छ । गुदामैथुन गर्न तपाई आफू मानसिक रूपमा तयार हुनुपर्छ । यसका बारेमा दुवैले राम्रोसँग कुराकानी गरी यौनसुख प्राप्तिमा दुवैको सहभागीता होस् भन्ने कार्यमा लाग्नुपर्छ । यसमा जोर जबरजस्ती गरिनु हुँदैन ।


यदि यौनसाथीमा संक्रमण छ भने कुुनै पनि यौनसम्पर्कमा जस्तै त्यो सर्ने सम्भावना हुन्छ, अर्को शब्दमा यौनरोगहरू गुदामैथुन गर्दा पनि सर्छन् । एचआईभी तथा अन्य यौनरोग सर्ने मामिलामा योनि–लिङ्ग मैथुनको तुलनामा गुदामैथुन बढी जोखिमयुक्त मानिन्छ । यसलाई निदान गर्न चिकित्सकसँग सम्पर्क राख्नुहोला । संक्रमण हुन नदिन कन्डम प्रयोग गर्नु उत्तम उपाय हो । 



Source : Ekantipur                                                                                      www.kkantipur.com

यी ५ कामहरु तपाइँको प्रेमीबाट हुने गरेको छ भने यस्ता व्यक्तिसंग बिहे नगर्नुहोस् ।

by


यदि तपाइँको अन्र्तज्ञानले केही कुरा गलत भईरहेको छ भन्ने महशुश गराउँछ भने, त्यस कुरालाई मनन गर्नुहोस् । र पहिलाको गल्तिलाई नर्दोर्याउनुहोस् । आज हामी तपाइँलाई कहिल्यै पनि माफि दिन नहुने ५ गल्तिहरुको बारेमा जानकारी दिन्छौं । जुन निम्नानुसार छ ।



a,s,d,f,g,h,h,j,k,i,o,l,p,u,yt,r,e,w,q,z,x,c,v,b,n,m,

हामी बुढो हुदैं गएपछि आफ्नो गल्तिहरुबाट धेरै कुराहरु सिकी विवेकवान बन्दै जान्छौं । तर प्रेममा परिसकेपछि आफ्नो प्रेमीबाट जस्तोसुकै गल्ति भएपनि माफि दिई त्यस कुरालाई त्यहिं छाडि सम्बन्ध जोड्ने गर्दछौं । किनकी तपाइँ त्यस व्यक्तिको प्रेममा हुनुहुन्छ । प्रेममा हुँदा गरिने केही गल्तिहरुले गर्दा हामीले आफ्नो पहिचान र महत्वलाई समेत गुमाउन सक्दछौं । तर के यो ठिक छ ? पछि पछुटाउनु भन्दा यसलाई तपाइँले अहिले नै राम्ररी सोच्न जरुरी छ ।
तपाइँले कति पटक गल्तिहरु गर्नुभई पछि पछुटाउनु भएको छ ? सायद धेरैचोटि हुनसक्छ । अब अर्को पटक यदि तपाइँको अन्र्तज्ञानले केही कुरा गलत भईरहेको छ भन्ने महशुश गराउँछ भने, त्यस कुरालाई मनन गर्नुहोस् । र पहिलाको गल्तिलाई नर्दोर्याउनुहोस् । आज हामी तपाइँलाई कहिल्यै पनि माफि दिन नहुने ५ गल्तिहरुको बारेमा जानकारी दिन्छौं । जुन निम्नानुसार छ ।

१) प्रेमीले तपाइँलाई नकुटे पनि हिंसात्मक स्वभावको बनेको छ भने :
यदि तपाइँ यस्तो अवस्थामा हुनुहुन्छ भने , नडराउनुहोस् । किनकी तपाइँ यस किसीमको व्यवहारको लागि योग्य हुनुहुन्न । तपाइँ यस कारणले गर्दा कुनै गल्ति नगर्नुहोस् । जस्ले गर्दा तपाइँलाई पछि पछुटाउन परोस् । आफ्नो स्वास्थ्यमा असर पर्नेभन्दा नराम्रो कुरा अरु केही हुन सक्दैन । त्यसैले यस कुरालाई सोचेर मात्र निर्णय गर्नुहोस् ।
२) धोका दिनु :
तपाइँहरुले धोका दिएपछि पनि सम्बन्ध राम्रो भएको जोडिहरु देख्नु भएको छ होला । तर धोका एउटा गल्ति मात्र नभई अनादर , विश्वासलाई तोड्नु र स्वास्थ्यमा खतरा बेहोर्नु पनि हो । धोका दिनु भनेको पुरै रुपमा स्वार्थी हुनु हो । तपाइँ यस्तो मानिसलाई चाहनुहुन्छ ? जस्ले तपाइँको आवश्यकतालाई भन्दा पहिला आफ्नो चाहनालाई पूरा गर्दछ । त्यसैले धोका दिने मानिसलाई अहिले नै बिदाई दिनुहोस् ।
३) तपाइँको सम्बन्धलाई सार्वजनिक रुपमा घोषणा नगर्नु :
आफूले व्यवहार गरेजस्तो प्रेमीले पनि त्यस्तै व्यवहार गरोस भन्ने तपाइँ चाहनुहुन्छ , होईन त ? यदि तपाइँको प्रेमसम्बन्ध ६ महिना भन्दा बढि भईसकेको छ । तैपनि उसले तपाइँलाई आफ्नो साथीहरु र परिवारसँग चिनजान गराएको छैन भने पक्कै पनि केही गलत भईरहेको छ । यसलाई बेवास्ता नगर्नुहोस् । यदि तपाइँ उसको जीवनको लागि धेरै नै महत्वपूर्ण हुुनुहुन्छ भने उसले गर्वका साथ अरुको अगाडि तपाइँलाई चिनाउने छ । त्यसैले यस कुरालाई राम्ररी सोचेर निर्णय लिनुहोस् ।
४) कुलतमा लागेको छ भने :
कुलतमा लागेको मानिसले जे पनि गर्न सक्दछ । तपाइँको प्रेमको महत्वलाई र भावनालाई यस्ता मानिसले बुझ्न सक्दैन। त्यसैले यसबाट पछि पुरै रुपमा निरास हुनुभन्दा यस्ता मानिसलाई छोड्नु नै तपाइँको लागि राम्रो हुन्छ ।
५) कुरालाई फेरबदल गर्ने :
जुन मानिसले कुरालाई फेरबदल गर्ने काम गर्दछ । र तपाइँको सधैं गल्ति भएको कुुरालाई देखाउँछ भने त्यस्तो मानिस स्वार्थी र कुरालाई घुमाउन सक्ने किसीमको हुन्छ । यस कुराले तपाइँको ठूलो झगडा भई तपाइँले आफ्नो जीवनलाई समेत घृणा गर्न सक्ने अवस्था आउन सक्छ । त्यसैले आफ्नो जीवनलाई खेल्न नदिई छोडि दिनु नै तपाइँको लागि राम्रो हुन्छ।खबरसम्पूर्ण

Source : पुर्बेलीन्युज बाट                                                                       www.kkantipur.com

Friday, February 10, 2017

कपालको स्याहार

by

धुने काइदा नपुर्‍याउँदा कपाल झर्ने, दुईमुखे हुने, बीचबाटै टुट्ने समस्या


अतुल मिश्र
माघ २९, २०७३- पत्यार नलाग्ला, तर हामीमध्ये अधिकांशलाई गतिलोसँग कपाल धुनै आउँदैन । केही वर्षयता सही प्रक्रियाले कपाल नधुँदा देखिने समस्याहरूको मारमा पर्नेहरूको संख्यासमेत बढ्दो छ ।

ढंग नपुर्‍याई टाउको धुँदा कपाल झर्ने, टाउकाको छालामा समस्या उब्जिने, कपाल दुईमुखे हुने, बीचबाटै टुट्ने लगायतका समस्या देखिने गरिएको धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण बताउँछन् ।

कपालको सौन्दर्य र स्वास्थ्य कायम राख्न हामीले यसलाई सफासुग्घरसमेत राख्नुपर्छ । टाउको सफा राख्न हामी सबैले गर्ने उपाय भनेको स्याम्पु, साबुन लगायतले कपाल धुनु नै हो । कपाल धुने क्रममा टाउकामा पानी रौं उम्रेको दिशामा नै हाल्नुपर्ने जनाउँदै डा. कर्ण भन्छन्, ‘धेरैजसोले टाउको धुँदा सावर वा मगले कपाल उम्रेको दिशाको विपरीत दिशामा पानी हाल्छन् । यसो गर्दा कपाललाई नोक्सान पुग्छ ।’

टाउकोबाट स्याम्पु पखाल्दा कपालको जरोबाट टुप्पोतिर पानी बग्न दिनुपर्छ । बढी सफा गर्ने लोभले कपालमा बल लगाएर मिच्नु हुँदैन । कपाललाई नरम तरिकाले धुनुपर्छ । कपालमा आवश्यकताभन्दा बढी स्याम्पु, साबुन आदि समेत लगाउनु हुँदैन ।

घर्षणले कपालको बाहिरी भागलाई स्थायी क्षति पुर्‍याउँछ । यसले कपाल टुट्नुका साथै कर्लीसमेत बन्न सक्छ ।

कपाल कति समयमा धुने भन्नेबारे समेत हामी अन्योलमै हुन्छौं । हामीमध्ये धेरैजसोले सायद अब धुनैपर्ने भयो भन्ने ठानेर अन्दाजी भरमै कपाल धुने गरेका छौं ।

दिनहुँ, दुई दिन, चार दिन वा साता आदिमा कहिले वा कति पटक धुने हो भन्ने कुरा तपाईंको टाउकोबाट कति तेल निस्किन्छ भन्ने कुरामा निर्भर हुन्छ ।

यदि तपाईंको टाउको तैलीय छ भने दिनमा एक पटकसम्म धुनुपर्ने हुन सक्छ । तपाईं जति पाको हुँदै जानुहुन्छ, त्यति नै तपाईंको टाउकोबाट कम मात्रामा तेल उत्पादन हुने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘उमेरको वृद्घिसँगै टाउकोलाई छिटोछिटो स्याम्पु लगाएर सफा गर्नुपर्ने आवश्यकतासमेत कम हुँदै जान्छ ।’

स्याम्पु लगाएर कपाल सफा गर्नुभएको छ भने कपालमा कन्डिसनर लगाउन बिर्सनु हुन्न । यसो गर्दा कपाल सफा हुनुका साथै चहकिलो समेत हुन्छ । उसो त हामीले उपयोग गर्ने धेरैजसो स्याम्पुमा कन्डिसनरसमेत हुने गरेको छ ।

कन्डिसनरले क्षति पुगेको कपालको चमक र सुन्दरतासमेत बढाउँछ । यसले कपालको स्थैतिक विद्युत् (स्टयाटिक इलेक्ट्रिसिटी) लाई घटाउँछ । कपालको शक्तिमा वृद्घि गर्नुका साथै हानिकारक परावैजनी किरणबाट केही बचाउसमेत गर्ने उल्लेख गर्दै डा. कर्ण भन्छन्, ‘स्याम्पु टाउकोमा र कन्डिसनर कपालको बाहिरी भागमा लगाउनुपर्छ ।’

यदि साबुन आदिले कपाल धुने हो र तपाईंसँग कन्डिसनर छैन भने पीर नगर्नुस् ।

टाउको सफा गर्नुभन्दा अगाडि नरिवल लगायतका सामान्य गन्धरहित तेल लगाए उस्तै खाले फाइदा हुन्छ ।

कपाललाई सुक्खा पार्न तौलियाले नदलौं । कपालमा तौलिया बेर्नुस् । तौलियाले पानी सोसेर कपाल सुक्खा पार्छ । कपाललाई हावाले सुकाउने गर्नुपर्छ ।

कपाल धोइसकेपछि तौलियाले बेस्सरी दलेर सुकाउनु अवैज्ञानिक प्रक्रिया हो । अझ केही महिलाले त झुन्डिएको कपालमा तौलियाले हिर्काएर समेत सुक्खा पार्ने गरेको पाइन्छ । यसले कपाललाई बेफाइदा हुन्छ । हेयर ड्रायरले कपाल सुकाउँदासमेत कपालको स्वास्थ्यमा प्रतिकूल असर पर्छ ।

‘हेयर ड्रायरले सुकाउँदा कपाल कडा बनाउँछ, यसले कपाल टुक्रिन्छ,’ डा. कर्ण भन्छन् । उनका अनुसार यदि तपाईंले मन तातो पानीले कपाल धुने गर्नुभएको छ भने यो प्रक्रियालाई चिसो पानी उपयोग गर्दै समाप्त गर्नुपर्छ ।

तातो पानीले बाहिरी छालामा भएको रौं उम्रने मुखलाई खोल्छ जसले गर्दा रौंमा भएको फोहोर धुन सहयोगी हुन्छ । तर चिसो पानीले यो प्रक्रिया सक्दा पुन: रौं उम्रिने मुख बन्द गर्छ । यसले कपाललाई झर्नबाट जोगाउँछ ।

कपाल नसुक्दै, भिजेकै बेला काइँयो वा ब्रसले कोर्नु हुँदैन । अझ कसैकसैको त भिजेको कपालमा धेरै बेरसम्म काइँयो लगाउने बानी हुन्छ । यो बानी गलत हो । कपाल सुकेपछि मात्र फराकिलो मुख भएको काइँयोले कपाल कोर्नुपर्छ ।

Source : Kantipur                                                                        www.kkantipur.com


प्रकाशित: माघ २९, २०७३

यी कुरा आफ्ना प्रेमी-प्रेमिकालाई भन्नुभयो भने सम्झनुस सम्बन्धमा डडेलो लाग्यो

by

एजेन्सी। हरेक कुरामा गोपनीयता हुन्छ नै । गोपनीयता अपनाउन सकिएन भने भइरहेको राम्रा सम्बन्धमा आँच मात्रै होइन टुट्न पनि सक्छ । आफ्नै परिवारभित्रै त कति गोपनीयता अपाउनु पर्ने हुन्छ ।

google,facebook,ekantipur,dcnepal,canadanepal

यसर्थ नाता र सम्बन्धमा पनि एक प्रकारको सीमा हुन्छ । जति नै आत्मीयता भए पनि कति कुराहरु गोप्य राख्नु आवश्यक छ ।यहाँ उल्लेख गर्न खोजिएको विषय हो प्रेमिकाले आफ्नो प्रेमीसँग गोप्य राख्नु पर्ने चार कुरा । कतिपय प्रेमिकाहरुले भावनामा बगेर आफ्ना प्रेमीसँग खोल्न नहुने कुरा बताउँदा समस्यामा पर्ने गरेका छन् । जान्नुहोस् आफ्नो प्रेमीलाई भन्नै नहुने चार कुरा१ आफ्नो साथीको गोप्यकुरा

आफ्नो साथीको गोप्यकुरा कहिलै पनि आफ्नो प्रेमीसँग भन्न नहुने सबैभन्दा महत्वपूर्ण कुरा हो । आफ्ना साथीहरुले विश्वासका साथ भनिएका गोप्य कुरा प्रेमीलाई बताउँदा पछि समस्या पर्न सक्छ । यसर्थ साथीहरुका गोप्यकुरा आफ्ना प्रेमीलाई नभन्नु बुद्धिमानी हुन्छ ।
पासवर्ड
सामाजिक सञ्जाल फेसबुक, ट्विटर, तथा मेल आइडी र बैंक एटिएम लगायतका पासवर्ड पनि आफ्नो प्रेमीलाई भन्न नहुने कुरामा निक्कै सचेत हुनु पर्छ । कतिपय प्रेमिकाहरुले भावनामा आएर आफ्ना पासवर्ड प्रेमीलाई बताउँदा पछि घातक सावित हुने सम्भावना रहन्छ । यसर्थ आफ्ना पासवर्ड प्रेमीलाई कहिल्यै पनि नभन्नुहोस् ।
आफ्नो परिवारको कुरा गोप्य राख्नु अर्काे महत्पूर्ण पक्ष हो । प्रेमीसँग मात्रै होइन अन्यसँग पनि परिवारका कुरा गोप्य राख्नुपर्ने हुन्छ । यसर्थ भावनामा आएर आफ्नो परिवारको कुरा प्रेमिलाई कहिल्यै नभन्नुहोस् । परिवारको कुरा प्रेमीलाई भन्दा सम्बन्धमा असर त पर्छनै त्यसको दुष्परिणाम पनि आउन सक्छ ।
विगतको विषयमा
आफ्ना विगतका कुरा प्रेमीलाई भन्नबाट जोगिनु तपाईंको अर्काे महत्वपूर्ण अवस्था हो । आफ्नो अघिल्लो सम्बन्ध वा कुनै व्यक्तिगत कुरा आफ्नो प्रेमीलाई भन्नु हुन्छ भने सम्बन्धमा धराप पर्ने सक्ने सम्भावना प्रवल रहन ।
Sourceपुर्बीली न्युज बाट

इन्टरनेट विस्तार योजना अलपत्र

by


बाबियाचौर (म्याग्दी)– नमुनाका रुपमा म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजना अलपत्र परेको छ।


google, facebook, cnn,nba, ekantipur,onlinekhabar,nagrik newsसरोकारवालाले पहल गर्न नसकेको र लगानीको स्रोत समेत जुट्न नसक्दा योजना कार्यान्वयनमा ढिलाइ भएको हो । सूचना प्रविधिमा नमुना जिल्ला बनाउने उद्देश्यले जिल्ला विकास समितिले तीन वर्षअघि म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजना अघि सारेको थियो ।
आर्थिक स्रोतको व्यवस्था नहुँदा योजना कार्यान्वयन हुन नसकेको स्थानीय विकास अघिकारी प्रेमराज गिरीले बताए। रु चार करोडको लागत अनुमान गरिएको योजनाका लागि जिविसले नेपाल दूरसञ्चार प्राधिकरण कोष र म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)लाई प्रस्ताव गरेको थियो । कोषमा एक वर्षअघि पेस गरिएको प्रस्तावका बारेमा हालसम्म कुनै प्रतिक्रिया प्राप्त नभएको जिविसले जनाएको छ ।
“कोषसँग गरिएको लगानीको प्रस्ताव स्वीकृत गराई योजनालाई अघि बढाउन पहल गरिरहेका छौँ”, स्थानीय विकास अधिकारी गिरीले भने,  “लगानी जुटेपछि काम अघि बढ्छ ।”
कोषबाट कुल लागतको ५० प्रतिशत खर्च सहयोग हुने आशयपत्र प्राप्त भएपछि गत वर्ष जिविस र मोनाबीच आर्थिक स्रोत जुटाउने सम्झौता भएको थियो । मोनाले इन्टरनेट विस्तार योजनाका लागि रु ८० लाख जुटाइसकेको जनाएको छ ।

जिविसको नेतृत्व र सूचना प्रविधिका अभियन्ता म्यागासेसे पुरस्कार विजेता महावीर पुनको प्रयासमा जिल्लाभर इन्टरनेट विस्तार गर्ने अभियानलाई २३औँ जिल्ला परिषद्को निर्णयअनुसार प्रारम्भिक सम्भाव्यता अध्ययन गरिसकिएको छ ।
जिल्लाव्यापी रुपमा इन्टरनेट विस्तारका लागि तार जडित र ताररहित दुवै प्रविधिलाई उपयोगमा ल्याइने र विद्यालय, स्वास्थ्य संस्था, गाविसलगायतका सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने नीति लिइएको छ। रासस

शुक्रबार, २८ माघ २०७३
Source : Nagariknews                                                               www.kkantipur.blogspot.com

Top Ad 728x90