बाबियाचौर (म्याग्दी)– नमुनाका रुपमा म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजना अलपत्र परेको छ।
 सरोकारवालाले पहल गर्न नसकेको र लगानीको स्रोत समेत जुट्न नसक्दा योजना कार्यान्वयनमा ढिलाइ भएको हो । सूचना प्रविधिमा नमुना जिल्ला बनाउने उद्देश्यले जिल्ला विकास समितिले तीन वर्षअघि म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजना अघि सारेको थियो ।
सरोकारवालाले पहल गर्न नसकेको र लगानीको स्रोत समेत जुट्न नसक्दा योजना कार्यान्वयनमा ढिलाइ भएको हो । सूचना प्रविधिमा नमुना जिल्ला बनाउने उद्देश्यले जिल्ला विकास समितिले तीन वर्षअघि म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजना अघि सारेको थियो ।आर्थिक स्रोतको व्यवस्था नहुँदा योजना कार्यान्वयन हुन नसकेको स्थानीय विकास अघिकारी प्रेमराज गिरीले बताए। रु चार करोडको लागत अनुमान गरिएको योजनाका लागि जिविसले नेपाल दूरसञ्चार प्राधिकरण कोष र म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)लाई प्रस्ताव गरेको थियो । कोषमा एक वर्षअघि पेस गरिएको प्रस्तावका बारेमा हालसम्म कुनै प्रतिक्रिया प्राप्त नभएको जिविसले जनाएको छ ।
“कोषसँग गरिएको लगानीको प्रस्ताव स्वीकृत गराई योजनालाई अघि बढाउन पहल गरिरहेका छौँ”, स्थानीय विकास अधिकारी गिरीले भने,  “लगानी जुटेपछि काम अघि बढ्छ ।”
कोषबाट कुल लागतको ५० प्रतिशत खर्च सहयोग हुने आशयपत्र प्राप्त भएपछि गत वर्ष जिविस र मोनाबीच आर्थिक स्रोत जुटाउने सम्झौता भएको थियो । मोनाले इन्टरनेट विस्तार योजनाका लागि रु ८० लाख जुटाइसकेको जनाएको छ ।
जिविसको नेतृत्व र सूचना प्रविधिका अभियन्ता म्यागासेसे पुरस्कार विजेता महावीर पुनको प्रयासमा जिल्लाभर इन्टरनेट विस्तार गर्ने अभियानलाई २३औँ जिल्ला परिषद्को निर्णयअनुसार प्रारम्भिक सम्भाव्यता अध्ययन गरिसकिएको छ ।
जिविसको नेतृत्व र सूचना प्रविधिका अभियन्ता म्यागासेसे पुरस्कार विजेता महावीर पुनको प्रयासमा जिल्लाभर इन्टरनेट विस्तार गर्ने अभियानलाई २३औँ जिल्ला परिषद्को निर्णयअनुसार प्रारम्भिक सम्भाव्यता अध्ययन गरिसकिएको छ ।
जिल्लाव्यापी रुपमा इन्टरनेट विस्तारका लागि तार जडित र ताररहित दुवै प्रविधिलाई उपयोगमा ल्याइने र विद्यालय, स्वास्थ्य संस्था, गाविसलगायतका सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने नीति लिइएको छ। रासस
Source : Nagariknews                                                               www.kkantipur.blogspot.com
 
 
 
 
 
 
 
 
 
 
0 comments:
Post a Comment