Top Ad 728x90

Sunday, February 12, 2017

दक्षिणपन्थी इशारामा अतिवाद : प्रम दाहाल


दाहालले विप्लव माओवादीलगायत शक्तितिर संकेत गर्दै दक्षिणपन्थीको इशारामा अतिवाद मौलाइरहेको बताए । ‘अतिवादले जहिले पनि जनताको मनोविज्ञानमा खेल्ने प्रयास गर्छ । समाजको वस्तुगत धरातल नाघेर अतिवादले जहिले पनि दाया वा बाया बाटो हिड्न खोज्छ,’ उनले भने, ‘उनीहरुको नियत जे–सुकै होस,

फाल्गुन १, २०७३- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीकै पहलमा संविधान आएकाले यसको कार्यान्वयन गर्ने दायित्व पनि माओवादीकै भएको बताएका छन् । २२ औं ‘जनयुद्ध’ दिवसमा पेरिसडाडास्थित पार्टी मूख्यालयमा भएको कार्यक्रममा दाहालले दक्षिणपन्थी र बामपन्थी अतिवादी प्रवृत्तिलाई सधैं सामन्तवाद र साम्राज्यवादले प्रयोग गर्ने गरेको टिप्पणी गरे ।

‘अहिलेको संविधानमा जनयुद्धको छाप छ । संविधान कार्यान्वयन यतिबेला माओवादीकै कार्यभार भएर आएको छ, तर एकथरि मान्छे राष्ट्रवादका नाममा अतिवादको वकालत गरिरहेका छन, संघीयता, गणतन्त्र, धर्म्निरपेक्षता जस्ता उपलब्धि उल्टाउने कोशिस हुदैछ,’ उनले भने, ‘हुन त त्यो त्यति सजिलो भने छैन । सरकार जुनसुकै हालतमा निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्न प्रतिवद्ध छ । अब मुलूकमा निर्वाचन हुन्छ र संविधान कार्यान्वयन सहज बाटोमा अघि बढ्छ ।’

दाहालले विप्लव माओवादीलगायत शक्तितिर संकेत गर्दै दक्षिणपन्थीको इशारामा अतिवाद मौलाइरहेको बताए । ‘अतिवादले जहिले पनि जनताको मनोविज्ञानमा खेल्ने प्रयास गर्छ । समाजको वस्तुगत धरातल नाघेर अतिवादले जहिले पनि दाया वा बाया बाटो हिड्न खोज्छ,’ उनले भने, ‘उनीहरुको नियत जे–सुकै होस, अन्तत: त्यसलाई सामन्तवाद र साम्राज्यवादले प्रयोग गर्छ र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनविरुद्ध परिचालन गर्छ ।’

दाहालले नेपाली ‘जनयुद्ध’ विश्वभरिको क्रान्तिकारी इतिहासमा नया खालको भएको दाबी गरे । उनले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गको पहिचान र अधिकारको पक्षमा माओवादी लडेको बताउदै युद्धकै बलमा उत्पीडितहरु राज्यसत्ताको अग्रभागमा आएको दाबी गरे ।

‘संघीयता, गणतन्त्र, धर्म्निरपेक्षता, सामाजिक न्याय, समावेशी–समानुपातिक जस्ता अधिकार जनयुद्धकै बलमा संस्थागत भए । अहिले हामीले गरेको प्रयोग विश्वकै निम्ति मौलिक हो । यसलाई हामीले वैचारिक संश्लेषण गरेर विश्वस्तरमा नेपाली जनयुद्धको सन्देश प्रवाह गर्नुपर्छ,’ उनलाई उद्धृत गर्दै दाहालको सचिवालयले भन्यो ।

दाहालले माओवादी एकता नभई परिवर्तनको अभियान पुरा नहुने भन्दै यस वर्ष १० माओवादी धाराको एकता गरेर २२ औं वार्षिकोत्सव मनाउन सफल भएको बताए । ‘तर, यो नै पूर्ण छैन । अर्को वर्षसम्म सबै माओवादी धाराबीच एकता हुन्छ । बाहिर रहेका सच्चा क्रान्तिकारीको एकता प्रक्रिया पनि अगाडि बढ्छ,’ उनले भने, ‘सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकतावद्ध गर्दै फेरि माओवादी आन्दोलन मुलधारकै रुपमा अगाडि जान्छ ।’

पार्टी प्रवक्ता पम्फा भुसालले नेपाली जनयुद्ध विश्व इतिहासमै मौलिक र युगान्तकारी भएको दाबी गर्दै अब संविधान कार्यान्वयनको प्रक्रियामार्फत् समाजवादको तयारी गरिने बताइन् ।



Source : Ekantipur

प्रकाशित: फाल्गुन १, २०७३                                                                          www.kkantipur.com



0 comments:

Post a Comment

Top Ad 728x90