Top Ad 728x90

Sunday, February 12, 2017

,

नाजिर ‘राज्जा,’ केकी ‘रानी’

रमेश एमके पौडेलले निर्माण गर्न लागेको फिल्ममा ताराप्रकाश लिम्बू र दीपक शर्माको संगीत रहनेछ । पुरुषोत्तम प्रधानले खिच्ने र कविराज गहतराजको नृत्य निर्देशन रहने फिल्मको छायांकन फागुन ५ देखि नेपालगन्जबाट थालिने यामले बताए । 

फाल्गुन २, २०७३- सामाजिक कथावस्तुमा आधारित रही फिल्म ‘राज्जा रानी’ बन्ने भएको छ । राजधानीमा आइतबार उक्त फिल्मको घोषणा गर्दै लिडमा नाजिर हुसेन र केकी अधिकारी रहने जानकारी दिइयो ।

पटकथाकारका रूपमा सफलता चाखिसकेका याम थापाले पहिलो पटक यसै फिल्मबाट निर्देशनसमेत थाल्ने भएका छन् । उनले यसअघि ‘कोहिनुर’, ‘वीर विक्रम’, ‘शब्द’, ‘के म तिम्रो होइन र’ लगायतका स्क्रिप्ट लेखिसकेका छन् । यो फिल्मको पटकथा पनि उनकै हो ।

फिल्म प्रेमकथाले भरिपूर्ण रहेको र तराई पृष्ठभूमिको कथा बोकेको जनाउँदै यामले थपे, ‘तराईमा बोलिने भाषा र संवेदनामाथि फिल्म बनाउन लागेका हौं ।’ फिल्ममा रानी बनेर देखिन लागेकी केकीले आफ्नो पात्र गजबको रहेको सुनाउँदै भनिन्, ‘दर्शकले रानी चरित्रबाट पूर्णत: मनोरञ्जन लिनुहुन्छ । हाम्रो जोडी पनि रोमान्टिक छ ।’

फिल्ममा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको समेत अभिनय हुनेछ ।

रमेश एमके पौडेलले निर्माण गर्न लागेको फिल्ममा ताराप्रकाश लिम्बू र दीपक शर्माको संगीत रहनेछ । पुरुषोत्तम प्रधानले खिच्ने र कविराज गहतराजको नृत्य निर्देशन रहने फिल्मको छायांकन फागुन ५ देखि नेपालगन्जबाट थालिने यामले बताए ।



Source : Ekantipur 

प्रकाशित: फाल्गुन २, २०७३                                                                                   www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90