Top Ad 728x90

Sunday, February 12, 2017

,

कतारमा अनेसास नवोदितको ६६ औं डबली



फाल्गुन १, २०७३- अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा कतारमा ६६ औं डबली सम्पन्न भयो ।

facebook. google, f, g , dcnepal, canadanepal , onlinekhabar , obama , trump , weather


शुक्रबारे बिदाको मौकामा दोहामा छरिएका कविहरु भेला भई आआफ्ना रचनाहरु प्रस्तुत गरे । हरेक महिनाको दोश्रो शुक्रबार डबली हुदै आएको छ । डबलीमा दुई दर्जन कविहरुले कविता र गजल प्रस्तुत गरेका थिए । प्रणय दिवसको सन्र्दभमा उनीहरुका कविता तथा गजलहरु प्रेम–धोकामा केन्द्रित थियो ।

डबलीमा रेगिस्तानी कवि तिर्थसंगम राई, राजन राई, रुप रसाइली, सिताराम थापा, निराजन लुइटेल, मणि पौडेल, ओम दाहाल र बिन्देश्वर यादबले कविता प्रस्तुत गरे । राजेश्वर ढकाल, दीलिप पराजुली, शेखर बस्नेत, प्रदिप कुमार, शुभ सन्ध्या, कृष्ण रिमाल, कृष्ण सुबेदी, चक्र कार्की, राजन लामा, ईश्वर राई, बसन्त भुजेल, सुरेशमान रुम्बा, ईश्वर शाही, प्रेमप्रसाद भट्टराई, र सुबास सापकोटाले गजल वाचन गरे भने बेचन महतो र उदगार यादबले गीत गए ।

तीन घण्टासम्म चलेको डवलीमा बिशिष्ट श्रोता गोरखा सेवा समाज कतारका अध्यक्ष सुर्दशन भट्टले प्रवासको साहित्यलाई मलजल गर्न नियमीत रुपमा हुने यस्तो डवलीको बिशेष अर्थ हुने बताए । ‘यो नेपाली भाषा, साहित्यको बिकासमा चालिएको पाइला हो,’ उनले भने, ‘हामी मुलुकवाहिर रहनेहरु आफ्ना साहित्यको जेगर्नामा कतिको सचेत छौ भन्ने यसले देखाउछँ ।’

६६ आंै डवलीका संयोजक लेख कार्कीले हरेक डवलीमा नयाँ नयाँ साहित्यकारहरु सहभागी हुनेक्रम बढ्दै गएकोले डबलीको गरिमा बढ्दै गएको बताए ।

रेगिस्तानी कवि राईले नेपालमा हुने साहित्य सम्मेलनमा प्रबासको साहित्यले प्राथमिकता पाउनुपर्नेमा आफुहरुले अभियान चलाइरहेको बताए ।





Source : Kantipur

प्रकाशित: फाल्गुन १, २०७३                                                                           www.kkantipur.com



Top Ad 728x90

0 comments:

Post a Comment

Top Ad 728x90