Top Ad 728x90

Friday, February 10, 2017

,

फेसबुक लाइटका प्रयोगकर्ता २० करोड नाघे

कम डाटा खपत गर्ने फेसबुकको आधरभूत स्मार्टफोन एप फेसबुक एपका प्रयोगकर्ता २० करोड नाघेका छन् ।

Video Source : Youtube


 सन् २०१५ मा लञ्च भएको फेसबुक लाइट स्मार्टफोनका उदीयमान बजारहरु तथा इन्टरनेटको गति कमजोर भएका ठाउँहरुमा फेसबुक प्रयोगकर्ताको रोजाई बनेको छ । साथै फेसबुकले लाइट एपको क्षमता अभिवृद्धि गर्दै एप अपडेट गरेको छ र यसलाई अहिलेसम्मकै उत्कृष्ट बनाएको दाबी गरेको छ ।
फेसबुक लाइट अहिले इजरायल, इटाली, युएइ तथा दक्षिण कोरिया जस्ता देशमा समेत उपलब्ध गराइएको छ । साथै बंगलादेश, नेपाल, नाइजेरिया, दक्षिण अफि्रका, सुडान, श्रृलंका, भियतनाम तथा जिम्बाबे जस्ता अफि्रकी तथा एसियाली देशहरुमा फेसबुक लाइट पहिल्यै देखि लोकपि्रय फेसबुक एपको रुपमा रहेको छ ।
फेसबुक लाइटको लोकपि्रयताका बारेमा एक ब्लग लेख्दै फेसबुककी सिओओ शेरिल स्याण्डबर्गले भनेकी छिन्- धेरै ठाउँहरुमा इन्टरनेट स्लो तथा अस्थिर भएका कारणले फेसबुकका सबै फंक्सन सपोर्ट गर्न सक्दैन । फेसबुक लाइटले प्रयोगकर्तालाई कम डाटा खपत गरी न्यूज फिड जस्ता फेसबुकका मुख्य फिचरहरुमा छिटै पहुँच स्थापित गरिदिन्छ । एजेन्सी
Source : OnlineKhabar
२०७३ माघ २८ गते १०:५३ मा प्रकाशित                                                           www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90