Top Ad 728x90

Sunday, February 12, 2017

मलेसियामा १४ जना नेपालीहरुलाई मृत्युदण्ड हुनसक्ने ! नेपाली राजदुतावासको खुलासा |





मृत्युदण्डको अवस्था आईपरेमा नेपाल सरकारबाट रकम निकासा गरी उनिहरुलाई बचाउन राजदुतावासले सक्दो प्रयास गर्ने कुराको जानकारी पनि कार्यक्रममा गराउनुभएको थियो ।


ज्ञानेन्द्र कुरुम्भङ (पखेरे कान्छा)
मलेसिया | शनिबार मलेसियाको क्वालालम्पुर स्थित होटल ग्राण्डको सभाहलमा गैर आवासीय नेपाली संघले आयोजना गरेको एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली राजदुतावास मलेसियाका राजदूत महामहिम डा.निरञ्जन मानसिंह बस्नेतले विभिन्न अपराधमा मलेसियाको जेलमा रहेका १४ जना नेपालीहरुलाई मृत्युदण्ड हुन सक्ने प्रवल सम्भावना रहेको कुराको खुलासा गर्नुभएको छ |
साथै उक्त मृत्युदण्डको अवस्था आईपरेमा नेपाल सरकारबाट रकम निकासा गरी उनिहरुलाई बचाउन राजदुतावासले सक्दो प्रयास गर्ने कुराको जानकारी पनि कार्यक्रममा गराउनुभएको थियो ।
नेपाली दूतावासको कार्यलाई थप प्रकाश पार्दै उहाँले जेलमा परेका ६१६ जना नेपालीलाई नि:शुल्क हवाई टिकटको व्यवस्था गरेर नेपाल फर्काइ सकिएको र डिटेन्सन क्याम्प अथवा जेलमा रहेका करिब ५०० नेपालीहरु लाई नि:शुल्क हवाईटिकट उपलब्ध गराउन पनि पहल गर्ने जनाउनु भएको थियो ।

Source : Hamro Damak                                                            www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90