Top Ad 728x90

Sunday, February 12, 2017

,

राप्रपाले 'राजा सहितको प्रजातन्त्र'लाई महाधिवेशनको एजेण्डा बनाउने

अध्यक्ष थापाले नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने एजेण्डा समेत आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । यद्यपी सो बिषय महाधिवेशनले टुंगो लगाउने सहमति एकीकरणकै समय भएकाले कार्यसम्पादन समितिको बैठकमा त्यसलाई छलफलको बिषय भने बनाईएको छैन 

फाल्गुन २, २०७३ 
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा सहितको प्रजातन्त्र हुनु पर्ने प्रस्ताव सहितको राजनीतिक प्रतिवेदन पार्टीको कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत गर्नु भएको छ । आगामी फागुन ६ गतेदेखि हुने महाधिवेशनका लागि साझा एजेण्डा तय गर्न राजधानीमा जारी बैठकमा अध्यक्ष थापाले बर्तमान भूराजनीतिक अवस्था समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै संवैधानिक राजतन्त्रको परिकल्पना सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकको पहिलो दिन अध्यक्ष थापाले हिजो राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको चर्चा गर्दै मुलुकलाई संक्रमणकालिन अवस्थाबाट बचाउन राजा सहितको प्रजातन्त्रको परिकल्पना गर्नुभएको हो । पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठकाअनुसार, अध्यक्ष थापाले ५ बिकास क्षेत्रलाई नै प्रदेश बनाउनु पर्ने प्रस्ताव गर्नुभएको छ । प्रदेश सीमांकन र अधिकारका बिषयमा प्रमुख दलहरुबीच सहमति हुन नसकिरहेको अवस्थामा राप्रपाले संवैधानिक ब्यवस्था बिपरित ५ बिकास क्षेत्रको अवधारणा अघि सारेको हो । मध्यान्न १२ बजेपछि बस्ने आजको बैठकमा अध्यक्ष थापाको राजनीतिक कार्यपत्र र बैचारिक कार्यदिशाबारे थप छलफल हुने श्रेष्ठले बताउनुभयो । अध्यक्ष थापाले नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने एजेण्डा समेत आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । यद्यपी सो बिषय महाधिवेशनले टुंगो लगाउने सहमति एकीकरणकै समय भएकाले कार्यसम्पादन समितिको बैठकमा त्यसलाई छलफलको बिषय भने बनाईएको छैन । यस्तै बैठकमा राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि समेत छलफल हुनेछ । आगामी महाधिवेशनमा साझा एजेण्डा तय गर्ने उद्धेश्य सहित जारी बैठकले दुवै अध्यक्षको प्रतिवेदनलाई सहमतिका आधारमा आजै अन्तिम रुप दिने तयारी भएको सो पार्टीले जनाएको छ । गत मंसिरको पहिलो साता राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि बनेको राप्रपाको पहिलो एकता महाधिवेशन आगामी शुक्रवारदेखि ४ दिन राजधानीमा हुँदैछ ।

Source : Radio Kantipur                                                                                www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90