Top Ad 728x90

Monday, February 13, 2017

,

यी ५ कामहरु तपाइँको प्रेमीबाट हुने गरेको छ भने यस्ता व्यक्तिसंग बिहे नगर्नुहोस् ।


यदि तपाइँको अन्र्तज्ञानले केही कुरा गलत भईरहेको छ भन्ने महशुश गराउँछ भने, त्यस कुरालाई मनन गर्नुहोस् । र पहिलाको गल्तिलाई नर्दोर्याउनुहोस् । आज हामी तपाइँलाई कहिल्यै पनि माफि दिन नहुने ५ गल्तिहरुको बारेमा जानकारी दिन्छौं । जुन निम्नानुसार छ ।



a,s,d,f,g,h,h,j,k,i,o,l,p,u,yt,r,e,w,q,z,x,c,v,b,n,m,

हामी बुढो हुदैं गएपछि आफ्नो गल्तिहरुबाट धेरै कुराहरु सिकी विवेकवान बन्दै जान्छौं । तर प्रेममा परिसकेपछि आफ्नो प्रेमीबाट जस्तोसुकै गल्ति भएपनि माफि दिई त्यस कुरालाई त्यहिं छाडि सम्बन्ध जोड्ने गर्दछौं । किनकी तपाइँ त्यस व्यक्तिको प्रेममा हुनुहुन्छ । प्रेममा हुँदा गरिने केही गल्तिहरुले गर्दा हामीले आफ्नो पहिचान र महत्वलाई समेत गुमाउन सक्दछौं । तर के यो ठिक छ ? पछि पछुटाउनु भन्दा यसलाई तपाइँले अहिले नै राम्ररी सोच्न जरुरी छ ।
तपाइँले कति पटक गल्तिहरु गर्नुभई पछि पछुटाउनु भएको छ ? सायद धेरैचोटि हुनसक्छ । अब अर्को पटक यदि तपाइँको अन्र्तज्ञानले केही कुरा गलत भईरहेको छ भन्ने महशुश गराउँछ भने, त्यस कुरालाई मनन गर्नुहोस् । र पहिलाको गल्तिलाई नर्दोर्याउनुहोस् । आज हामी तपाइँलाई कहिल्यै पनि माफि दिन नहुने ५ गल्तिहरुको बारेमा जानकारी दिन्छौं । जुन निम्नानुसार छ ।

१) प्रेमीले तपाइँलाई नकुटे पनि हिंसात्मक स्वभावको बनेको छ भने :
यदि तपाइँ यस्तो अवस्थामा हुनुहुन्छ भने , नडराउनुहोस् । किनकी तपाइँ यस किसीमको व्यवहारको लागि योग्य हुनुहुन्न । तपाइँ यस कारणले गर्दा कुनै गल्ति नगर्नुहोस् । जस्ले गर्दा तपाइँलाई पछि पछुटाउन परोस् । आफ्नो स्वास्थ्यमा असर पर्नेभन्दा नराम्रो कुरा अरु केही हुन सक्दैन । त्यसैले यस कुरालाई सोचेर मात्र निर्णय गर्नुहोस् ।
२) धोका दिनु :
तपाइँहरुले धोका दिएपछि पनि सम्बन्ध राम्रो भएको जोडिहरु देख्नु भएको छ होला । तर धोका एउटा गल्ति मात्र नभई अनादर , विश्वासलाई तोड्नु र स्वास्थ्यमा खतरा बेहोर्नु पनि हो । धोका दिनु भनेको पुरै रुपमा स्वार्थी हुनु हो । तपाइँ यस्तो मानिसलाई चाहनुहुन्छ ? जस्ले तपाइँको आवश्यकतालाई भन्दा पहिला आफ्नो चाहनालाई पूरा गर्दछ । त्यसैले धोका दिने मानिसलाई अहिले नै बिदाई दिनुहोस् ।
३) तपाइँको सम्बन्धलाई सार्वजनिक रुपमा घोषणा नगर्नु :
आफूले व्यवहार गरेजस्तो प्रेमीले पनि त्यस्तै व्यवहार गरोस भन्ने तपाइँ चाहनुहुन्छ , होईन त ? यदि तपाइँको प्रेमसम्बन्ध ६ महिना भन्दा बढि भईसकेको छ । तैपनि उसले तपाइँलाई आफ्नो साथीहरु र परिवारसँग चिनजान गराएको छैन भने पक्कै पनि केही गलत भईरहेको छ । यसलाई बेवास्ता नगर्नुहोस् । यदि तपाइँ उसको जीवनको लागि धेरै नै महत्वपूर्ण हुुनुहुन्छ भने उसले गर्वका साथ अरुको अगाडि तपाइँलाई चिनाउने छ । त्यसैले यस कुरालाई राम्ररी सोचेर निर्णय लिनुहोस् ।
४) कुलतमा लागेको छ भने :
कुलतमा लागेको मानिसले जे पनि गर्न सक्दछ । तपाइँको प्रेमको महत्वलाई र भावनालाई यस्ता मानिसले बुझ्न सक्दैन। त्यसैले यसबाट पछि पुरै रुपमा निरास हुनुभन्दा यस्ता मानिसलाई छोड्नु नै तपाइँको लागि राम्रो हुन्छ ।
५) कुरालाई फेरबदल गर्ने :
जुन मानिसले कुरालाई फेरबदल गर्ने काम गर्दछ । र तपाइँको सधैं गल्ति भएको कुुरालाई देखाउँछ भने त्यस्तो मानिस स्वार्थी र कुरालाई घुमाउन सक्ने किसीमको हुन्छ । यस कुराले तपाइँको ठूलो झगडा भई तपाइँले आफ्नो जीवनलाई समेत घृणा गर्न सक्ने अवस्था आउन सक्छ । त्यसैले आफ्नो जीवनलाई खेल्न नदिई छोडि दिनु नै तपाइँको लागि राम्रो हुन्छ।खबरसम्पूर्ण

Source : पुर्बेलीन्युज बाट                                                                       www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90