Top Ad 728x90

Monday, February 13, 2017

पाकिस्तानको लाहोरमा विरोध प्रदर्शनका क्रममा बिस्फोट, सातको मृत्यु र चालिस घाइते -


लाहोर, २ फागुन - पाकिस्तानको यहाँको पूर्वी सहर लाहोरमा प्रदर्शन भइरहेको स्थानमा विशाल विस्फोट भएको पाकिस्तानी प्रहरीले जनाएको छ । घटनामा कम्तीमा सात मानिसको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएको प्रहरी अधिकृत जाहिर अब्बासले पुष्टि गरेका छन्।

उनका अनुसार एक जना मोटरसाइकलमा सवार आत्मघाती आक्रमणकारीले सयौँ फर्मासिस्टहरुको विरोध प्रदर्शन भएको ठाउँमा लगेर विस्फोट गराएको बताए। घटनाको पाकिस्तानी तालिवानी समूहले जिम्मेवारी लिएको छ । घटनामा परी दुई वरिष्ठ प्रहरी अधिकारी र एक पूर्व आतङ्कवादविरोधी अभियानका प्रमुखसमेतको मृत्यु भएको छ ।

पाकिस्तानी टेलिभिजनले चर्को आवाज पछि धुवाँको मुस्लो र गोली चलाएको आवाजसहितका दृश्य घटनास्थलबाट देखाएका छन् । रासस/एपी 



Source : Dc Nepal                                                                                             www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90