Top Ad 728x90

Sunday, February 12, 2017

श्रीमतीले दाइजो नल्याएको निहुँमा पोर्न फिल्म निर्मातालाई ७ लाखमा बेचियो .

दाइजो नल्याएको निहुँमा एक महिलालाई उनका लोग्ने तथा घरपरिवारले पोर्न फिल्म निर्मातालाई बेचिदिएका छन् ।


भारतमा दाइजोको निहुँमा महिलाहरुमाथि हुने गरेको हिंसा तथा अत्याचार सायद दुनियामा सबैभन्दा भयानक छन् । पछिल्लोपटक फेरि अर्को दर्दनाक घटना सार्वजनिक भएको छ । दाइजो नल्याएको निहुँमा एक महिलालाई उनका लोग्ने तथा घरपरिवारले पोर्न फिल्म निर्मातालाई बेचिदिएका छन् ।
घटना भारतको हरियाणाको हो । ती महिलाको बिहे भएको अझै डेढ महिना पनि भएको छैन । बिहेमा उनका बुवाआमाले खासै दाइजो दिन सकेनन् । दाइजो नपाएपछि लोग्ने बेखुस भए र अन्ततः उनलाई पोर्न फिल्म बनाउने मानिसलाई बेचेका छन् । ती महिला बल्लतल्ल आफुलाई पोर्न फिल्म निर्माताको चंगुलमा पर्नबाट बचाएर भाग्दै आफ्नो माइती बिहार आएर शरण लिएकी छिन् ।
बिहारको शारण जिल्लाको तरैया माइती भएकी ती पीडित महिलाले आफ्नो लोग्ने तथा घरका सबै परिवार विरुद्ध मुद्धा हालेकी छिन् । उनका अनुसार दाइजो नल्याएको भन्दै उनलाई लोग्ने तथा सासु ससुराले बिहेको केही दिनपछि नै दुख दिन सुरु गरेका र अन्तिममा पोर्न फिल्म बनाउनेलाई बेचिदिएका बताइन् ।
लोग्नेपक्षले दाइजोको रुपमा २ लाख रुपैयाँ तथा एउटा बाइक मागेको तर ती महिलाका बाबुले दिन नसकेपछि सम्बन्ध बिगि्रएको थियो । पीडित महिलाका अनुसार उनका लोग्नेले आफ्नै बहिनीको सहयोगमा उनलाई पोर्न फिल्म बनाउनेलाई बेचेका थिए ।

उनलाई ७ लाख भारुमा बेचिएको थियो । आफुलाई दामकाम गरेर बेचिएको र भोलि बिहान किन्ने मान्छे आउने सुइँको पाएपछि उनी रातारात घरबाट भागेर आफ्नो माइती बिहार पुगेकी हुन् ।

Source : Tajaonlinekhabar                                            www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90