हरेक मानिसलाई आकर्षक बन्ने चाहना हुन्छ । विशेषगरी महिलाहरु आफ्नो स्वास्थ्यप्रति बढी नै संवेदनशील र सजग हुने गरेका छन् । पछिल्लो समय व्यस्त दैनिकी र खानपानका कारण कतिपय मानिसमा विभिन्न स्वास्थ्य समस्या आउने गरेका छन् । छालासम्बन्धी विभिन्न समस्यामध्ये अनुहारमा देखिने समस्या पनि उत्तिकै छन् । हिजोआज अधिकांश महिलाको अनुहारमा देखापर्ने समस्या हो डार्क सर्कल।
शरीरमा पोषक तत्वको कमी हुनु, पर्याप्त नसुत्नु, शारीरिक कमजोरी, तनाव तथा हर्मोन गडबडीका कारण आँखाको तलपट्टी कालो घेरा अर्थात डार्क सर्कल देखापर्ने हुन्छ । डार्क सर्कलले अनुहारको सुन्दरतामा ठुलो असर पुर्याउँछ । डार्क सर्कल हटाउन घरेलु उपायहरु पनि छन् । काँचो आलुस् काँचो आलुको जुस बनाउने।
तयार पारीएको जुसलाई कपासको सहायताले आँखा मुनिको कालो घेरा अर्थात डार्क सर्कलको क्षेत्रमा लगाउने । १० देखि १५ मिनेटको समय पछि मनतातो पानीले मुख धुने । यहि प्रक्रिया दिनमा दुई पटक गर्ने हो भने डार्क सर्कल बिस्तारै हट्दै जान्छ । कागती र गोलभेडाको रसः एक चम्चा कागतीको रस र एक चम्चा गोलभेडाको रस मिलाएर कालो घेरामा लगाउने र १० मिनेटपछि धुने।
यसरी लगातार केही दिनसम्म दिनहुँ यही प्रक्रिया दोहोराइ रहँदा डार्क सर्कल हट्दै जान्छ । टि ब्यागस् दुइवटा टि ब्यागलाई आधा घण्टा फ्रिजमा राख्ने र चिसिएको टि ब्याग निकालेर डार्क सर्कलमा १० मिनेटसम्म राख्ने। त्यसपछि सफा पानीले अनुहार धुनुहोस डार्क सर्कल हट्दै गएको अनुभव गर्नुहुने छ । एजेन्सीको सहयोगमा
Source : Dc Nepal                                                                                        www.kkantipur.com
 

 
 
 
 
 
 
 
 
 
0 comments:
Post a Comment