Top Ad 728x90

Monday, February 13, 2017

संसारकै अग्लो उच्च बाँध फुट्ने खतरामा, १ लाख ८० हजार विस्थापित :

अधिकारीहरूले पानी भरिएपछि ७ सय ७० फिट अग्लो ओरोभिल बाँधको तटबन्ध फुट्ने खतरा पैदा भएको उल्लेख गरेका छन् । पानीका कारण बाँधमा खतरा उत्पन्न भएपछि आपत्कालीन ढोका खोलेर पानी बाहिर पठाइएको छ । अहिले पानीको ओभरफ्लो बन्द भएको जनाइएको छ ।


क्यालिफोर्निया, ३ फागुन - अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेको संसारकै अग्लो ओरोभिल बाँध फुट्ने खतरा बढेपछि करिब १ लाख ८० हजारलाई अन्यत्रै सारिएको छ । भारी वर्षाका कारण क्यालिफोर्नियामा रहेको सो बाँधमा पानीको मात्रा बढी भएको र पुरानो बाँध कमजोर भएको अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरूले पानी भरिएपछि ७ सय ७० फिट अग्लो ओरोभिल बाँधको तटबन्ध फुट्ने खतरा पैदा भएको उल्लेख गरेका छन् । पानीका कारण बाँधमा खतरा उत्पन्न भएपछि आपत्कालीन ढोका खोलेर पानी बाहिर पठाइएको छ । अहिले पानीको ओभरफ्लो बन्द भएको जनाइएको छ ।

क्यालिफोर्नियामा केही वर्षदेखि सुक्खा पर्दै आएको छ । तर, यस वर्ष भने वर्षा र हिमपातका कारण जलाशयमा पानीको सतह बढेको छ । पछिल्लो ५० वर्षमा यो तालमा यस्तो आपत्कालीन अवस्थाको घोषणा गरिएको यो पहिलो घटना हो । क्यालिफोर्नियाको जल संसाधन विभागले तालबाट क्युबिक फिट प्रतिसेकेन्ड पानी छोडिएको जनाएको छ ।

प्रशासनले जलस्तर कम भइरहेको र आपत्कालका लागि जलाशयमा पानीको स्तर खतराको संकेतभन्दा चार इन्च कम भइरहेको जनाएको छ । इन्जिनियरले जलाशयको कंक्रिटको एक हिस्सा बगेको देखेपछि पानी आपत्कालीन ढोकाबाट खोलिएको थियो ।

सो तालमा उत्पन्न खतराका कारण तालको दक्षिण क्षेत्रमा रहेका १६ हजार जनतालाई तालभन्दा उत्तरतिरको सुरक्षित स्थानमा जान भनिएको हो । गत साता बाँधको एक भाग भत्किएको पाइएपछि शुक्रबार क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले फेडेरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीलाई आपत्कालीन अवस्थाको घोषणा गर्न आदेश दिएका थिए।

सो बाँधमा यसरी पानीको मात्रा बढी भएर आपत्कालीन अवस्थाको घोषणा गर्नुपरेको यो सन् १९६८ पछिको पहिलो घटना हो । निकै पुरानो भएका कारण बाँध कमजोर बनेका अधिकारीहरूले जनाएका छन् । आजको कारोबार दैनिकले खबर छापेको छ।




Source : DcNepal                                                                                             www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90