Top Ad 728x90

Monday, February 13, 2017

राशिफल - Horoscope






मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आफ्नै मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक जमातलाई समेत आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ। भौतिक साधन जुट्नाले रोकिएको काम बन्नेछ। मंगल, बुध र शनिबार भने प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपर्ला। प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्छन्। (नेपाली पात्रो)


बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कृषि तथा पशुपालनमा फाइदा हुनेछ। प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। टाढिएका आफन्तहरू नजिकिन सक्छन्। पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ। प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ। बिहीबारदेखि स्थिति अनुकूल बन्नेछ। अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा मनग्य धनलाभ हुने देखिन्छ। (नेपाली पात्रो)


मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

प्रारम्भमा केही व्यवधान हुने देखिए पनि साता समग्रमा फलदायी रहनेछ। तर, अरूको मात्र भर पर्दा महत्वाकांक्षा पूरा नहुन सक्छ। मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। महत्वपूर्ण निर्णय लिने समय छ। अध्ययनमा प्रगति हुनेछ। वैरभाव राख्नेहरूले हार खानेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। बिहीबारदेखि काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। रमाइला क्षणको सहयात्री बन्न सकिनेछ। (नेपाली पात्रो)


कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

पहिलेको सम्झौताले विवाद निम्त्याउन सक्छ। ईर्ष्या गर्नेहरूले काम बिगार्न सक्छन्। बोली–व्यवहारमा संयम रहनुहोला। सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ। विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन्। परिवारिक असमझदारीले काम रोकिन सक्छ। तापनि पहिले टाढिएका आफन्तहरू बिस्तारै नजिकिनेछन्। बुद्धिको उपयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ। घरायसी अलमलले पठनपाठनमा समय दिन नसकिएला। (नेपाली पात्रो)


सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

मेहनत परे पनि प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला। बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन्। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम बन्न सक्छ। बिहीबारदेखि परिस्थिति आफ्नो पक्षमा नरहला। पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्लान्। आस गरेको फल अरूको हातमा पर्न सक्छ। (नेपाली पात्रो)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

सुरुमा खर्च लागे पनि व्यवसायमा लगानी बढाउने अवसर जुट्न सक्छ। सोचेको काम बिस्तारै बन्नेछ। नाम, दाम र इनाम कमाउने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिहीबारदेखि बोली–व्यावहारको असन्तुलनले समस्या निम्त्याउन सक्छ। केही समय वादविवादबाट टाढै रहनु बेस हुनेछ। सप्ताहान्तमा नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ। रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ। (नेपाली पात्रो)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सामान्य आम्दानीले ठूलो खाँचो टार्नेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने मेहनत गर्दा मनग्गे फाइदा हुनेछ। तर साथसाथै खर्च बढ्नाले अर्थ अभावसमेत देखापर्नेछ। टाढाको यात्रा गर्ने अवसर भने जुट्नेछ। आँटेको काम समयमा नबन्नाले पछि परिनेछ। भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ। आगन्तुकले अलमल्याउन सक्छन्। आफ्ना कमजोरीप्रति टिप्पणी हुने सम्भावना छ। लेनदेनमा पनि सजग हुनुहोला। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आफ्नैले अवरोध गर्दा काममा बाधा हुन सक्छ। सहयोगीहरू समेत पछि हट्न सक्छन्। सामान्य कामलाई धेरै समय खर्चनुपर्ला। मंगलबार र बुधबार भने परिस्थितिले राम्रो साथ दिनेछ। प्रशस्त धन लाभ हुनुका साथै कामबाट मनग्गे फाइदा उठाउन सकिनेछ। पछिसम्म आम्दानी हुने काम हातलागी होला। बिहीबारदेखि धनमाल हराउने वा खर्च हुने सम्भावना रहेकाले सावधान हुनुहोला। सप्ताहान्तमा आँटेको पनि काम रोकिने सम्भावना छ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

प्रारम्भमा विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले राम्रै अवसर पाइनेछ। तर अवसरका लागि चुनौतीसँग लड्नुपर्ला। मंगल, बुध र शनिबार काममा अप्ठ्यारो पर्नेछ भने बिहीबार र शुक्रबार विशेष अवसर जुट्नुका साथै आम्दानी समेत बढ्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनेछ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर मिल्नेछ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रारम्भमा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। तर अवसरका लागि जोखिमसमेत उठाउनुपर्ला। अस्वस्थताबीच कामको बोझ थपिन सक्छ। तापनि मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बिहीबारदेखि स्थितिमा सुधार आउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने प्रयत्न गर्दा चिताएको काम बन्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा आकस्मिक खर्चले आर्थिक पक्ष कमजोर बनाउला। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

हिम्मतले काम लिँदा फाइदा हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने बेला छ। तर विवादले काम बिग्रन सक्छ। आर्थिक पक्ष पनि कमजोर बन्ने देखिन्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। शुभचिन्तकहरूले साथ छोड्न सक्छन्। बिहीबार र शुक्रबार रोकिएका काम बनाउन सकिनेछ भने आस मारेको फल पुन: प्राप्त हुनेछ। सप्ताहान्तमा आकस्मिक खर्च र व्यावहारिक झमेला एकसाथ आइलाग्न सक्छन्। (नेपाली पात्रो)


मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अरूका विषयमा चासो लिँदा समस्या आइपर्ला। परिबन्धले केही झमेला निम्त्याए पनि पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। आँटले काम बन्नेछन् भने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मन मिल्ने साथी भेतिनुका साथै मनको भाव व्यक्त गर्ने साइत जुर्न सक्छ। पति-पत्नीमा आत्मीयभाव बढ्नेछ। तर भैपरी आउने समस्याले पनि सताउन सक्छ। साताको अन्त्यमा स्वास्थ्य कमजोर रहनुका साथै काम बिग्रने डरले सताउन सक्छ। (नेपाली पात्रो)


Source : Nepali Patro                                                                                               www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90