Top Ad 728x90

Monday, February 13, 2017

म यसरी रोए रेडियोमा धुरुधुरु..!

दशैको टिकाको दिन मध्यान्ह सम्ममा हामीले पानी पनि खान पाएका थिएनौ तर हाम्रा साथीहरु दशैमा कहाँ के गर्दैछन र कस कसले दशै कसरी कसरी मनाइरहेका छन भनेर प्रत्यक्ष प्रशारण गरीरहेका थियौ । साथीहरुले मिठो मिठो खानेकुरा खाएको र रमाइलो गरीरहेको बताइ रहदा हामिले भने पानी पनि खान पाएका थिएनौ ।



बिष्णुप्रसाद पोखरेल : 
आज रेडियो दिवस । मैले लामै समय रेडियोमा बिताए । करिब ७ बर्ष रेडियोमा काम गरेको छु । अहिले केहि महिनायता रेडियोमा छैन । मैले रेडियोमा काम गर्दाको धुरुधुरु रोएको छु । सप्तरङ्गी एफ.एम दमकमा रहेर काम गर्दा मैले ७ बर्ष अगाडि नागरिक दैनिकको पूर्वेलीमा लखेको लेख सम्झे । म धुरुधुरु रुदा नेपालीहरुको मूख्य चाड दशै रहेको थियो । त्यो लेख यस्तो थियो ।
दशैमा प्राय जसो जहाँ जसरी काम गर्ने भएपनि सबैले दुइ चार दिनलाइ भए पनि बिदा मिलाएका नै हुन्छन । प्रहरी ,एम्बुलेन्स चालक लगायतका केहि यस्ता क्षेत्र रहेका छन जसले दशै तिहार तथा चाड पर्वमा बिदा मिलाउन निक्कै मुश्किल पर्दछ ।
पछिल्लो समयमा एफ.एम रेडियोहरु खुल्ने क्रम बडेको छ । दशै तिहारमा केहि दिन पत्रिका त बन्द हुन्छन तर रेडियो बन्द हुदैनन । रेडियो बन्द नहुने भएपछि दशै या कुनै पनि चाड रेडियोकर्मिहरुलाइ बिदा मिलाउन निक्कै समस्या पर्छ । कार्यक्रम त रेकर्ड गरेर बज्लान या त दशै गीतहरु बज्लान तर समचार त बज्छ नै र यसका लागी एफ.एम.मा रहनै पर्छ । दशैको टिकाको दिन रमाइलो गर्ने मिठो मसिनो जे छ खाने ,परिवारमा संगै रमाउने सबैको इच्छा त हुन्छ नै तर आफ्नो मात्र इच्छाले नहुने र पेशा प्रति प्रतिबद्ध हुनु पर्ने भएपछि आफनो इच्छा गौढ हुने रहेछ । गत बर्षको दशै मेरा लागी एउटा अबिष्मरणिय दिन बनेको छ ।रेडियोमा काम गर्दाको पाँच बर्षको अनुभबमा सबै भन्दा बिर्सन नसक्ने दिन नै यहि बनेको छ ।
गत बर्ष एक जना बन्धुको बिदेशमा दुर्घटनामा परी ज्यान गुमाएकाले घरमा टिका नलगाउने भनेपछि मैले एफ.एमका प्राय सबै साथीहरुलाइ दशैमा घर गए फरक नपर्ने र अफिसमा म बस्ने बताए । समचारको एक जना साथी अजित धिमाल ,प्राबिधिक चन्द्र थापा र म दशैको टिकाको दिन बिहानै देखि अफिसमा ड्युटिमा थियौ । बिहान दश बजे सम्म त खासै केहि वास्ता भएन ।दश बजेपछि भोकले च्याप्न थालेपछि केहि किनेर खानु प¥यो भनेर अफिस बाहिर निस्किएर पुरै बजार परिक्रमा गर्दा एउटा पनि पसल खुलेको थिएन ।
समाचार शाखाका अजित धिमाल पनि भोक लागेपछि खाना खोज्दै बजार घुम्नु भएछ । बजार घुमेर केहि पनि नभेटेर हैरान भएर अफिस फिर्नु भयो । अब पानी खाएर भएपनि भोक मार्ने सोचेर पानी खान खोज्दा समेत धारामा पानी नै थिएन । मेची सहकारी संस्थाको पाँचौ तलामा रहेको कार्यलयको धारामा पानी नआएपछि पाँच तला मुनि आएर कल पेल्दा कल समेत बिग्रिएको रहेछ पानी नै आएन ।
दशैको टिकाको दिन मध्यान्ह सम्ममा हामीले पानी पनि खान पाएका थिएनौ तर हाम्रा साथीहरु दशैमा कहाँ के गर्दैछन र कस कसले दशै कसरी कसरी मनाइरहेका छन भनेर प्रत्यक्ष प्रशारण गरीरहेका थियौ । साथीहरुले मिठो मिठो खानेकुरा खाएको र रमाइलो गरीरहेको बताइ रहदा हामिले भने पानी पनि खान पाएका थिएनौ ।
म बिहान छ बजे नै घरबाट निस्किएको थिए ।घरबाट निस्कदा ममिले केहि त खाएर जा भनेको झलझलि याद आइरहयो । बजारमा केहि न केहि त किनेर खान पाइन्छ भन्ने लागेको थियो तर सबै पसल बन्द थिए ।बजार पुरै सुनसान थियो । हामि दिउसो दुइ बजे सम्म पनि भोकै नै थियौ ।अरु त के मुखमा पानी सम्म पनि परेको थिएन ।यस्तो हुन्छ भन्ने त कल्पना पनि गरेका थिएनौ ।
अजित धिमाल समचारमा ब्यस्त हुनुहुन्थ्यो । प्राबिधिक चन्द्र हजुर बुबा र आमाको हातको टिका लगाउन पाइन भनेर रुन मात्र नसक्ने अवस्थामा थिए । दिउसो तीन बजेपछि फाट्टफुट्ट पसल खुल्न थाल्यो र हामिले चिउरामा भुजिया मिसाएर कोकोकोला संग खाएर बल्ल भोक मारीयो । मैले अन एयरमा प्राबिधिक काम कहिले पनि गरेको थिइन । चार बजे समचार थियो । तीन बजेपछि प्राबिधिक चन्द्रलाइ गीत लगाएर हजुरबुबा ,हजुरआमाको घरमा गइ टिका लगाएर आउन भने । म भने त्यसो गर्न लगाएर उसलाइ टिका लगाउन जान भने र उ त्यसरीनै टिका लगाउन निस्कियो ।
एक घण्टाको लागी बिदा त दिए तर चार बजे प्राबिधिक आइ नपुगेपछि समस्या पर्ने अवस्था आउने भयो । बिकल्प पनि खास केहि थिएन । रेडियो बन्द गर्ने कुरा भएन ।प्राबिधिकको मोबाइलमा सम्पर्क गरेर उसले भनेबमोजीम म आफैले प्राबिधिक काम समेत गरेर समाचार प्रशारण गरेका थियौ । दशैको टिकाको यो दिन मेरो छब्बिस बर्षे जीबनकै एउटा नबिर्सने क्षण बनेको छ । त्यतिखेर दशैमा कसैको पनि यस्तो अवस्था नआओस भन्ने लाग्यो ।

Source : Hamrodamak

सोम, फाल्गुन २, २०७३ मा प्रकाशित                                                                        www.kkantipur.com

0 comments:

Post a Comment

Top Ad 728x90