Top Ad 728x90

Sunday, February 12, 2017

, ,

नेवार भाषाको ‘हिसिमति’ (राम्रो मन) को शुभमुहूर्त गरिएको छ


फाल्गुन २, २०७३ नेवार भाषाको ‘हिसिमति’ (राम्रो मन) को शुभमुहूर्त गरिएको छ । परम्परागत बज्रयान बौद्ध विधिअनुसार सप्तपूजा गरी शनिबार स्वयम्भूको चमति–१५ मा फिल्मको साइत निकालिएको हो ।

फिल्मको स्क्रिप्ट २०६३ मै लेखिसकिएको भए पनि बल्ल निर्माण सुरु गरिएको लेखक/निर्देशक पूर्णकाजी ज्यापूले बताए । ‘नेवार संस्कृति र जीवनशैली प्रवद्र्धन गर्न यो फिल्म बनाउन लागेका हौं,’ उनले भने, ‘स्वयम्भूको मञ्जुश्री देवी पूजा गरेर फागुन २३ देखि फिल्मको छायांकन सुरु गर्छौं ।’

सानै छँदाको ‘हिसिमति’ बनाउने योजना बल्ल पूरा हुन लागेको कलाकार राजेन्द्र ज्यापूले सुनाए । फिल्ममा नायक योगेन महर्जन, नायिकाहरू निकी महर्जन र रेश्मी महर्जन, कलाकार भीमसेन रिसाल, सरस्वती मानन्धर लगायतको अभिनय रहनेछ ।

फिल्मका निर्माता कान्छाभाइ ज्यापू र सानुछोरी ज्यापू हुन् । छायांकन र सम्पादनको जिम्मा सोहन मानन्धरले लिएका छन् । फिल्ममा संगीत ज्यापू र जुुगल डंगोलको छ । गीतहरू सतीश महर्जन, निशा देशार लगायतले गाएका छन् ।



Source : Ekantipur

प्रकाशित: फाल्गुन २, २०७३                                                                               www.kkantipur.com

Top Ad 728x90

0 comments:

Post a Comment

Top Ad 728x90