Top Ad 728x90

Thursday, November 30, 2017

सर्वाधिक केशको कार

कारलाई गिनिज बुक अफ वल्र्ड रेकड्र्सले सर्वाधिक केश भएको कारका रूपमा मान्यता दिएको छ ।


इटालीका एक हेयर स्टाइलिस्टले आफूले चढ्ने कारको बाहिरी तथा भित्री आवरणमा मानिसको केश प्रयोग गरेर दिएको नयाँ लुक्सले अहिले चर्चा पाइरहेको छ । भारतबाट मगाइएको १ सय किलोग्राम मानिसको केश प्रयोग गरेर उनले विश्वकै पहिलो केश कारको डिजाइन गरेकी हुन् । ४७ वर्षीया हेयर स्टाइलिस्ट मारिआ लुसिआ मुग्नोले १ सय ५० घन्टा लगाएर आफ्नो फिएट ५०० मोडलको कारलाई नयाँ लुक्स दिएको बताइन्छ ।

 इन्जिनलाई केशले नछोपेका कारण उक्त कार चलाउन कुनै किसिमको प्रतिबन्ध लाग्नेछैन । मारिआका अनुसार यो कारलाई अरू कारको तुलनामा बढी स्याहार गर्नुपर्ने हुन्छ । उनी भन्छिन्– म नियमित रूपमा यो कारलाई स्याम्पु लगाएर धुने, ब्रस गर्ने आदि काम गर्छु । पहिलो पटक देखिएको यो नौलो कारलाई गिनिज बुक अफ वल्र्ड रेकड्र्सले सर्वाधिक केश भएको कारका रूपमा मान्यता दिएको छ ।

0 comments:

Post a Comment

Top Ad 728x90