Top Ad 728x90

Tuesday, October 17, 2017

, , , , , , , ,

केराको फूल (बुङ्गो) खानुका अपत्यारिला फाईदाहरु




केराको फूल (बुङ्गो) खानुका अपत्यारिला फाईदाहरु
। 
केरा खान सबैलाई मन पर्ने फलफुल हो । स्वादिष्ट केराको सेवनले मानव स्वास्थ्यमा एकदमै फाईदा पनि गर्छ । केरामा विभिन्न पौष्टिक तत्व पाउनुका साथै भिटामिन मिनरल्स समेत पाईन्छ । केराको फाईदाको बारेमा सबै जानकार भएपनि त्यसको फूलको फाईदा भने सबैलाई थाहा नहुन सक्छ । झरेर, कुहिएर जाने केराको फूल समेत मानव स्वास्थ्यको लागि अति नै फाईदाजनक छ । आउनुहोस केराको फूलको उपयोगिता बारे चर्चा गरौँ ।

१. रक्तअल्पताको उपचार स् केराको फूलमा अत्यधिक आईरनको मात्रा पाईन्छ । यसमा पाईने आईरनले रक्त सेल स्वस्थ राख्न एकदमै मद्धत गर्छ । तसर्थ केराको फूलको नियमित सेवनले रक्तअल्पताबाट बच्न त सकिन्छ नै रक्तअल्पताको उपचार समेत हुन सक्छ ।
२. महिनावारी नियमित गराउँछ स् शरिरमा हर्मोनको कारण महिलाहरुमा महिनावारी अनियमित हुने गर्छ । यदि महिनावारी अनियमित छ भने केराको फूल सेवन गर्नुहोस, यसले नियमित महिनावारी त गराउँछ नै, तल्लो पेटको दुखाईमा आराम मिल्नुका साथै अत्यधिक रक्तश्राव समेत रोक्दछ ।
३. डायविटिजको उपचार स् अनुसन्धानबाट पत्ता लागेको छ की केराको फूलको नियमित सेवनले ब्लड सुगरको लेभल कम राख्छ र डायविटिज हुनबाट बचाउँछ ।
४. आमाको लागि लाभदायक स् केराको फूल सेवनले आमाको दुधमा पाईने पोषक तत्व वृद्धि गराउँछ । दुधको मात्रा समेत बढाउँछ ।
५. मुत्र स्वास्थ्यमा सहयोग स् केराको फूलमा आईरन, क्याल्सियम तथा कपर हुन्छ जसले मुत्र संक्रमण हटाउँछ । यहाँसम्म की मुत्र संक्रमणबाट समेत जोगाउँछ । यसको नियमित सेवनले पेल्भिक एरियाको मजबुत बनाउनुको साथै प्रजनन क्षमतामा समेत बृद्धि गर्छ ।
६. कब्जियतबाट राहत स् फाइबर युक्त केराको फूल सेवन गर्नाले कब्जियतको समस्या हटाउँछ ।
७. सुन्निने र जलनको उपचार स् एन्टिव्याक्टेरियायुक्त केराको फूल सेवन गर्नाले शरिर सुन्निने र जलनको समस्या पनि हटाउँछ 

0 comments:

Post a Comment

Top Ad 728x90