Top Ad 728x90

Sunday, October 15, 2017

, , , , , , ,

धनकुटा जादै गरेको बसमा लागयो आगो,यात्रुहरुको भागाभाग (भिडियो हेर्नुहोस )

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक शनिवार दिउँसो गुडिरहेको बसमा आगो लागेको छ । तेह्रथुमबाट धरान जाँदै गरेको को.१ ख.४८८९ नम्बरको रेसम फिलिलि नामको यात्रुबाहक बसमा तार सट भएर आगो लागेको हो ।
गुडिरहेको बसमा अचानक आगो सल्किएर धुवाको मुस्लो निश्किएपछि यात्रुहरु अत्तालिएका थिए । चालकले बस रोक्नासाथ यात्रुहरुको भागाभाग भयो । लगत्तै पुगेको प्रहरी, स्थानीयबासी, यात्रु लगायतले केही समयपछि गाडीमा लागेको आगो निभाएका थिए ।


नजिकै पानी रहेकाले त्यही पानी खन्याएर आगो निभाईएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले संगालोखबरलाई जानकारी दिएका छन ।
उनका अनुसार आगलागीबाट मानवीय क्षति नभएपनि गाडीको अगाडीको भाग जलेर नष्ट भएको छ । गाडी जलेपछि त्यही थन्काईएको छ । उक्त बसमा आएका यात्रुहरु अरुनै गाडीमा चढेर गन्तब्यमा गएका छन ।

भिडियो हेर्नुहोस् …

0 comments:

Post a Comment

Top Ad 728x90