Top Ad 728x90

Sunday, October 15, 2017

, , , , , , ,

१९ वर्षमा बितेको भनिएको छोरो एक्कासी देखेपछि

आँफुले जन्माएर हुर्काएको सन्तानको निधनमा जो कोहि पनि भावबिह्वल हुनु सामान्य कुरा हो ।
तर आँफुले जन्माएर १९ वर्ष पुगेको छोरोको निधन हुनु र निधन भएको छोरा २ वर्षपछि आउदा जन्मदिने आमालाई कस्तो होला रु प्रसंग हो अमेरिकाको अलास्कामा हालै घटेको एउटा घटनाको ।
बेकी टर्नी नामक महिलाले आफ्ना छोराको रुपमा छोराकै मुटु प्रत्यारोपण गरिएका युवकलाई देखेपछि निकै दंग परिन् ।
अझ यो सप्राइज उनलाई आफूले विवाह गर्न लागेको केटाले दिएका कारण उनी अझ खुशी भइन् ।
दुलही बनेकी बेकी टर्नी दंग भइन्, उनको गला अवरुद्ध भयो ।
दुलाहा बनेका केलीले बेकीलाई उनको मरिसकेको भनिएका छोराको याद दिलाएर उपहार दिएका थिए । बेकीका छोरा सन् २०१५ मा १९ वर्षको उमेरमा बितेका थिए ।
४० वर्षकी बेकीले पनि आफ्नो छोराको मुटु प्रत्यारोपण गरेका ज्याकवको धडकन स्टेथेस्कोप लगाएर सुनेकी थिइन् ।
उनको यही तस्बिर अहिले सामाजिक सञ्जालमा निकै फैलिएको छ । ज्याकव बिहेको समारोहमा उपस्थित हुन ४ हजार ८ सय किलोमिटरको यात्रा गरेर आएको डेलिमेलले लखेको छ ।

0 comments:

Post a Comment

Top Ad 728x90