Top Ad 728x90

Friday, October 20, 2017

, , , , , , ,

प्रधानमन्त्रीद्धारा निर्धारित समयमै निर्वाचन हुने प्रतिवद्धता





काठमाण्डौ, ३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि निर्धारित मितिमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताएका छन् ।



ुस्थानीय तहको निर्वाचन सम्पन्न भएका छन्, अब प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नका लागि आगामी मंसिरमा मिति तय भइसकेको छ, सोहि मितिमा निर्वाचन सम्पन्न हुन्छ र देशले राजनीतिक स्थायित्व प्राप्त गर्छ, अब यस कुरामा कसैले शंका नगरे हुन्छ,उनले भने ।
नेपाल संवत् ११३८ का अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिद्वारा ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजनीति स्थायित्व र आर्थिक समृद्धि निर्वाचनले ल्याउने बताए ।
उनले नेपाल संवत् मौलिक संवत्का रुपमा रहेको चर्चा गर्दै यसको संरक्षण, संवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
गरिबी र असमानता अन्त्य गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाले नेपाल संवत्‌को शुरुवात गरेको चर्चा गर्दै प्रधानमन्त्री देउवाले नेपाल संवत् मनाउन १० लाख रुपैयाँ सरकारका तर्फबाट प्रदान गरिने बताए ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए । यसैको खुशियालीमा विशेष गरी काठमाडौँ उपत्यकालगायत देश विदेशमा बसोबास गर्ने नेवार समुदायले भव्यरुपमा विविध कार्यक्रम गरी नयाँ वर्षको शुरुवातका रुपमा मनाउने गर्छन् ।
यस वर्षको नेपाल संवत् नयाँ वर्षको नारा ‘नेपाःया म्हसीका, नेपाःया गौरवः राज्य हे छ्यलेमाः नेपाल संवत्’ रहेको छ ।
सामारोह समितिका संयोजक चित्तरञ्जन नेपालीले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा मान्यता दिएपनि सरकारले सोअनुरुपका व्यवहार गर्न नसकेको चर्चा गर्दै आर्थिक कारोबार गर्दा चेक बुकमा नेपाल सवत्लाई मान्यता दिन, राष्ट्रिय प्रतिष्ठान स्थापना गर्न र नेपाल संवत्का विषयमा पाठ्यक्रम तयार गर्न माग गरे ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानलाई जीवन्त बनाइराख्न महानगरपालिकाले थप विविध कार्य गर्न लागेको जानकारी दिए ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।
समारोहमा विभिन्न नेवारी परम्परागत झाँकीसमेत प्रदर्शन गरिएको थियो ।रासस

Top Ad 728x90