Top Ad 728x90

Sunday, October 15, 2017

, , , , , , ,

निर्वाचन आयोगको समय भित्र ठुला दलले उम्मेदवारको अन्तिम नामावली सहितको बन्दसूची दर्ता गर्न सकेनन्, अब के हुन्छ ?



काठमाण्डौ, २९ असोज । उम्मेदवारको बन्दसूची बुझाउने समय घर्कीदा समेत उम्मेदवारको टुंगो लगाउन नसके पछि प्रमुख तीन दलले परिमार्जन गर्नेगरी बन्दसूची निर्वाचन आयोगमा पेश गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले समानुपातिक उम्मेदवारहरुको टुंगो लगाउन सकेनन् । दलिय भागवण्डाका मिलाउन समस्या भएपछि समयमै उम्मेदवार छनौट गर्न नसकेका हुन् ।
उनीहरुले तीहार पछि अर्का बन्दसूची पेश गर्ने सर्तमा आइतवार बन्दसूचीको पत्र बुझाएका छन् । तोकिएको समय सिमा सांझ पांच वजे मात्र आयोग कार्यालय पुगेका प्रमुख दलले अन्तिम सूची तयार पार्न भने सकेनन् ।
नेपाली कांग्रेसले फोरम लोकतान्त्रिक संगको पार्टी एकिकरणको विषयलाई टुंगो लगाउन समय खर्चियो । नेकपा एमाले र माओवादी केन्द्र बिच पनि जोडघटाउ मिल्न सकेन । जसका कारण समय सिमा भित्र साना दलले मात्र समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएका छन् ।
राजनीतिक दलहरुले तिहार पछि परिमार्जित बन्दसूची पेश गर्ने भएकाले आइतवार परेका उम्मेदवारको नाम पनि हेरफेर हुने भएको छ । निर्वाचन आयोगले समानुपातिकका लागि आइतवार र प्रत्यक्ष उम्मेद्वारका लागि कात्तिक ५ गते सम्म बन्दसूची पेश गर्न समय तोकेको छ । आइतवार अन्तिम उम्मेदवार टुंग्याउन नसकेका राजनीतिक दलहरुले कात्तिक ५ गते भित्र समानुपातिक उम्मेद्वारको अन्तिम टुंगो लगाउनुपर्ने छ ।
आगामी मंसिर १० र २१ गते हुने दुई चरणको चुनावमा दलहरुले प्राप्त मतका आधारमा केन्द्रीय संसदका ११० र प्रदेशका २२० गरी ३३० समानुपातिक सांसदहरु छानिने छन् । निर्वाचन आयोगले समानुपातिक र प्रत्यक्ष उम्मेदवारको अन्तिम नामावली कात्तिक १७ गते सार्वजनिक गर्नेछ ।
निर्वाचन आयोगको कार्यतालिका यस्तो छ





0 comments:

Post a Comment

Top Ad 728x90