Top Ad 728x90

Wednesday, October 18, 2017

, , , , , , , ,

प्रहरी अतिरिक्त महानिरीक्षक लामाले आफुसंगै बोकेर हिडेका छन्


बाँके १ कार्तिक । ५ नम्बर प्रदेशका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी मिङमार लामाले सबै खाले गुण्डा तस्करलाई कारबाही गर्छु भनि रहेको अवस्थामा गत बर्ष मात्र लागु औषध तस्करका नियन्त्रणमा समातिएका सन्दिप नाथ योगी नाम गरेका ब्यक्तिलाई भने प्रहरी अतिरिक्त महानिरिक्षकले आफु संगै लिएर हिंडि रहेका छन ।
प्रदेश नम्बर ५ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी मिङमार लामाले आफनो कार्य क्षेत्रका जिल्लाहरुमा पहिलो पटक कार्य प्रगतीको जानकारी लिन अन्तर कार्यालय निरीक्षण गरिरहेको अवस्थामा उनले लागु औषध तस्करका नियन्त्रणमा समातिएका सन्दिप नाथ योगी नाम गरेका ब्यक्तिलाई आफुसंगै लिएर हिंडिरहेका हुन् ।
सन्दिप नाथ योगीले केहि दिन यता बाँकेका ब्यापारी र प्रहरी कर्मचारीहरुलाई आफु एआइजीको मान्छे भएको भन्दै असुली र धम्काउदै आएको स्रोतको भनाई छ । सन्दिप नाथ योगीको नाममा रहेको मुद्दा अहिले बिचाराधिनमा रहेको छ भने उनी अदालत बाट धरौटीमा छुटेका छन् ।
बेला बेलामा योगीले नेपालगन्जमा रहेको पत्रकारहरुलाई पनि फोन गरि आफु प्रहरी र पत्रकार मिलेर काम गर्नु पर्ने बताउदै आएका थिए । उनले केहि समय अघि दैनिक नेपालगन्जले प्रकाशित गरेको नेपालगन्ज भन्सारमा हुने अबैध असुलीलाई आफुहरुले गरेको स्टिङ्ग अप्रेशन भन्दै किर्ते गरि आफ्नो अनलाईनमा राखेका थिए ।
५ नम्बर प्रदेशका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी मिङमार लामाले आफनो कार्य क्षेत्रका जिल्लाहरुमा पहिलो पटक कार्य प्रगतीको जानकारी लिन अन्तर कार्यालय निरीक्षण गरेका छन् । सोही निरिक्षण गर्ने क्रममा बुधबार बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको पनि निरीक्षण भ्रमण गरेका छन् ।
बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै लामाले बाँके जिल्ला तराईका अन्य जिल्ला भन्दा धार्मिक, साँस्कृतिक र ब्यापारीक दृष्टिले बढी सम्बेदनशिल जिल्ला रहेको बताए ।
बाँके जिल्लामा शान्ती सुरक्षा, प्रहरी नै पिटी क्याच, देखी संस्थागत भ्रष्टचारमा, तस्करसंग असुली जस्ता कार्यको जिल्ला भन्दा माथील्लो निकायबाट दवाबमा गर्ने गरीएको जनगुनासालाई बिशेष ध्यान दिन स्थानिय बासिले बिभिन्न माध्यम मार्फत आवाज उठाउनु पर्ने बताए ।
सामाजिक सदभाव र शान्ती सरक्षा प्रमुख चुनौती रहेको अवस्थामा लामाले बांकेमा निरीक्षण गरेका हुन् । लामाले जिल्लामा शान्ती सुरक्षाका साथ–साथै समाजिक तडकभडक र चुल्ठे, मुन्द्रे, ड्रग्स नियन्त्रणमा बिशेष चासो यस अघि पनि देखाएका थिए ।
एआईजी मिङमार लामाले तथा कथित गुण्डा, डनहरुलाई नियन्त्रण गर्ने, नेपाल प्रहरीलाई नागरिक मैत्री बनाउने, सबै किसिमका तस्करी, ओसारपसार तथा मानव बेचबिखन गर्ने, बैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेलाई कारबाही जस्ता कार्यलाई सशक्त रुपमा कार्यन्वयनमा लैजाने कार्य नीति बनाइएको बताए ।
भ्रष्टचार मुक्त प्रदेश बनाउने, प्रहरी आचरण भन्दा बाहिर जाने जुन सुकै तहको प्रहरी अधिकारी भएपनी कारबाही गर्ने, बिगतका अपराधीक घटनाहरुलाई दोहरिनदिने लगायतका रणनिती बनाइएको र निरीक्षणको क्रममा सबै मातहतलाई उपरोक्त कार्यनीतिहरु कडाईका साथ कार्यन्वयन गर्न निर्देशन दिने गरिएको छ ।
५ नम्बर प्रदेशका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी मिङमार लामासगै ५ नम्बर प्रदेशका संघिय ईकाई कार्यालय नेपालगञ्जका बरिष्ट उपरीक्षक महेशबिक्रम शाह र सम्वन्धीत जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखहरु भ्रमण टोलीमा रहेका छन् ।

Top Ad 728x90