Top Ad 728x90

Friday, May 19, 2017

, , , , , , ,

भक्तपुर नगरमा नेमकिपा

जेष्ठ ६, २०७४- भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनील प्रजापति तथा उपमेयरमा रजनी जोशी विजयी भएका छन् । भक्तपुरका ४ नगरपालिकामा जारी मतगणनाअनुसार २२ वटै वडाको परिणाम घोषणा भएको छ । जसमा नेमकिपाले भक्तपुर नगरपालिकाको १० वटा वडामा, कांग्रेसले ९ वटामा र नेकपा एमालेले ३ वटा वडामा अध्यक्ष जितेका छन् ।
नेमकिपाले भक्तपुर नगरपालिकाका १ देखि १० वडासम्मका सबैमा अध्यक्षसहित प्यानलै जितेको छ । कांग्रेसले मध्यपुरठिमी नगरपालिकाको १, २ र ३ मा पूरै प्यानल जितेको छ भने ४ मा वडा अध्यक्षले जित हासिल गरेको छ । अन्य सबै सदस्य एमालेले जितेको छ । सूर्यविनायक नगरपालिकाको २, ३ र चाँगुनारायण नगरपालिकाको १ वडामा अध्यक्षसहितको कांग्रेसको प्यानल विजयी भएको छ । एमालेले सूर्यविनायक नगरपालिका १, ४ र ५ वडामा अध्यक्षसहितको प्यानल जितेको छ । 
नेमकिपाबाट भक्तपुर नगरपालिका १ वडामा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४ मा कुमार चवाल, ५ मा प्रेमगोपाल कर्माचार्य, ६ मा हरिराम सुवाल, ७ मा उकेश कवां, ८ मा महेन्द्र खायमली, ९ मा रवीन्द्र ज्याख्वा र १० लक्ष्मीप्रसाद घ्यँनिखा वडा अध्यक्षमा विजयी भए । 
त्यस्तै, कांग्रेसबाट मध्यपुरथिमि नगरपालिकामा १ वडामा सुरज खड्का, २ मा राम थापामगर, ३ मा प्रेम कुटु र ४ मा कुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । सूर्यविनायक नगरपालिका २ मा कमलनाथ आचार्य, ३ मा शिवशरण खत्री, ६ मा रामेश्वर ध्वजु, चाँगुनारायण नगरपालिका १ मा राजेश खड्का र २ वडामा शिवहरि केसी अध्यक्षमा निर्वाचित भए । 


Source : Ekantipur

0 comments:

Post a Comment

Top Ad 728x90