Top Ad 728x90

Friday, May 19, 2017

, , , , , , , ,

महिलाको सहमतिमा यौनसम्पर्क गरेको भनेपछि…

लन्डन । इटालीको अदालतले यौन उत्पीडनको विषयमा अभियुक्तविरुद्धको मुद्दा खारेज गरिदिएको छ । पीडितले बलात्कारको समयमा जोडले नचिच्याएको भन्दै मुद्दा खारेज गरिएको हो ।
गत महिना सुनाइएको फैसलापछि इटालीका जनताले त्यसको तीब्र आलोचना गरेपछि न्यायमन्त्रीले त्यसको छानविन हुने जनाएका छन् ।
अदालतले बलात्कारी (पीडितकै सहकर्मी)लाई दोषी सावित गर्ने पर्याप्त आधार नभएको भन्दै मुद्दा खारेज गरेको छ । महिलाले यो मुद्दा खारेज भएपछि उल्टै मानहानीको मुद्दाको सामना गर्नुपरेको छ । फैसलाले इटालीमा विवाद सिर्जना गरेको छ ।
न्यायमन्त्री एन्द्रिया ओर्ल्यन्डोले आफ्नो मन्त्रालयका अधिकारीहरुलाई सन् २०११ को घटनाको छानविन गर्न आदेश दिएका छन् । पीडित महिला तुरिन सहरकै एक अस्पतालमा काम गर्थिन् ।
उनले आरोपीले आफूमाथि सेक्सको दवाव दिएको बताएकी छन् । महिलाले आफूले त्यसमा असहमति जनाएपछि काम दिन समेत बन्द गरेको उल्लेख गरेकी छन् ।
मुद्दाका क्रममा महिलाका वकिलले पीडित महिलालाई बच्चा अवस्थामा पनि बाबुले नै यौन उत्पीडन गरेको बताए । यस घटनामा अभियुक्तले यौन सम्बन्ध राखेको स्वीकार गरे । तर यो सबै सहमतिमा नै भएको उनको भनाई थियो । – एजेन्सी

0 comments:

Post a Comment

Top Ad 728x90