Top Ad 728x90

Friday, May 19, 2017

, , , , , , ,

निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै कांग्रेस–माओवादीद्वारा भरतपुर महानगरको मतगणना बहिस्कार

निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै भरतपुर महानगरपालिकामा कांग्रेस, माओवादी र राप्रपाले मतगणना बहिस्कार गरेका छन्। मत गणना सूचारू गर्ने विषयमा दलहरूबीच सहमति नभएपछि अहिले भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध भएको छ । मतगणना बहिस्कार गर्दै कांग्रेस–माओवादी गठबन्धनले निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै राजीनामासमेत मागेका छन्। पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले पटक–पटक त्रुटीपूर्ण परिणाम सार्बजनिक गरेर निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले धाँधली गर्न खोजेको आरोप लगाए। 
 उनले मतगणना स्थलमा गणकले गरेको टिपोट र निर्वाचन अधिकृतले कम्प्युटरमा इन्ट्री गरेर प्रिन्ट गरेको रिपोर्ट फरक–फरक देखिएको दाबी गरे। वडा नम्बर चार, सात र नौ नम्बरको मत परिणाम सार्बजनिक गर्दा फरक–फरक तथ्यांक सार्बजनिक गरिएको उनले आरोप लगाएका थिए। सुरुमा वडा नम्बर चारको मतगणना सार्बजनिक गर्दा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको भनिएको थियो । कांग्रेसले विजय उत्सव मनाउन कार्यकर्ताहरुलाई भेला पारेको थियो तर त्यसको केहीबेरमै एमालेका उम्मेदवार सात मतको अन्तरमा विजयी भएको घोषणा गरिएपछि कांग्रेस नेता–कार्यकर्ताहरुको आक्रोश बढेको थियो । वडा नम्बर सातको मत परिणाम सार्बजनिक गर्दा पनि उम्मेदवारको प्रतिनिधिको टिपोट विपरित कम्प्युटर प्रिन्ट गरेर निकालेको तथ्यांक फरक देखिए श्रेष्ठले बताए। 
त्यस्तै वडा नम्बर नौको मत परिणाम पनि त्यसैगरी फरक भएको भन्दै कांग्रेस–माओवादी नेताहरू मत परिणाम नस्वीकार्ने भि गणनास्थल छोडेका हुन्। आयोगले सार्वजनिक गरेको पछिल्लो गणनामा एमालेका उम्मेदवार देवी ज्ञवालीको १५ हजार १ सय ५५ र माओवादीकी उम्मेदवार रेणु दाहालको १४ हजार ८ सय ९ मत छ। उनीहरूले ९ नम्बर वडाको गणनापछि रेणु दाहालले ५ सय मतले अग्रता लिनुपर्नेमा उल्टै ३ सय बढी मतले पछि पर्ने गरी तथ्यांक सार्बजनिक गरिएको भन्दै आक्रोश पोखेका छन्। यसैबीच कांग्रेस, माओवादी र राप्रपाका कार्यकर्ताहरुले यो वडाको मत गणना फेरि गन्नुपर्ने माग गर्दै आएका छन्। फेरि गणना नगरेसम्म आफूहरूले यो परिणाम न स्वीकार्ने नेताहरूले दाबी गरे।

0 comments:

Post a Comment

Top Ad 728x90