Top Ad 728x90

Thursday, November 30, 2017

पट्याउन मिल्ने जेडटिईको स्मार्टफोन

by
जेडटीई कम्पनीले संसारमै पहिलो पटक पट्याउन मिल्ने स्क्रिन युक्त स्मार्टफोन सार्वजनिक गरेको छ । जेडटिईले ‘एक्सोन एम’ नामक ड्युअल स्क्रिनयुक्त फोल्डेबल स्मार्टफोन अहिले अमेरिकामा उपलब्ध हुन थालिसकेको छ ।

जेडटीई कम्पनीले संसारमै पहिलो पटक पट्याउन मिल्ने स्क्रिन युक्त स्मार्टफोन सार्वजनिक गरेको छ । जेडटिईले ‘एक्सोन एम’ नामक ड्युअल स्क्रिनयुक्त फोल्डेबल स्मार्टफोन अहिले अमेरिकामा उपलब्ध हुन थालिसकेको छ । उक्त स्मार्टफोनमा ५ दशमलव २ इन्चका दुईवटा स्क्रिन छन् । ती स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ । यो फोनमा तीनवटा मोड छन् ।

 ड्यृुअल मोडमा प्रयोगकर्ताले दुवै स्क्रिनमा अलग अलग एप्स खोलेर राख्न सक्छन् अर्थात् एउटा स्क्रिनमा गेम खेल्दै अर्को स्क्रिनमा इन्टरनेट वा भिडियो हेर्न सकिन्छ । यो स्मार्टफोनमा स्न्यापड्रागन ८२१ प्रोसेसर छ भने ४ जिबी र्‍याम तथा ६४ जिबी इनबिल्ट प्रोसेसर छ । यसमा २० मेगापिक्सेलको एउटा क्यामेरा जडान गरिएको छ, जसलाई मुख्य क्यामेरा र सेल्फी क्यामेरा दुवै रूपमा प्रयोग गर्न सकिन्छ । ३१८० एमएएच क्षमताको ब्याट्रीयुक्त यो फोनमा क्विक चार्ज तथा फास्ट चार्जिङ सपोर्ट फिचर छ

भिडियो हेर्नुहोस​ :
 ।

धुर्मुस सुन्तली

by
धुर्मुस सुन्तली
२०६५ मंसीर १४ गते बैवाहिक जीवनमा प्रवेश गरेका कलाकार धुर्मुस सुन्तलीले सहयात्राको ९ औँ वर्ष पुरा गरेका छन् । वैवाहिक जीवन सुरुवात गरेको १० औँ वर्ष प्रवेशको अवसर पारेर उनीहरुले अभिनय गरेको एक रोमकान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

 ‘म जुन दिन देखी’ बोलको गीतको भिडियोमा यो जोडीले सँगै अभिनय गरेका हुन् । संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सचिव समेत रहेका दिनेश थपलियाको शब्द रहेको उक्त गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ । पप्पा र नवराज उप्रेतिले खिचेको उक्त भिडियोमा हरिष निरौंला (कक्रोज) को कोरियोग्राफी रहेको छ । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने धुर्मुस सुन्तली आफैंले निर्देशन गरेका हुन् ।

गीतको म्यूजिक भिडियो :
 

सर्वाधिक केशको कार

by
कारलाई गिनिज बुक अफ वल्र्ड रेकड्र्सले सर्वाधिक केश भएको कारका रूपमा मान्यता दिएको छ ।


इटालीका एक हेयर स्टाइलिस्टले आफूले चढ्ने कारको बाहिरी तथा भित्री आवरणमा मानिसको केश प्रयोग गरेर दिएको नयाँ लुक्सले अहिले चर्चा पाइरहेको छ । भारतबाट मगाइएको १ सय किलोग्राम मानिसको केश प्रयोग गरेर उनले विश्वकै पहिलो केश कारको डिजाइन गरेकी हुन् । ४७ वर्षीया हेयर स्टाइलिस्ट मारिआ लुसिआ मुग्नोले १ सय ५० घन्टा लगाएर आफ्नो फिएट ५०० मोडलको कारलाई नयाँ लुक्स दिएको बताइन्छ ।

 इन्जिनलाई केशले नछोपेका कारण उक्त कार चलाउन कुनै किसिमको प्रतिबन्ध लाग्नेछैन । मारिआका अनुसार यो कारलाई अरू कारको तुलनामा बढी स्याहार गर्नुपर्ने हुन्छ । उनी भन्छिन्– म नियमित रूपमा यो कारलाई स्याम्पु लगाएर धुने, ब्रस गर्ने आदि काम गर्छु । पहिलो पटक देखिएको यो नौलो कारलाई गिनिज बुक अफ वल्र्ड रेकड्र्सले सर्वाधिक केश भएको कारका रूपमा मान्यता दिएको छ ।

सबैभन्दा टाढासम्म उडेको चंगा

by
अस्ट्रेलियाका रबर्ट मुरले २३ सेप्टेम्बर २०१४ मा ४ हजार ८ सय ७९ दशमलव ५४ मिटर टाढासम्म चंगा उडाएर सबैलाई अचम्मित तुल्याएका थिए ।
न्यू साउथ वेल्सको कोबार भन्ने ठाउँमा बस्ने मुर खासमा भेडा गोठाला हुन् । आफ्नो भेडा फार्मबाट चंगा उडाएर उनले उक्त कीर्तिमान कायम गरेका थिए । 


सबैभन्दा ठूलो विमान द एन्टोनोभ एएन–२२५ म्रिया

by
द एन्टोनोभ एएन–२२५ म्रिया

आकाशमा उड्ने अहिलेसम्मकै सबैभन्दा ठूलो विमान तत्कालीन अविभाजित सोभियत संघको युक्रेनमा निर्माण गरिएको थियो । द एन्टोनोभ एएन–२२५ म्रिया नामक उक्त मालवाहक विमानको तौल २ लाख ८५ हजार किलोग्राम छ । 

८४ मिटर लामो तथा ८८ मिटर लामो पखेटा भएको उक्त विमान आकाशमा ८ सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा उडान भर्न सक्छ । २१ डिसेम्बर १९८८ मा पहिलो उडान गरेको उक्त विमान निर्माणमा २५ करोड डलर खर्च भएको बताइन्छ । उक्त विमानले एक पटकमा ६ सय ४० टन वजन बराबरका मालसामान ढुवानी गर्न सक्छ ।

Lightbox

Wednesday, November 29, 2017

दुई रात तीन दिनको प्याकेजका लागि १५ हजार रुपैयाँ तिनुपर्छ । हनिमुन @ पोखरा

by
कुनै समय विवाहका बारेमा खुलेर कुरासम्म गर्न सकिँदैनथ्यो । विवाहअघि केटाले केटीलाई हेर्न, भेट्ने भन्ने कुरा पनि नगन्य नै हुन्थ्यो । घरको मुलीले भनेको कुरा नकार्ने आँट अपवाद बाहेक कसैले गर्दैनथे । विवाहपछि श्रीमान्–श्रीमती खुलेर कुरा गर्नसमेत डराउँथे । आँखामा आँखा जुधाएर हेर्न मात्र होइन, विवाहपश्चात् सँगै हिँड्नसमेत लजाउँथे । विवाह गरेर घुम्न जाने भन्ने कुराको कल्पनासम्म गरिँदैनथ्यो, तर अहिले समय फेरिएको छ । अहिले विवाहका सम्बन्धमा युवा युवती खुलेर कुराकानी गर्न सक्छन् । 
विवाहअघि नै भेटघाट, कुराकानी गरेर विवाहको निर्णय गरिन्छ । विवाहपश्चात घुम्ने, रमाइलो गर्ने परिपाटीको विकास भएको छ । विवाहपश्चात हनिमुन मनाउन जाने चलनसमेत बढ्दैछ । अहिले विवाहअघि नै विवाहपश्चात् गर्ने कामको योजना बनाइन्छ । नवविवाहित जोडीले विवाहपश्चात् रमणीय ठाउँमा पुगेर विवाहको मज्जा मात्र लिँदैनन्, भविष्यका योजना समेत बनाउँछन् । हनिमुनलाई सुखद बनाउन नवजोडीले विभिन्न ठाउँ रोज्छन् । तीमध्ये प्राथमिकतामा पर्ने स्थान हो— पोखरा । 

अहिले पोखरा हनिमुन मनाउने नवदम्पतीको डेस्टिनेसन पनि बन्दैछ । माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमाल, फेवा ताल, वेगनास ताल, रूपा ताल, यहाँ रहेका पर्यटनसँग सम्बन्धित साहसिक गतिविधि तथा प्राकृतिक सुन्दरताका कारण पोखरा धेरैको रोजाइमा पर्छ । नवजोडीको हनिमुनलाई अविस्मरणिय बनाउन यहाँ रहेका होटल तथा रिसोर्टहरूले विभिन्न प्याकेजमार्फत उनीहरूको मन जितिरहेका छन् । केही समयअघिसम्म भारतीय, चिनियाँ तथा अन्य देशका पर्यटकलाई लक्षित गरी ल्याइने यस्ता प्याकेजतर्फ अहिले नेपालीहरू पनि आकर्षित हुन थालेका छन् । अन्य समयको तुलनामा लगनको महिनामा नवविवाहित जोडीको भीड पोखराका पर्यटकीय स्थलमा बढी हुन्छ । 

सुरुमा भारतीय जोडीका लागि दुई रात तीन दिनको प्याकेजमार्फत नवविवाहिता जोडीलाई आफ्नो होटल तथा रिसोर्टतर्फ आकर्षित गर्ने होटल व्यवसायीहरू अहिले नेपालीहरूलाई समेत सक्रिय छन् । यहाँ सामान्यदेखि तारे होटलसम्मले आफ्नो सेवा–सुविधाका आधारमा सस्तोदेखि महँगोसम्मका प्याकेज उपलब्ध गराउँछन् । पोखराका होटल तथा रिसोर्टले न्यूनतम ४ हजार ५ सय रुपैयाँदेखि अधिकतम २५ हजार रुपैयाँसम्मका हनिमुन प्याकेज उपलब्ध गराउने पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए । 

होटल बाराही पोखरा : लेकसाइडस्थित होटल बाराहीले दुई रात तीन दिनको हनिमुन प्याकेज उपलब्ध गराउँछ । २० हजार रुपैयाँको यो प्याकेजमा पोखरा एयरपोर्ट अथवा बसपार्कबाट पिकअप, वेलकम ड्रिङस, डिलक्स एसी रुम, ब्रेकफास्ट, स्विमिङपुल, फ्री वाइफाई आदि उपलब्ध हुन्छ । यसमा कारमा आधा दिनको पोखरा साइडसिन, एक घण्टा फेवातालमा बोटिङ, एक साँझको क्यान्डिल लाइट डिनर, लाइभ कल्चरल कार्यक्रम हेर्ने अवसर, रुममा फ्रुट्स बास्केटसमेत उपलब्ध गराइन्छ । त्यसका अतिरिक्त हनिमुन प्याकेज लिनेहरूले फुड वेभरेज, लाउन्ड्री, मसाज, टेलिफोन तथा विजनेस सेन्टरमा १५ प्रतिशत छुटको सुविधासमेत प्राप्त गर्छन् । [next]


[lock]रूपाकोट रिसोर्ट : पोखराबाट २२ किलोमिटर पूर्वमा प्राकृतिक सुन्दरताले भरिपुर्ण ठाउँमा छ रूपाकोर्ट रिसोर्ट । यो रिसोर्टले नवविवाहित जोडीको हनिमुनलाई अविस्मरणीय बनाउन छुट्टै प्याकेज तयार पारेको छ । त्यहाँ जोडीका लागि डिलक्स रुमको व्यवस्था हुन्छ । एक रातको १५ हजार रुपैयाँ तिर्नुपर्ने रुममा फ्रुट्स बास्केट पनि उपलब्ध हुन्छ भने अन्य खानेकुराको थप शुल्क लाग्छ । पोखराबाट लाने ल्याउने व्यवस्था रिसोर्ट आफैंले गर्छ, तर त्यसबापत थप शुल्क लिइन्छ । यो रिसोर्ट सहरको कोलाहलबाट अलिकति टाढा शान्त वातावरणमा बस्न रुचाउनेहरूको रोजाइमा पर्ने गरेको छ । 

बगैंचा वेलनेस रिसोर्ट : हालसालै मात्र औपचारिक रूपमा सञ्चालनमा आएको बगैंचा वेलनेस रिसोर्टले हनिमुन प्याकेजमार्फत नवजोडीलाई आर्कषित गर्न खोज्दैछ, जसका लागि एक रातको १० हजार रुपैयाँको प्याकेज उपलब्ध हुन्छ । यो प्याकेजमा डिलक्स रुम, ब्रेकफास्ट, क्यान्डिल लाइट डिनर, बोतल अफ वाइन, स्टिमा, साउना आदि उपलब्ध हुन्छ । टुरिस्ट बसपार्क अथवा एयरपोर्टबाट पिकअपको व्यवस्था रिसोर्टले नै गर्छ ।

होटल जल महल : होटल जल महल, लेकसाइडले निरन्तर रूपमा हनिमुन प्याकेज उपलब्ध गराइरहेको छ । यो होटलमा बाह्रै महिना यो प्याकेज उपलब्ध छ । दुई रात तीन दिनको प्याकेजमा दुईवटा डिनर, दुईवटा ब्रेकफास्ट, आधा दिन सिटी साइडसिन, हनिमुन केक, स्वीमिङ पुल तथा बोतल अफ वाइन उपलब्ध हुन्छ । यो प्याकेजका लागि नेपालीको हकमा १५ हजार रुपैयाँ तथा भारतीयको हकमा १८ हजार रुपैयाँ लाग्छ ।[/lock]

अतिथि रिसोर्ट : लेकसाइड, शान्तिपाटनस्थित अतिथि रिसोर्ट एन्ड स्पा:ले पनि हनिमुन प्याकेज उपलब्ध गराउँछ । यहाँ यो प्याकेज लिन अग्रिम बुकिङ गर्नुपर्ने हुन्छ । यसरी बुकिङ भएपछि रुमलाई आकर्षक ढंगले सजाइन्छ । लञ्च, डिनर, ब्रेकफास्ट, स्टिमा तथा साउनाको सुविधासमेत उपलब्ध हुने दुई रात तीन दिनको प्याकेजका लागि १५ हजार रुपैयाँ तिनुपर्छ । रिसोर्टले हनिमुन केक पनि उपलब्ध गराउँछ । अन्य पाहुनाको तुलनामा हनिमुन प्याकेज लिनेहरूले बढी केयर पाउने रिसोर्टका म्यानेजर गणेश ढकालले बताए । [next]

अन्य होटल तथा रिसोर्ट : पोखरामा रहेका केही होटल तथा रिसोर्टले बाह्रै महिना, केहीले लगनको महिनामा त केहीले ग्राहकको अनुरोधमा हनिमुन प्याकेज एवं एनिभर्सरी प्याकेज उपलब्ध गराउँदै आएका छन् । होटल पोखरा ग्रान्ड, फिस्टेल लज, माउन्ट कैलाश रिसोर्ट, होटल ल्यान्डमार्क, टेम्पल ट्रि रिसोर्ट, ग्लासियर होटल, रोयल पाम रिसोर्ट, टाइगर माउन्टेन, होटल स्वप्नाबाघ, होटल लेक स्टार, वाटरफन्ट रिसोर्ट, होटल मिडल पाथ, कुटि रिसोर्ट एन्ड स्पा, होटल ह्वाइट पर्ल, होटल रानीवन आर्केड, होटल क्विन्स पार्क, होटल सिटी पार्क, इन्फिनिटी रिसोर्ट, माइ होटल, होटल स्प्रिङ, माउन्ट भ्यु, टुकि रिसोर्ट आदि पश्चिमाञ्चल होटल संघमा आबद्ध अधिकांश होटल तथा रिसोर्टले विभिन्न प्याकेज मार्फत नवविवाहित जोडीलाई आकर्षित गरिरहेका छन् । पोखरा बसाइका क्रममा साइडसिन, प्याराग्लाइडिङ, अल्ट्रालाइटबुकिङ, जिप फ्लावरलगायतका सेवा समेत लिँदै आफ्नो हनिमुन यात्रालाई यादगर बनाउन सकिन्छ । केही जोडीहरू पर्यटकीय गाउँ घान्दुक, धम्पुस, सिक्लेस आदिसम्म पुग्छन् । नेपालीहरूका अतिरिक्त भारतीय, चिनियाँ तथा अन्य देशका पर्यटक पनि हनिमुनका लागि पोखरा पुग्ने गरेका छन् ।

यी हुन् संसारकै सबैभन्दा धेरै पारिश्रमिक लिने १० कर्मचारी

by





Remuneration is the part of the job. You will be get paid for the work you do and the time you devotee to the organization. In most of the companies, the Chief Executive Officer (CEO) is the head of the organization and the post is the highly paid post in most of the part of the world . Due to complex situation, it is hard to estimate the salary of Chief Executive Officer (CEO). But, some private companies have been making public the remuneration of their head. We will be discussing that in the video. Patrick Soon-Shiong is a South African-born American surgeon, professor and researcher, entrepreneur, businessman, and philanthropis. In April 2016, the Los Angeles Times reported him to be one of the highest paid CEOs for 2015. The current Chief Executive Officer of the internet search engine giant is Sundar Pichai. Have you ever imagined the salary of the Google boss? If converted into Nepali currency, the monthly salary of Pichai is Rs 1. 60 million. At the beginning of 2016, his annual salary was around 200 million USD. According to CNN, Pichai used to invest all the money he had earned into share market. Watch the full video for more information.

फुदवाङ नजिकैको जंगलमा झुन्डिएको अबस्थामा एक युवकको मृत अवस्थामा शव फेला परेको छ ।

by



























अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न.७ फुदवाङ नजिकैको जंगलमा झुन्डिएको अबस्थामा एक युवकको मृत अवस्थामा शव फेला परेको छ । शव चिन्न नसकिएकाे अवस्थामा फेला परेको छ । असोज २२ गते आइतबार दिउसो १२:३० – ०१ बजे देखि सन्धिखर्कबाट बेपत्ता भएका पाणिनी गाउँपालिका वार्ड नं ५ साविक मैदान ५ धारापानीका हरिप्रसाद भट्टराईको शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

साथमा एक मोबाईल फेला परेको छ । मोबाईलको नम्बर ९८४७३०६९४५ रहेको छ । झुन्डिएको ठाउँमा राष्ट्रिय बाणिज्य बैकमा जम्मा गरेका स्लिप र जुत्ता- कपडा समेत फेला परेका छन् । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको थियो । मृतकका आफन्त अझै आईपुगेका छैनन् । आफन्त आएपछि मात्र मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिने प्रहरीले बताएको छ ।

आफन्त नआएसम्म प्रहरीले जंगलमा नै शव कुरेर बस्ने छ । स्थानियबासीले दाउरा- घास काट्न जंगलमा गएको बेला झुन्डिएको अबस्थामा शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि प्रहरी सेनाले उक्त जंगल क्षेत्रमा खोज तलास गरेपनि फेला परेका थिएनन् । ३० बर्षीय हरि भट्टराई निमाबि स्थायी शिक्षकको रुपमा नवलपरासी जिल्लामा कार्यरत रहेका थिए । उनी पुर्ब धातिबाङ माबिका शिक्षक पनि थिए ।

साथै हरिले केही समय अगाडि पाणिनी गाउँपालिका वार्ड नम्बर ४ का नारायण घिमिरेकी छोरी बिष्णु घिमिरेसंग बिबाह गरेका थिए ।

बेपत्ता भएको दिन बिबाहको व्यवहार मिलाउन राष्ट्रिय बाणिज्य बैक सन्धिखर्कमा आई एटिएमबाट ५० हजार निकाली उनले आफुसंगै आएका साथी लक्ष्मण सुनारलाई उक्त रकम हस्तान्तरण गरि एशियन लाइफ इन्स्योरेन्समा गएर किस्ता भुक्तानी समेत गरेका थिए । समाचार


Tuesday, November 7, 2017

विवाह गरेको सात दिन नपुग्दै बेपत्ता भएको वेहुला २८ दिनपछि झुण्डीएको अवस्थामा फेला, लास चिन्न गारो

by
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न.७ फुदवाङ नजिकैको जंगलमा झुन्डिएको अबस्थामा एक युवकको मृत अवस्थामा शव फेला परेको छ । शव चिन्न नसकिएकाे अवस्थामा फेला परेको छ । असोज २२ गते आइतबार दिउसो १२:३० – ०१ बजे देखि सन्धिखर्कबाट बेपत्ता भएका पाणिनी गाउँपालिका वार्ड नं ५ साविक मैदान ५ धारापानीका हरिप्रसाद भट्टराईको शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

साथमा एक मोबाईल फेला परेको छ । मोबाईलको नम्बर ९८४७३०६९४५ रहेको छ । झुन्डिएको ठाउँमा राष्ट्रिय बाणिज्य बैकमा जम्मा गरेका स्लिप र जुत्ता- कपडा समेत फेला परेका छन् । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको थियो । मृतकका आफन्त अझै आईपुगेका छैनन् । आफन्त आएपछि मात्र मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिने प्रहरीले बताएको छ ।

आफन्त नआएसम्म प्रहरीले जंगलमा नै शव कुरेर बस्ने छ । स्थानियबासीले दाउरा- घास काट्न जंगलमा गएको बेला झुन्डिएको अबस्थामा शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि प्रहरी सेनाले उक्त जंगल क्षेत्रमा खोज तलास गरेपनि फेला परेका थिएनन् । ३० बर्षीय हरि भट्टराई निमाबि स्थायी शिक्षकको रुपमा नवलपरासी जिल्लामा कार्यरत रहेका थिए । उनी पुर्ब धातिबाङ माबिका शिक्षक पनि थिए ।

साथै हरिले केही समय अगाडि पाणिनी गाउँपालिका वार्ड नम्बर ४ का नारायण घिमिरेकी छोरी बिष्णु घिमिरेसंग बिबाह गरेका थिए ।

बेपत्ता भएको दिन बिबाहको व्यवहार मिलाउन राष्ट्रिय बाणिज्य बैक सन्धिखर्कमा आई एटिएमबाट ५० हजार निकाली उनले आफुसंगै आएका साथी लक्ष्मण सुनारलाई उक्त रकम हस्तान्तरण गरि एशियन लाइफ इन्स्योरेन्समा गएर किस्ता भुक्तानी समेत गरेका थिए । समाचार

Wednesday, October 25, 2017

गोरखा दुईः बाबुरामको विकास र नारायणकाजीको गठवन्धन शक्तिको टक्कर

by



















मंसिर १० गते हुने संसदीय चुनावका लागि अन्तत गोरखामा दुई हाइ प्रोफाइलहरुको भीडन्त निश्चित भएको छ । पूर्व प्रधानमन्त्री वाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री नरायणकाजी श्रेष्ठ उस्तै राजनीतिक प्रवृति र चरित्रसहित भिन्न पार्टी र गठवन्धनबाट प्रतिस्पर्धामा उत्रन लागेपछि त्यसले देशका अन्य क्षेत्रका चुनावी तापक्रमलाई फिका बनाईदिएको छ । 
केही बर्ष अघिसम्म एकिकृत माओवादीमा पहिलो वरियताको उपाध्यक्ष रहेका भट्टराई र दोस्रो वरियताका उपाध्यक्ष श्रेष्ठ अहिले नदीको भिन्न किनारामा विभाजित भएका छन् । यो विभाजन राजनीतिक आदर्श, विचारभन्दा बढी स्वार्थहरुको टकराव हो भन्ने यताका दिनका व्यावहारहरुले पुष्टि गरेका छन् । एक समय प्रधानमन्त्री भट्टराईको क्याबिनेट मन्त्री रहेका श्रेष्ठ अहिले तिनै भट्टराईसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसको प्रष्ट कारण छ, दुवैको गृह जिल्ला गोरखा हुनु र गोरखाको पनि २ नम्बर क्षेत्रका स्थानीय हुनु । 
पृष्ठभूमि
राजनीतिक जीवनको सुरुवात बावुराम र नारायणकाजी दुवैले कांग्रेसको निकटताबाट गरेको देखिन्छ । भट्टराई निम्न वर्गीय परिवार र श्रेष्ठ मध्यम वर्गीय परिवारमा हुर्किए । एसएलसी वोर्ड फष्ट, क्याम्पस टपर हुदै भट्टराईले जुन समय इन्जिनियरिङ्ग र पिएचडी गरे, अक्षरसँगको सामिप्यताबाट दूर रहेको समाजमा त्यो एउटा अलौकिक आकर्षणको विषय बन्यो । त्यही पढाईको तेजले बाबुराम अन्य विषयमा यावत आलोचनामा परिरहँदा पनि वौद्धिक हुन् अरुभन्दा भन्ने सदाशयताको लाभ उठाइरहेका छन् ।
पढाईमा नारायणकाजी पनि जुम्सा विद्यार्थी हैनन् । बोर्ड नटपे पनि कक्षाका टपर नै भएको बुझिन्छ । जनप्रशासनमा स्नातकोत्तर पढे । पढाए । 
पढाइपछिको जीवनमा भट्टराईले पत्रिकामा लेख लेखे । रत्नपार्कमा पत्रिका बेच्ने हकर बने । सजमोको अध्यक्ष भए । मोहन विक्रम, हरिवोल गजुरेलको मातहातमा रहँदै अन्तत एकता केन्द्रको नेतृत्वमा आए । 
२०५१ मा जनयुद्ध शुरु गर्ने कि नगर्ने भन्ने विषयमा भएको मतभेदमा श्रेष्ठले जनयुद्ध शुरु गर्ने लाइनको विरोध गरे । भट्टराई जनयुद्धको लाइनमा लागे । देश लडाईमा होमियो । प्रचण्ड, किरण, बाबुरामहरुको टाउकाको मोल तोकियो । ठिक यहीँनेर, श्रेष्ठले भने जनयुद्धलाई सामाजिक फॉसीवाद भनेर दुत्कारेर बसे । एकताकेन्द्रलाई मोहनविक्रमको मसालमा गाभेर एकताकेन्द्र–मसालको सह–महामन्त्री बने । उनी सह–महामन्त्री रहेको ए–मसालले माओवादी विरुद्ध प्यूठान, वागलुङ्गमा भण्डाफोर अभियानै चलायो । उनी मातहातका ए–मसालका नेता डिलाराम आचार्य, परि थापा, लिला थापाहरुले जनयुद्धमा बगेको रगतलाई ‘रजश्वला भएकी महिलाको रगत’ भन्दा श्रेष्ठले मौन समर्थन गरे । कतिपय बेला राजनीतिमा आफुले सिधै बोल्न नमिल्ने विषय आफ्न कार्यकर्ता मार्फत प्रकट गराउने चलाखीको बाटो श्रेष्ठले लिएको माओवादी कार्यकर्ताहरुको बुझाइ देखिन्छ । 
‘जनयुद्धमा दश हजार बढी नागरिकको बलिदान हुँदा, गोरखामा सयौं नागरिक सहिद, घाइते हुँदा, लडाईमा जीवन या मृत्यु भनेर लाग्दा नारायणकाजी श्रेष्ठ हामीलाई सामाजिक फासीवादी भनेर बस्नुभएको थियो’ वैद्य माओवादी निकट देजमोबाट गोरखा २ मै उमेद्वारी दिएका नारायण अधिकारीले भनेका छन् । नारायण तिनै हुन्, जो गोर्खाका अनेकौं भीडन्तहरुमा बल्बल्ल बाँचे, इमान बेचेनन् र अझै माओवादी आन्दोलनको पूर्नजागरण अभियानमा छन् । संयोग, श्रेष्ठलाई पार्टी सदस्यता तिनै नारायणका पिता श्रीनाथ अधिकरीले दिएका थिए । 
शान्तिप्रक्रियामा माओवादी आएपछि श्रेष्ठ नेतृत्वको एकताकेन्द्र र नेकपा (माओवादी) वीच एकीकरण भएर एमाओवादी बन्यो । श्रेष्ठ प्रचण्ड, किरण, बावुराम पछिको बरियताको नेता बने । पटकपटक मन्त्री बने । स्थानीय विकास, गृह, परराष्ट्र, उपप्रधानमन्त्री । एकताले उनलाई फाइदै भयो । जनमोर्चा नेपालका तत्कालीन अध्यक्ष अमिक शेरचनले एउटा अन्तर्वार्तामा भनेका छन् पनि, श्रेष्ठलाई एकता गरेर ठूलो पार्टीको महामन्त्री बन्न परेको रहेछ, ठूलो पद चाहिएको रहेछ । शेरचन श्रेष्ठ नेतृत्वको तत्कालीन एकताकेन्द्रका नेता हुन् । 
एकताको बेलाको एउटा रोचक र संवेदनशील प्रसंग पनि छ । एकताका लागि एकताकेन्द्रको बैठक चलिरहेका बेला केन्द्रीय सदस्य भरत दाहाल र साध्य वहादुर भण्डारीले श्रेष्ठमाथि भारतीय एजेन्सीबाट पैसा लिने गरेको, बीरगंजस्थित वाणिज्य दूतावासमा आउजाउ रहेको आरोप लगाउँदै त्यसको प्रष्टिकरण चाहिने माग गरे । जवाफ दिनुको साटो श्रेष्ठले वैठक स्थगित गरे । सॉझ आफैं विज्ञप्ति निकाले–दाहाल र भण्डारीलाई पार्टीबाट कारवाही गरिएको । अनि वैठक सुचारु गरे । तर दाहाल र भण्डारीले उठाएको सवालको कुनै जवाफ दिएनन् । यता, भारतीय निकटस्थको आरोप बावुराममाथि झन् बढी छ, सार्वजनिक र नागरिकको स्तरसम्म । सत्य के हो श्रेष्ठ र भट्टराई नै जानुन् । 
गोर्खामा प्रभाव
२०६४ सालको पहिलो संविधानसभाको चुनाबका बेला पालुङ्गटारमा आयोजित चुनाबी सभामा बाबुरामले पारीतिरको भिराला पाखाहरु देखाएर भाषण गरे, यी सबै बस्तीहरुमा अब बाटो पुग्छ, हिँड्ने बाटो पनि बनेपछि यहाँका मानिस बाटो हिड्दा खसेर मर्न बन्द हुन्छ । बॉदरै लड्ने जस्तो पाखोमा बाटो लान्छु भन्दै पढेलेखेका बाबुरामले किन सोझा गाउ‘लेसँग त्यसरी झूठ बोलेका होलान् ? मेरो मनमा लागिरह्यो । ०६७ सालतिर ऑपपिपल सिमपानीमा आफन्तको विहेमा जॉदा म वॉदर लड्ने भनेर डराएको पाखोबाट गाडी चढेरै सिमपानी पुगें, जुन पाखोलाई देखाएर बाबुरामले भनेका थिए अव ती पाखाहरुमा साँच्ची नै गाडी गुड्छन् । 
म दरौंदी पारी तत्कालीन ३ नम्वर क्षेत्रको बासिन्दा हुँ । गोरखा घ्याम्पेसाल सडक खनिएको मैले थाहा पाए देखि नै हो, अझैं उस्तै छ । तर बाबुरामले जितेको २ नम्बरमा ०६४ पछि खनेर कति पिच भैसक्यो, कति कमसेकम ग्राभेल भएका छन् । जित्न त ०६४ पछि सबै क्षेत्रमा माओवादीले नै जित्यो गोरखामा । तर २ नम्बर निर्वाचन क्षेत्र र ३ नम्बर हेर्दा कहाली लाग्छ । हामीले लड्दै मरिने हो कि भन्ने बाटोको विकल्पको कल्पना पनि गर्न सकेका थिएनौं । भन्न त माओवादी योजनामा भएको हो विकास, बावुरामले गरेका हैनन् पनि भनिएको छ, हो भने माओवादीले नै जितेको र सबैभन्दा दुर्गम ३ मा माओवादीले बनाएको विकासको योजना खै त ? किन नगरेको ३ नम्बरमा त्यत्रो विकासको योजना बनाउने माओवादीले ? जवाफ छैन, किनभने कुरै नक्कली छ । 
गोरखाको विकासको सवालमा बाबुरामसँग दाँजिन, उभिन सक्ने अर्को कुनै पात्र नै छैन । उनकै पालामा बूढीगण्डकी जलविद्युत परियोजनाको काम शुरु भयो । राजनीति भएन भने केही बर्षमै त्यसको लाभ गोर्खा सहित सिँगै देशले पाउने छ । 
नारायणकाजीको सवलमा चाँहि उनी पनि गोर्खाली रहेछन् भनेर थाहा पाएको केही पत्रिका पढेर मात्र हो । सबैभन्दा बढी चाँहि अहिले उनी गोरखाबाट चुनाबमा उमेद्वार बनेपछि हो । किन भने उनको पुरै परिवार गोरखाको जौबारीबाट काठमाडौं सरिसकेको छ । यतै ठेकेदारी, व्यापार गरेर घर बनाएर बसेको छ । अलि पहिले गोरखा घर भएका बिरेन्द्रबाबु श्रेष्ठलाई बरियता मिचेर डिआइजी बनाउँदा, एअरपोर्टमा पोष्टिङ्ग गर्दा, एआइजी बनाउँदा श्रेष्ठले लविङ्ग गरेको भन्ने जानेपछि र सोधखोज गर्दा उनको घर पनि गोरखा हो भनेर धेरैले थाहा पाएका हुन् । त्यसबाहेक, उनी पटकपटक मन्त्री बने । उपप्रधानमन्त्री पनि बने । तर गोरखामा उनले गरेको काम के हो सायद उनैलाई पनि सूची बनाउन पर्यो भने मुश्किल पर्ला । केही विद्यालय उद्घाटन गरे होलान्, केही स्वास्थ्य शिविर लगे होलान् जौवारी तिर, ठेकेदार, व्यापारी भाईहरुमार्फत । भाईभतिजाहरुलाई संरक्षण गरे होलान्, ठेक्कापट्टा मिलाइ दिए पनि होलान् । आखिर ती पनि गोर्खाली नै हुन् । त्यो कामलाई पनि सूचीकृत गरे हुन्छ । नत्र श्रेष्ठले गोरखाका लागि गरेको कामको सूची कमजोर हुनेछ । 
मतदाताको अवस्था
भट्टराईको नयाँ शक्तिले कांग्रेससँग र श्रेष्ठको माओवादी केन्द्रले एमालेसँग गठबन्धन बनाएपछि गोरखा २ चरम प्रतिस्पर्धामा देखिन्छ बाहिरबाट हेर्दा । तर छापामा खाली स्थानीय चुनाबको अंकगणित मात्रै आएको छ । गोरखा २ को सवालमा स्थानीय चुनावको अंक गणित मात्रैले काम गर्दैन । हिजो कसले कति काम गर्यो भन्ने अंकगणित मतदाताको मनमा सबैभन्दा बढी आउँछ । त्यसकारण, पालुङ्गटार, ऑपपिपल, हर्मी, खोप्लाङ्ग, छोप्राक, नयाँ साँघु, खहरेतिरको लगभग ७५ देखि ८० प्रतिशत भोट बाबुरामलाई जाने अनुमान गर्नु गल्ती हुनेछैन । जौबारी, भच्चेकतिरको भोट भने श्रेष्ठले बढी नै पाउनेछन् । अहिलेलाई त्यता अधिकतम ६० प्रतिशत श्रेष्ठले पाउने अनुमान गर्न सकिन्छ । सुलिकोट गाउँपालिका श्रेष्ठका लागि निर्णायक हुनेछ । 
स्थानीय चुनावमा गाउँपालिका केन्द्र पाउने आशमा माकेलाई भोट दिएको कांग्रेस गढ मानिने सौरपानीका माके कार्यकर्ताले समेत स्थानीय केन्द्र ताकुमा रहने भएपछि सामुहिक राजीनामा दिएर बसेका छन् । सुलिकोट गाउ‘पालिका प्रमुखमा माओवादीबाट शहीद परिवारका विष्णु भट्ट उठेको र स्थानीय भएकाले मत दिएको ताकु माझ लाकुरीबोट जहाँ बागीले हजार कटाउँदा पनि वडामा कांग्रेसले जितेको थियो बाट लगभग ८० प्रतिशत बाबुरामलाई भोट जाने देखिन्छ भने सुलिकोट गोरखामा शहीद गाउँका नामले चिनिन्छ । जनयुद्धका पहिलो शहीद दिल बहादुर रम्तेलदेखि आशाकाजी श्रेष्ठ, कौशिला तमु, कमला–विमला भट्ट, तुल बहदुर विक, दीपक गुरुङ्ग, गुणनिधि देवकोटा, प्रेम ढकाल, नन्दलाल ढकाल,रीता ढकाल, कुमारी आले, अस्मिता, राजेन्द्र पनेरुहरुको जनयुद्धका क्रममा रगत बगेको वस्तीमा जनयुद्धलाई सामाजिक फाँसीवादी भन्ने श्रेष्ठलाई नैतिकरुपमै मत माग्न अप्ठ्यारो पर्नसक्छ । 
भलै न आज बाबुराम जनयुद्धको सपना, योजना, कार्यादेशमा छन् । उनले त कम्युनिष्ट पार्टी नै छाडिसके ।  श्रेष्ठले पनि जनयुद्धलाई अस्वीकार गरे, फासीवादी भने । उनको पार्टी माओवादी केन्द्र पनि जनयुद्धको नाममा फाइदा लिन मात्रै उद्यत देखिन्छ । पार्टीको नाम माओवादी राखेपनि आज माके र एमाले या कांग्रेसमा कुनै खाले भिन्नता छैन भन्ने आम बुझाई छ । 
बरु माओवादी आन्दोलनकै मत पाउने नैतिक अधिकार वैद्य माओवादीका नारायण अधिकारीले राख्छन् । किनभने उनले कमसेकम गद्धारीको, जनयुद्धको अपमानको, मजाकको बाटो रोजेका छैनन्  । तर बलेको आगो ताप्ने नाफाखोर समाजमा इमान र निष्ठामा लागे वापत कति मूल्य चुकाउनुपर्छ भन्ने कुरा हामीले श्रीनाथ अधिकारी, भक्ति लामिछाने जस्ता गोर्खाली माओवादी नेताहरु देखेरै जानिसकेका छौं । 
तालमेलको फाइदामा पनि बाबुराम बढ्तै देखिन्छन् । कांग्रेसी कार्यकर्ताहरु माकेलाई अहिले पनि गोर्खामा हराउन नसके फेरि कहिल्यै सकिदैन, त्यसैले माके हराउन बाबुराम जिताउनै पर्छ भन्ने जिल्ला पार्टी नेतृत्वको बुझाइलाई स्थानीय तहसम्म पुर्याइरहेका देखिन्छन् । उनीहरुको बुझाइमा अहिले माओवादी केन्द्रलाई हराइयो भने आफ्नै भोटमा जितेका बाबुराम भोली कुनै जोखिम बन्दैनन्, तर अहिले जति कमजोर बनेको बेला पनि माओवादी केन्द्रले जित्यो भने मानसिक रुपमा पनि कांग्रेस कार्यकर्ताले गोरखामा जितको कल्पना गर्न सक्दैनन् भन्ने निचोडमा पुगेको देखिन्छ ।
श्रेष्ठलाई भने बाम गठबन्धनको फाइदा छ । तर त्यसमा भर पर्न नसकेर उनी राती राती कांग्रेस नेतृत्वसँग हिजो गोरखामा कांग्रेस मार्ने माओवादी नेता बाबुरामलाई तपाईहरु भोट दिने, म हिजो जनयुद्ध फासीवाद हो भन्नेलाई हराउने भन्दै सहयोग माग्न गएको हल्ला छ, सत्यता जे भएपनि । एमालेका आधाआधी स्थानीय कार्यकर्ता पनि श्रेष्ठभन्दा बाबुराममलाई मत दिने मनस्थितिमा रहेका देखिन्छन् । 
यही बीचमा एमालेले पाएको जम्मा एउटा प्रदेशसभामा रामशरण बस्नेतलाई मत नदिइ राजेन्द्र बजगाईँलाई जिताउँछौ भन्दै माकेको जिल्लाको मुख्य नेतृत्व नै वजगाईँकहाँ मोलतोलमा पुगेको सूचना बाहिरिएपछि एमाले कार्यकर्ता पंक्ति संशकित भएको छ ।
हो, बाबुरामको राजनीति पछिल्लो समय निकै अस्थिर देखिएको छ । केही मतदाता २०७० को चुनावमा उनले २ छोडेर १ मा गएपछि चिढिएका छन् । कति उनको घरि वामशक्ति घरि कांग्रेसको गठजोड भन्ने व्यवहारबाट चित खाँदै रिसाएका छन् । कतिमा आफैंले बनाएको संविधानप्रति उनले गरेको टिप्पणी र सांसद पदबाट दिएको राजीनामाप्रति आक्रोश छ, यसले उनको मत नघटाउने कुरै छैन । तर, श्रेष्ठको माओवादी केन्द्रको अस्थिरता पनि कम रोचक छैन । घरि आफैं सामेल एमाले नेतृत्वको सरकारविरुद्ध सरकारमै बसेर अविश्वास ल्याउने । कंग्रेससँग तालमेल गरेर माके अध्यक्ष प्रचण्डले त चितवनमा गएर रुखमै भोट हाले । देशभर एमाले हराउन कांग्रेससँग तालमेल गरे । घरि आफैं कांग्रेससँग सरकारमा बसेर विपक्षी एमालेसँग चुनावी तालमेल गरे । विपक्षीसँग एकता पनि भन्ने र कांग्रेससँग सत्तामा पनि बस्ने राजनीतिक चरित्र पनि कम आलोचनायोग्य छैन । 
यसरी हेर्दा, बाबुरामले माकेले स्थानीय निर्वाचनमा पाएको आधा भोट तान्ने देखिन्छ । उनले व्यक्तिगत र नयाँ शक्तिको गरी १२ हजार आसपास भोट पुर्याउने देखिन्छ । कांग्रेससमेतको भोत भट्टराईलाई थपिदा र एमालेको २५ प्रतिशत मत तान्दा बाबुराम श्रेष्ठ भन्दा कम्तीमा पाँच हजार मतले अघि हुने अनुमान गर्न सकिन्छ । तर मताधिकार भएका जनता अन्तिम निर्णायक हुन् । तिनको मतको कसैले पहिल्यै जिम्मा लिन सक्दैन र मिल्दैन पनि । 
अन्तमा यति चॉहि भन्न सकिन्छ, भट्टराईले जितेपनि या श्रेष्ठले जितेपनि त्यो संसदीय व्यवस्थाको जित हुनेछ । माओवादी आन्दोलनको हार हुनेछ । किनपनि भने उनीहरु माओवादी आन्दोलनको एजेण्डा मिल्काएर जाँदैछन् । 

Tuesday, October 24, 2017

ईमान्दार पार्टी भनेको कांग्रेस हो – बाबुराम भट्टराई

by
















गोरखा । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमाले–माओवादीले सत्ताका लागि गठबन्धन गरेको बुझेपछि आफू गठबन्धनबाट बाहिरिएको बताएका छन् । आगामी १० मंसिरमा हुने संघीय प्रतिनिधिसभाका लागि गोरखा–२ बाट उम्मेदवारी दिएका भट्टराईले सोमबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले एमाले र माओवादीले गठबन्धनलाई दाउपेचका रुपमा लिएकाले गठबन्धनमा हटाउन नसकेको दाबी गरे ।
‘एमाले र माओवादी केन्द्रले सत्तामा पुग्ने दाउपेचका रुपमा मात्र गठबन्धन गरेको थाहा पाएपछि हामी त्यहाँबाट बाहिरियौं’, भट्टराईले भने । सञ्चारकर्मीको एक जिज्ञाशाको जवाफमा उनले नयाँ शक्ति बाम लोकतान्त्रिक पार्टी भएकाले बामपन्थी वा लोकतान्त्रिकमध्ये जो कोहीसँग पनि तालमेल वा सहकार्य गरेर अघि बढ्न सक्ने तर्क गरे ।
भट्टराईले काँग्रेसभन्दा एमाले र माओवादीले बेइमानको राजनीति गरिरहेको आरोप लगाए । उनले काँग्रेसँगको गठबन्धनलाई उदाहरणीयको संज्ञा दिए । गोरखाबाट सुरु भएको नयाँ शक्ति र काँग्रेसबीचको गठबन्धन नयाँ प्रयोग भएको टिप्पणी गरे । उनले गोरखालाई मुलुककै नमुना जिल्ला बनाउने सोच र योजना आफूसँग रहेकाले निर्वाचनमा मत दिएर जिताउन मतदातालाई आग्रह गरे ।

‘धरान–चतरा–हेटौंडा सडक विस्तार तीव्र’

by



















कार्तिक ७, २०७४-धरानलाई चतरा, गाईघाट र सिन्धुली हुँदै हेटौंडा जोड्ने ३ सय १८ किलोमिटर सडकको निर्माण धमाधम भइरहेको छ । सडक विभागका अनुसार यस सडक खण्डमा पर्ने रूख कटान, विद्युत् पोल हटाउनेलगायतका कार्य तीव्र रूपमा अघि बढेको छ । 

दुई लेन विस्तार हुने उक्त सडकको चौडाइ ११ मिटर हुनेछ । तीन वर्षभित्र विस्तार गरिसक्ने भन्दै तीव्र रूपमा काम अघि बढेको धरान–चतरा–हेटौंडा पूर्व सडक खण्डका योजना प्रमुख उमेश विन्दुले जनाए । यो सडक हेटौंडाबाट सुरु भई भित्री मधेस, चुरेभावर, शिवालिक तथा दुन/उपत्यकालाई यातायात सञ्जालमा जोडदै धरान पुगेर टुंगिन्छ । 

सामरिक महत्त्वको सडक विस्तारपछि आसपास क्षेत्रको आर्थिक, सामाजिकलगायत गतिविधिमा महत्त्वपूर्ण भूमिका खेल्ने विन्दुले बताए । ‘अधिकांश सडक खण्डको ट्रयाक खोल्ने काम भइसकेको छ,’ उनले भने, ‘दुई लेन विस्तारसँगै कालोपत्रे सुरु गर्छौं ।’ 


सडकलाई पूर्व र पश्चिम खण्डमा विभाजन गरिएको छ । उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्मको १ सय ३५ किमि पूर्वी र भिमानदेखि हेटौंडासम्मको १ सय १५ किमि सडकलाई पश्चिमी खण्डका रूपमा विभाजन गरिएको छ । दुवै खण्डको टेन्डर मंसिरमै भइसकेको उनले बताए । तर, सिन्धुली, उदयपुर खण्डमा पर्ने विद्युतीय खम्बा हटाउने कार्यका लागि ठेक्कापट्टामा ढिलाइले काम अलि सुस्त भएको जानकारी उनले दिए । उदयपुर–सिन्धुली खण्डमा सडक विस्तार गर्दा ६ सयभन्दा बढी घरको मुआब्जा दिनुपर्ने भन्दै उनले जिल्ला प्रशासनसँग समन्वय गरेर काम भइरहेको उनले बताए । 

‘घरको मूल्यांकन र लागत संकलन गर्ने काम भइरहेको छ,’ उनले भने, ‘कानुनी तरिका र जनतासँग समन्वय गरेर घर हटाउने काम हुन्छ, मुआब्जा पनि दिइन्छ,’ उनले भने । डक निर्माणको काम सम्पन्न भएपछि सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका अधिकांश क्षेत्र जोडदै पूर्वपश्चिम राजमार्गको वैकल्पिक मार्गको काम गर्ने उनले दाबी गरे । 

‘पूर्व–पश्चिम खण्डको ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘पुल कल्भर्ट निर्माणका लागि पनि ठेक्का भइसकेको छ ।’ प्राय: सडक चुरे पहाडको उत्तरमा पर्छ । सिन्धुलीमाडीदेखि महेन्द्र झाडीसम्मको खण्ड मरिन खोलाको किनारमा पर्छ । प्रचुर खेतीयोग्य जमिनयुक्त भूभागका साथै दून उपत्यका भएर जाने उक्त सडकको भौगोलिक स्थिति समथरदेखि हल्का पहाडी रहेको उनले बताए । ‘उर्वरा भूमि भएर जाने भएकाले यो सडकको निकै महत्त्व छ ।’

यो सडक सुनसरीमा १८.८, उदयपुरमा १०८.५, सिन्धुलीमा १ सय ३५ र मकवानपुर जिल्लामा ४९.३५ किमि पर्छ । हालसम्म यस योजनाको कुल लम्बाइमध्ये करिब २० किमि कालोपत्रे, करिब १ सय १० किमि ग्राभेल छ भने बाँकी सडक धुलाम्ये अवस्थामा छ । योजनाका अनुसार सम्पूर्ण सडक दुई लेन विस्तार गरी स्तरोन्नति गरिनेछ । हाल कालोपत्रे भइसकेको करिब २० किमि बीपी राजमार्ग र पूर्वी खण्डको ४८ किमि सडक विभागले कालोपत्रे तथा विस्तार गर्ने जिम्मा लिएको छ । सडकको पूर्वी खण्डमा ४३ र पश्चिमी खण्डमा ३३ वटा पुल निर्माण गरिनेछ । 

पश्चिम खण्डका प्रमुख कर्णबहादुर रानाभाटले पुलको निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको बताए । मकवानपुर र सिन्धुलीको अधिकांश स्थानमा २५ किमिभन्दा बढी सडक खण्डलाई दुई लेन निर्माणका लागि ट्रयाक खोलिसकिएको उनले जनाए । सडक विस्तार गर्दा पश्चिम खण्डमा ४ हजार ५ सय रूख र पूर्वी खण्डमा ८ हजार रूख काट्नुपर्नेमा ८५ प्रतिशत काम भइसकेको उनले जनाए । ‘सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर, रूख काट्ने काम पनि भइरहेको छ,’ उनले भने, ‘अब अवरोध भन्दा पनि हुन्छ ।’



श्रोत : कान्तिपुर



Friday, October 20, 2017

प्रधानमन्त्रीद्धारा निर्धारित समयमै निर्वाचन हुने प्रतिवद्धता

by




काठमाण्डौ, ३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि निर्धारित मितिमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताएका छन् ।



ुस्थानीय तहको निर्वाचन सम्पन्न भएका छन्, अब प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नका लागि आगामी मंसिरमा मिति तय भइसकेको छ, सोहि मितिमा निर्वाचन सम्पन्न हुन्छ र देशले राजनीतिक स्थायित्व प्राप्त गर्छ, अब यस कुरामा कसैले शंका नगरे हुन्छ,उनले भने ।
नेपाल संवत् ११३८ का अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिद्वारा ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजनीति स्थायित्व र आर्थिक समृद्धि निर्वाचनले ल्याउने बताए ।
उनले नेपाल संवत् मौलिक संवत्का रुपमा रहेको चर्चा गर्दै यसको संरक्षण, संवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
गरिबी र असमानता अन्त्य गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाले नेपाल संवत्‌को शुरुवात गरेको चर्चा गर्दै प्रधानमन्त्री देउवाले नेपाल संवत् मनाउन १० लाख रुपैयाँ सरकारका तर्फबाट प्रदान गरिने बताए ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए । यसैको खुशियालीमा विशेष गरी काठमाडौँ उपत्यकालगायत देश विदेशमा बसोबास गर्ने नेवार समुदायले भव्यरुपमा विविध कार्यक्रम गरी नयाँ वर्षको शुरुवातका रुपमा मनाउने गर्छन् ।
यस वर्षको नेपाल संवत् नयाँ वर्षको नारा ‘नेपाःया म्हसीका, नेपाःया गौरवः राज्य हे छ्यलेमाः नेपाल संवत्’ रहेको छ ।
सामारोह समितिका संयोजक चित्तरञ्जन नेपालीले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा मान्यता दिएपनि सरकारले सोअनुरुपका व्यवहार गर्न नसकेको चर्चा गर्दै आर्थिक कारोबार गर्दा चेक बुकमा नेपाल सवत्लाई मान्यता दिन, राष्ट्रिय प्रतिष्ठान स्थापना गर्न र नेपाल संवत्का विषयमा पाठ्यक्रम तयार गर्न माग गरे ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानलाई जीवन्त बनाइराख्न महानगरपालिकाले थप विविध कार्य गर्न लागेको जानकारी दिए ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।
समारोहमा विभिन्न नेवारी परम्परागत झाँकीसमेत प्रदर्शन गरिएको थियो ।रासस

Thursday, October 19, 2017

दीपावलीको अवसरमा राष्ट्रपतिको यस्तो छ शुभकामना

by















काठमाडौँ, २ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

दीपावलीको अवसरमा शुभकामना दिँदै उनले प्रत्येक नेपालीको घर–घरमा दीपावली गरी हर्षोल्लासका साथ लक्ष्मीपूजा गरी मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गरेकी छन् ।
साथै राष्ट्रपतिले नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न दीपावलीले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।




Wednesday, October 18, 2017

प्रहरी अतिरिक्त महानिरीक्षक लामाले आफुसंगै बोकेर हिडेका छन्

by

बाँके १ कार्तिक । ५ नम्बर प्रदेशका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी मिङमार लामाले सबै खाले गुण्डा तस्करलाई कारबाही गर्छु भनि रहेको अवस्थामा गत बर्ष मात्र लागु औषध तस्करका नियन्त्रणमा समातिएका सन्दिप नाथ योगी नाम गरेका ब्यक्तिलाई भने प्रहरी अतिरिक्त महानिरिक्षकले आफु संगै लिएर हिंडि रहेका छन ।
प्रदेश नम्बर ५ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी मिङमार लामाले आफनो कार्य क्षेत्रका जिल्लाहरुमा पहिलो पटक कार्य प्रगतीको जानकारी लिन अन्तर कार्यालय निरीक्षण गरिरहेको अवस्थामा उनले लागु औषध तस्करका नियन्त्रणमा समातिएका सन्दिप नाथ योगी नाम गरेका ब्यक्तिलाई आफुसंगै लिएर हिंडिरहेका हुन् ।
सन्दिप नाथ योगीले केहि दिन यता बाँकेका ब्यापारी र प्रहरी कर्मचारीहरुलाई आफु एआइजीको मान्छे भएको भन्दै असुली र धम्काउदै आएको स्रोतको भनाई छ । सन्दिप नाथ योगीको नाममा रहेको मुद्दा अहिले बिचाराधिनमा रहेको छ भने उनी अदालत बाट धरौटीमा छुटेका छन् ।
बेला बेलामा योगीले नेपालगन्जमा रहेको पत्रकारहरुलाई पनि फोन गरि आफु प्रहरी र पत्रकार मिलेर काम गर्नु पर्ने बताउदै आएका थिए । उनले केहि समय अघि दैनिक नेपालगन्जले प्रकाशित गरेको नेपालगन्ज भन्सारमा हुने अबैध असुलीलाई आफुहरुले गरेको स्टिङ्ग अप्रेशन भन्दै किर्ते गरि आफ्नो अनलाईनमा राखेका थिए ।
५ नम्बर प्रदेशका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी मिङमार लामाले आफनो कार्य क्षेत्रका जिल्लाहरुमा पहिलो पटक कार्य प्रगतीको जानकारी लिन अन्तर कार्यालय निरीक्षण गरेका छन् । सोही निरिक्षण गर्ने क्रममा बुधबार बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको पनि निरीक्षण भ्रमण गरेका छन् ।
बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै लामाले बाँके जिल्ला तराईका अन्य जिल्ला भन्दा धार्मिक, साँस्कृतिक र ब्यापारीक दृष्टिले बढी सम्बेदनशिल जिल्ला रहेको बताए ।
बाँके जिल्लामा शान्ती सुरक्षा, प्रहरी नै पिटी क्याच, देखी संस्थागत भ्रष्टचारमा, तस्करसंग असुली जस्ता कार्यको जिल्ला भन्दा माथील्लो निकायबाट दवाबमा गर्ने गरीएको जनगुनासालाई बिशेष ध्यान दिन स्थानिय बासिले बिभिन्न माध्यम मार्फत आवाज उठाउनु पर्ने बताए ।
सामाजिक सदभाव र शान्ती सरक्षा प्रमुख चुनौती रहेको अवस्थामा लामाले बांकेमा निरीक्षण गरेका हुन् । लामाले जिल्लामा शान्ती सुरक्षाका साथ–साथै समाजिक तडकभडक र चुल्ठे, मुन्द्रे, ड्रग्स नियन्त्रणमा बिशेष चासो यस अघि पनि देखाएका थिए ।
एआईजी मिङमार लामाले तथा कथित गुण्डा, डनहरुलाई नियन्त्रण गर्ने, नेपाल प्रहरीलाई नागरिक मैत्री बनाउने, सबै किसिमका तस्करी, ओसारपसार तथा मानव बेचबिखन गर्ने, बैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेलाई कारबाही जस्ता कार्यलाई सशक्त रुपमा कार्यन्वयनमा लैजाने कार्य नीति बनाइएको बताए ।
भ्रष्टचार मुक्त प्रदेश बनाउने, प्रहरी आचरण भन्दा बाहिर जाने जुन सुकै तहको प्रहरी अधिकारी भएपनी कारबाही गर्ने, बिगतका अपराधीक घटनाहरुलाई दोहरिनदिने लगायतका रणनिती बनाइएको र निरीक्षणको क्रममा सबै मातहतलाई उपरोक्त कार्यनीतिहरु कडाईका साथ कार्यन्वयन गर्न निर्देशन दिने गरिएको छ ।
५ नम्बर प्रदेशका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी मिङमार लामासगै ५ नम्बर प्रदेशका संघिय ईकाई कार्यालय नेपालगञ्जका बरिष्ट उपरीक्षक महेशबिक्रम शाह र सम्वन्धीत जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखहरु भ्रमण टोलीमा रहेका छन् ।

Tuesday, October 17, 2017

केराको फूल (बुङ्गो) खानुका अपत्यारिला फाईदाहरु

by



केराको फूल (बुङ्गो) खानुका अपत्यारिला फाईदाहरु
। 
केरा खान सबैलाई मन पर्ने फलफुल हो । स्वादिष्ट केराको सेवनले मानव स्वास्थ्यमा एकदमै फाईदा पनि गर्छ । केरामा विभिन्न पौष्टिक तत्व पाउनुका साथै भिटामिन मिनरल्स समेत पाईन्छ । केराको फाईदाको बारेमा सबै जानकार भएपनि त्यसको फूलको फाईदा भने सबैलाई थाहा नहुन सक्छ । झरेर, कुहिएर जाने केराको फूल समेत मानव स्वास्थ्यको लागि अति नै फाईदाजनक छ । आउनुहोस केराको फूलको उपयोगिता बारे चर्चा गरौँ ।

१. रक्तअल्पताको उपचार स् केराको फूलमा अत्यधिक आईरनको मात्रा पाईन्छ । यसमा पाईने आईरनले रक्त सेल स्वस्थ राख्न एकदमै मद्धत गर्छ । तसर्थ केराको फूलको नियमित सेवनले रक्तअल्पताबाट बच्न त सकिन्छ नै रक्तअल्पताको उपचार समेत हुन सक्छ ।
२. महिनावारी नियमित गराउँछ स् शरिरमा हर्मोनको कारण महिलाहरुमा महिनावारी अनियमित हुने गर्छ । यदि महिनावारी अनियमित छ भने केराको फूल सेवन गर्नुहोस, यसले नियमित महिनावारी त गराउँछ नै, तल्लो पेटको दुखाईमा आराम मिल्नुका साथै अत्यधिक रक्तश्राव समेत रोक्दछ ।
३. डायविटिजको उपचार स् अनुसन्धानबाट पत्ता लागेको छ की केराको फूलको नियमित सेवनले ब्लड सुगरको लेभल कम राख्छ र डायविटिज हुनबाट बचाउँछ ।
४. आमाको लागि लाभदायक स् केराको फूल सेवनले आमाको दुधमा पाईने पोषक तत्व वृद्धि गराउँछ । दुधको मात्रा समेत बढाउँछ ।
५. मुत्र स्वास्थ्यमा सहयोग स् केराको फूलमा आईरन, क्याल्सियम तथा कपर हुन्छ जसले मुत्र संक्रमण हटाउँछ । यहाँसम्म की मुत्र संक्रमणबाट समेत जोगाउँछ । यसको नियमित सेवनले पेल्भिक एरियाको मजबुत बनाउनुको साथै प्रजनन क्षमतामा समेत बृद्धि गर्छ ।
६. कब्जियतबाट राहत स् फाइबर युक्त केराको फूल सेवन गर्नाले कब्जियतको समस्या हटाउँछ ।
७. सुन्निने र जलनको उपचार स् एन्टिव्याक्टेरियायुक्त केराको फूल सेवन गर्नाले शरिर सुन्निने र जलनको समस्या पनि हटाउँछ 

चार्ली च्याप्लिनका १० भनाई जसले बदलिदिन सक्छ तपाइँको सोचाई

by


चार्ली च्याप्लिन विश्वका महान हास्यव्यंग्यकार मानिन्छन् । यिनले आफ्नो जिवनमा निकै ठूलो सफलता हात पारे तर उनको जिवनका सुरुवाती दिनहरु निकै कष्टप्रद थिए ।
तर आफुले जिवनमा जतिधेरै दुख झेल्नुपरेपनि उनले अरुलाई हँसाइ नै रहे । उनका केही भनाईहरु यस्ता मर्मस्पर्शी छन् जसले दुखमा नआत्तिन र धैर्य गर्न प्रेरणा दिन्छन् । साँच्ची उनका केही भनाइहरुले हाम्रो सोँचाइ नै बदलिदिन्छन् । हाम्रो सोँचाइ नै बदलिदिने चार्लीका १० भनाई यस्ता छन्:
ऐना मेरो सबैभन्दा असल साथी हो । किनकी जब म रुन्छ तब ऊ कहिल्यै पनि हाँस्दैन ।
यो दुनियामा कुनैपनि चिज स्थायी छैन, हाम्रो दुखपनि स्थायी होइन ।
म सधै झरीमा घुम्न मन पराउँछु, ताकी कसैले पनि म रोएको नदेखोस् ।
नहाँसीकन बिताएको दिन बर्बाद गरेको दिन हो ।
यदि तपाइँ मुस्कुराउनुभयो भने थाहा पाउनुहुन्छ की जिवन अझैपनि मूल्यवान छ ।
मेरो दुख कसैको हाँसोको कारक बन्न सक्छ, तर मेरो हाँसो कहिल्यैपनि कसैको दुखको कारक नबनोस् ।
केहीपनि नगर्ने तर कल्पना मात्र गर्नुको कुनै अर्थ छैन ।
मलाई लाग्छ सही समयमा गलत काम गर्नु जिवनका कैयौँ विडम्बना मध्ये एक हो ।
आवश्यक परेको बेला साथीलाई सहयोग गर्न सजिलो छ, तर उसलाई आफ्नो समय दिनु सदैव सम्भव नहुन सक्छ ।
यदि तपाइँले सधै तलमात्र हेरिरहनुभयो भने इन्द्रेणी कहिल्यैपनि भेट्टाउन सक्नुहुनेछैन ।

माओवादी केन्द्रले सरकार छोड्यो

by

काठमाण्डौ, ३१ असोज । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल र एकिकरणको प्रकृयामा गएपछि नेपाली कांग्रेस माओवादीसंग असन्तुष्ट भएको थियो । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा माओवादीका गृहमन्त्री भएका कारण निर्वाचन प्रभावित हुने निष्कर्ष निकालेको कांग्रेसले माओवादी केन्द्रलाई सरकारवाट हटाउन चाहेको थियो ।
माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ । गृहमन्त्री रहेका जनार्दन शर्मा प्रभाकरले सो विषयमा जानकारी दिन दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रको विकल्पमा राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्न लागेको हो । देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने तयारी गरेका थिए । यता माओवादीले भने आगामी निर्वाचन सम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएको थियो ।




Monday, October 16, 2017

श्रीमान मलेसिया, श्रीमतीलाई नेपालमा बुबा र दाजुले यस्तो विभत्स तरिकाले हत्या गरि जङ्गलमा फ्याके, प्रहरीबाट बच्न यस्तो सम्म चलाखी गरे…

by

Top Ad 728x90